• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

‘किसानले सरकार खोज्दै धाउने होइन, सरकारले किसान खोज्दै आउनु पर्छ’

गण्डकी सानाकिसान सम्मेलनको माग

आरसी टाइम्स by आरसी टाइम्स
२९ माघ २०८०, सोमबार ००:१६
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
‘किसानले सरकार खोज्दै धाउने होइन, सरकारले किसान खोज्दै आउनु पर्छ’
0
SHARES
65
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, माघ २९
गण्डकी प्रदेशका विभन्न जिल्लामा संगठित भएका कृषक समूहहरुको छातासंगठनले हालै पोखरामा सानाकिसान सम्मेलन गर्दै सरकारका प्रतिनिधीहरुमा किसानका गुनासाका पोका फुकाएका छन् । गिरि प्रसाद पौडेलको अध्यक्षतामा प्रदेशिक कृषक समूह महासंघको अधिवेशन गर्ने क्रममा भेला भएका किसान समूहका प्रतिनिधिहरुले कृषि सरकारखोज्दै जनता आउनु भन्दा सरकारले किसान खोज्दै आउने बाताबरण बनाउनु पर्ने र किसानको पात्रो अनुसार कृषि मन्त्रिले समय मिलाउनु पर्ने माग गरे ।
वास्तविक किसानले भन्दा झोले किसानले कागजी प्रक्रियमा खेतीवाली गरेकै कारण वास्तविक किसानहरुले राज्यले प्रदान गर्ने अनुदान नपाईरहेको विद्यमान अवस्थालाई मध्यनजर राख्दै किसानलाई दिईने अनुदान एकद्धारा प्रणालीबाट दिनु पर्ने उनिहरुले सुझाएका छन् ।
अनुदानका नाममा विभिन्न कागजी प्रक्रियको झन्झटिलोका कारण किसान रन्थनिएका छन् भन्दै किसानले अनुदान खोज्दै सरकारको दैलो धाउने होइन, सरकारले उत्पादनका आधारमा किसान खोज्दै अनुदान दिनु पर्ने उनिहरुले जोड दिए ।
सानाकिसान मञ्च निर्माणको तयारी भइरहेको बताउदै गण्डकी प्रदेशको प्रतिनिधित्वका लागि प्रतिनिधि चयन गर्ने क्रममा सम्बोधन गर्दै कृषक समूह महासंघका केन्द्रिय अध्यक्ष नवराज बस्नेतले ‘हामि कृषिका मुद्दा चिन्छौ, दलका मुद्दा चिन्दैनौ, नितिगत पैरवि गर्छौ, दलका जस्तो उग्र पैरबी गर्दैनौ ’ भन्दै देशका ५८ पालिका सरकारले कृषि एैन बनाउने काम गरिसकेका अवस्थामा गण्डकी प्रादेशिक कृषि ऐन बनाउन आग्रह गर्दे किसानको अनुदान गैर किसानले खाने स्थिति रोकिनुपर्ने माग गरे ।
झोले किसानले अनुदान हातपारेको गुनासो प्रति सम्बोधन गर्दै पोखरा महानगरका कृषि शाखा प्रमुख मनहर कडरीयाले अनुदान दुरुपयोग गर्ने झोले किसानको सुचना दिन किसानहरुलाई आग्रह गरे । पोखरा महानगरले कृषि एम्बुलेन्स मोडलबाट किसानका कृषि उपजको बजारिकरण गर्दै आएको र अहिले पोखराको लोकप्रिय ब्राण्ड बनेको कडरीयाले दावी गरे । सरकारले किसानबाट कर असुल्ने नियत नराखोस र कृषि कर्म गर्नेलाई अन्य क्षेत्रमा सहुलियत दिएर किसान हुनुमा सामाजिक लाभ हुने संस्कृति बसाउन सरकारको ध्यान जानु पर्ने उनले सुझाए ।
सम्मेलनमा सम्बोधन गर्दै कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले व्यवसायिक कृषिमा लाग्न चाहने कृषहरुलाई समेत सरकारका विभिन्न निति नियमहरु असहज भईरहेको स्वीकार गरे । एउटा कृषकले नागरिकता र ठाडो निवेदनको आधारमा हलो प्राप्त गर्न सक्नु पर्नेमा झण्झटिलो प्रकृयाले साना किसान निरुत्साहित हुने स्थीति भएको वताए । कृषकहरु माथी पनि प्रदेशका विभिन्न पालिका पालिकाहरुमा विभेद रहेको वताउँदै समान निति ल्याउनु पर्ने र कृषिमा आधारीत उद्योग धन्दाहरु सञ्चालन गर्न सके मात्रै आयातलाई पनि प्रतिस्थापन गर्न सकिने रेग्मीले जोड दिए ।
किसानहरुका गुनासाको सम्बोधन गर्दै प्रादेशिक कृषि मन्त्रि महेन्द्रध्वज जीसीले कृषि उत्पादन र जनशक्ति विचको असन्तुलनबाट अहिलेको राज्य सत्ता समेत सुरक्षित रहन नसक्ने अवस्था आएको स्वीकार गर्दै कृषिप्रधान देशमा कृषि उत्पादन नहुने र दक्ष जनशक्ति विदेश पलायन हुने अवस्था रहिरहने हो भने जनताको तहबाट राज्यसत्ताको विकल्पको खोजी हुन सक्ने तर्फ सचेत रहेको बताए । मन्त्री जिसीले कृषि उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापनमा प्रदेश सरकारले जोड दिदैं आईरहेको वताउँदै प्रदेश सरकारले आगामी आवधिक योजनामा कृषिलाई पहिलो प्राथमिकता दिईने प्रतिवद्धता समेत व्यक्त गरे ।
सम्मेलनलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका कृषि सचिव टङक प्रसाद प्रसाईले सरकारप्रति किसानको आशा बढ्दै गएको र सरकारी कोष र क्षमता वर्षेनी घटदै गएको अवस्थाले गर्दा गुनसाहरु चुलिएको बताउँदै प्रदेशको दोस्रो पन्च वर्षिय योजना कृषिलाई पहिलो प्राथमिकतामा राखीने तयारी भइरहेको बताए ।


किसान सम्मेलनमा बाँदर विरुद्ध संघर्षका १० वर्षे अभियानको समिक्षा गर्दै सो अभियानका अगुवा कास्की कृस्तीका किसान ठाकुर सुवेदीलाई सम्मान गरियो ।
कार्यक्रममा कृर्षि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देल,वाली संरक्षण प्रयोगशालाका प्रमुख शालिकग्राम अधिकारी, झौरीखेत कृषि सहकारीका अध्यक्ष नवराज दवाडी, किसानहरुको तर्फबाट मुना अधिकारी, राजमन वुढा, ठाकुर प्रसाद सुवेदी लगाएतले वादरको आतंकवाट किसानहरु ठुलो मर्कामा परेको गुनासो राखेका थिए । सभाले १४ बुदे पोखरा घोषणापत्र जारीगरेको छ ।
अधिवेशनले गिरीप्रसाद पौडेलको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी घिमिरे तनहुँ, सचिवमा राजमान बुढामगर बागलुङ, सह सचिवमा बाल पुरी नवलपुर, कोषाध्यक्षमा गंगा अधिकारी लमजुङ चयन भएका छन । यस्तै सदस्यहरुमा सरिता ढकाल गोरखा, तिलक प्रसाद पराजुली पर्वत, कल्पना पौडेल स्याङ्गजा, भिमसरा थापामगर म्याग्दी, छविलाल सापकोटा नवलपुर, नारायणी गैरे तनहुँ, मुना अधिकारी कास्की र अस्मिता कुँवर बागलुङ रहेका छन ।

Previous Post

विद्यालय विद्यार्थीहरूलाई बिषादी सचेतना

Next Post

कौशी—करेसा किसानको प्रतिष्पर्धा

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कौशी—करेसा किसानको प्रतिष्पर्धा

कौशी—करेसा किसानको प्रतिष्पर्धा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In