• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषक पाठशाला सम्पन्न

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २३:२९
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृषक पाठशाला सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मण विसी/आरसी टाइम्स
पर्वत, आषाढ १३

विषादीको जथाभावी प्रयोगको न्यूनिकरणका लागि पर्वतको फलेवास नगरपालिका–१० कुर्घामा १६ हप्ते आई.पी.एम. कृषक पाठशाला सम्पन्न भएको छ  । मुख्यमन्त्री जलबायुमैत्री नमुना गाउँ कार्यक्रम मार्फत भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्र पर्वतको आयोजना एवम् हराभरा सामजिक उद्यमी महिला सहकारी संस्थाको समन्वयमा गत माघ १ गतेदेखि संचालित उक्त पाठशाला गत शनिवार कृषक दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो  । समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रवहादुर बुढा मगरले कृषिको आधुनिकीकरण र व्यवसायीकारणले मात्र कृषिमा क्रान्ति हुने बताए  ।

कृषिको क्षेत्रमा देखिने समस्या समाधानका लागि उक्त पाठशाला फलदायी रहेको बताउदै सिकेका कुरा व्यवहारमा लागू गरि कृषि उत्पादनमा जोड दिनुपर्ने बताए  । प्रदेश सरकारले कृषिको विकास र प्रबर्द्धन गरि समृद्धि प्रदेश बनाउन कृषकमुखी कार्यक्रमहरु संचालन गरेको उनले बताए  । गोलभेडा खेतीमा बढ्दो बिषादीलाई न्यूनिकरण गर्नको लागि एवम् स्वस्थ बाली उत्पादन, वातावरण संरक्षण र पर्यावरण सन्तुलन लगायतका विषयमा कृषकहरुलाई सचेत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिइन  ।

संरक्षित संरचनामा गोलभेडा खेती गदै आएका कृषकहरुले आधुनिक खेती प्रविधि अवलम्वन गर्नका लागि समस्या भोगिरहेका तथा गोलभेडामा पात खाने किरा, डढुवा रोग, ओइलाउने रोग लगायतका विभिन्न समस्या भोग्दै आएको सन्दर्भमा पाठशालाले उत्पन्न समस्याहरुको पहिचान तथा समस्याको दिगो व्यवस्थापनका उपायहरुको अवलम्वन गर्न प्रेरित गरेको उनले बताइन  । रोगकिराहरुको व्यवस्थाका लागि कृषकस्तरमा जथाभावी विषादीको प्रयोग बढ्दै गईरहेको देखिन्छ  । पाठशालामा सहभागी कृषकहरुमा विषयवस्तुको ज्ञान, नेतृत्व क्षमता विकास, संगठनात्मक विकास जस्ता आयामहरुको विकासमा टेवा पुगेको ज्ञान केन्द्र प्रमुख थापाले बताइन्  । पछिल्लो सयम बालीनालीमा विभिन्न किसिमका रोगकीराको समस्या बढ्दो अवस्था रहेको सन्दर्भमा उक्त पाठशालाले समस्याहरुको समाधान गर्न सहयोग पु¥याएको सहभागीको भनाइ थियो  ।

कार्यक्रममा फलेवास नगरपालिका मेयर गंगाधर तिवारी, प्रदेशिक कृषि सचिव हरिवहादुर केसी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मी र सहभागीको तर्फदेखि दानवहादुर क्षेत्री लगायतले बोलेका थिए  । हराभरा सामजिक उद्यमी महिला सहकारी संस्थाका निवर्तमान अध्यक्ष शोभाकुमारी क्षेत्रीले प्रतिवेदन प्रस्तुत गरिन  । कार्यक्रमको उद्देश्य तथा स्वागत मन्तव्य प्राविधिक सहायक कामना न्यौपाने र कार्यक्रमको संचालन प्रशिक्षक विश्वास काफ्लेले गरेका थिए  । पाठशालामा सहभागी सबैलाई प्रमाणपत्र वितरण समेत गरिएको छ  । कार्यक्रम समापनको अवसरमा सहभागीहरुले भजन, कृतन, गित, नाटक, कविता प्रस्तुत गरेका थिए  ।

Previous Post

कृषि गणनाको संकेतः पारिवारिक कृषि घट्दै र व्यवसायिक फार्म बढ्दै

Next Post

पूम्दीमा कृषि संकलन केन्द्र सूरु

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
पूम्दीमा कृषि संकलन केन्द्र सूरु

पूम्दीमा कृषि संकलन केन्द्र सूरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In