महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, असोज २९
कृषि अनुदानका लागि कृषि ज्ञान केन्द्र र प्रधान मन्त्री कृषि आधुनीकीकरण परियोजनाका स्थानीय कार्यालयहरुमा धमाधम आवेदन खुल्ला गरीएका छन् । विज्ञापन गरेर आवेदन माग गरीएको भएएपनि जिल्लाका साना किसानहरुले आवेदन भर्न सक्ने अवस्था छैन । किसानहरुले आवेदन दिन सक्ने गरी कार्यविधि नभएका कारण आँफुहरु अनुदानका कार्यक्रममा समेटीन नसकेको साना किसानको गुनासो छ । कृषक स्तरबाट कार्यक्रम र कार्यविधि निर्माण नहुने हुँदा आँफुहरु राज्यले तोकेको मापदण्डको किसानमा नपर्ने गरेको गुनासो किसानहरुकोे छ । कितावी ज्ञान पढेकाहरुले मात्रै किसानको कार्यविधि बनाउँदा माटो र जमीनमा काम गर्ने किसानका समस्या कार्यविधिले नछुने गरेको पैयुँ गाउँ पलिकाका टकलाक कृषि फर्मका सञ्चालक रुकमाङगत न्यौपानेले बताए ।
कार्यविधिमा धेरै क्षेत्रफलको जमीनको माग गरीएको, कृषि फर्म सहकारी समुह मार्फत आवेदनको माग गरीएको कारण पनि स—साना किसानहरु आवेदन मै नसमेटीने गरेको उनको भनाइ छ ।
दिन दिनै पातलीँदै गएको गाउँ वस्तीमा वसाई सराईको दर बढदै जाँदा एकल किसानहरुलाई पनि कार्यक्रमले समेटनु पर्ने किसानहरुको माग रहेको हो । फलेवास खानी गाउँका भविश्वर पौडेल र कुर्घाका नेत्र शर्माले तराई र समथर जमीनमा लागु हुने गरी कार्यविधि बनाईएका कारण थोरै जमीनमा खेती गरेर उत्पादन गर्दै आएका किसानहरुलाई ज्ञान
केन्द्र प्रधानमन्त्री कृषि आधुनीकीकरणका आवेदनले नसमेटेको बताए । सात स्थानीय सरकार रहेको पर्वतमा स्थानीय तहका कृषि शाखा मार्फत संघ प्रदेश र कृषि आधुनीकीकरण परियोजनाले लागु गर्न लागेको आयोजना र तीनीहरुमा आवेदन दिन कार्यविधि बारे कृषकहरुलाई जानकारी गराईनु पर्ने कतीपय किसानहरुको माग गरेको छ ।
आत्म निर्भर कृषि फर्म मोदी गाउँ पालिका बाजुङका किसान झलक शर्माले कागजी प्रकृया पु¥याउनेले मात्रै कृषि अनुदान पाउने र कृषि कर्म गरेका किसानहरु अनुदानै नपाउने अवस्था रहँदै आएको बताए । कार्यविधिमा रहेको जमीनको क्षेत्रफल , कर चुक्ता , पान भ्याट , नविकरण , अडीट जस्ता कागजी प्रकृया पु¥याउन नसक्दा गाउँ वस्तीका किसानहरुले कृषि अनुदान पाउन मुस्कील हुने गरेको छ । २८ हजार हेक्टर खती योग्य जमीन रहेको पर्वतमा ५ हजार हेक्टर क्षेत्रफल खेती योग्य जमीन बाँझो रहेको तथ्याङ्क भएपनि स्थानीय तह कार्यन्वयन पछि अध्यावधिक हुन सकेको छैन । बाँदर आतङ्क र वर्षेनी बढदो बसाई सराईको दरका कारण खेती योग्य जमीन बाँझो झाडी युक्त बन्ने क्रम बढदो मात्रमा
रहेको छ ।