• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि एम्बुलेन्सको प्रभावः टोल–टोलमा संकलन केन्द्र

आरसी टाइम्स by आरसी टाइम्स
३० आश्विन २०८०, मंगलवार १०:०३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृषि एम्बुलेन्सको प्रभावः टोल–टोलमा संकलन केन्द्र
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, असोज २९
पोखराको बेगनास ताल सिरानमा रहेको माझठानाको बेसी स्याङ्गखुदीमा हालै कृषि उपज संकलन केन्द्र सुरु गरिएको छ। पोखरा महानगरले कृषि एम्बुलेन्स मार्फत नियमित तरकारी संकलन गर्न थालेपछि स्थानीय किसानका लागि पायक पर्ने स्थानमा स.कलन केन्द्र तयार गरि कृषि एम्बुलेन्स मार्फत पोखराको शहरी बजारमा पठाउने जुक्ति अनुरुप कृषि संकलन केन्द्रहरु खुल्न थालेका छन्  ।


महानगरले किसानको कृषि उपज लाई परल मुल्यमा २० प्रतिशत सेवा शुल्क जोडेर आफै ढुवानी गरि लैजान थालेको हुनाले विचौलियाको मौकालाई कम बनाउँदै किसान र उपभोक्ताका बीचको दुरी कम गर्ने रणनिति अपनाइएको महानगरकृषि शाखाका प्रमुख मनहर कडरीयाले बताए  । महानगरका वडाध्यक्ष श्रीकृष्ण लामिछानेलाई रोहवरमा राखेर शुभारम्भ गरिएको संकलन केन्द्रले स्याङ्गखुदीका किसानको उत्पादन र गुणस्तरीय बजारिकरणमा दिगो सहभागीताका लागि बडालाई समेत बचनबद्ध बनाउँदै ढुवानी सहजताका लागि पहल गर्न जोड दिएका छन्  ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइ कास्कीले कृषि उपजको बजारीकरण सहयोग कार्यक्रम अन्तर्गतको ८५ प्रतिशत अनुदानमा कोट देउराली वहुउदेश्यीय सहकारीद्धारा कृषि उपज संकलन केन्द्रको निर्माण गरिएको परियोजनाका स्थानीय प्रतिनिधि रोशन अधिकारीले जनाएका छन्  ।


संकलन केन्द्रको शुभारम्भ अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका अनुमगन अधिकृत हिक्मत कुमार श्रेष्ठ र तरकारी सुपरजोन सञ्चालन समन्वय समिति कास्कीका संयोजक कृष्ण प्रसाद तिवारी लगायतले सम्बोधन गरे  ।
६ लिटर दुधको कारोबारबाट सुरू भएको किसानी पहल आज किसान बजार सम्म आइपुगेको बताउँदै स्थानीय बडा कृषि सञ्जालका अगुवा चन्द्र कान्त तिवारीले अझै नगदे कामका लागि प्रेरणादिएको बताए  ।

किसान लाइ नगदै आर्जनको सम्भावना विस्तार हास भनी किसान बजार सुरुवात गरेको भन्दै भोजराज भुर्तेलले यसलाई टिकाउन सबैपक्ष सचेत हुन आग्रह गरे  । बजार टिकाउन उत्पादन, ढुवानी चक्र पनि व्यवस्थित गर्नको लागि बाटो समेत सुधार गर्न र कालिका जाने पुरानो बाटो जोडिनु जरुरि रहेको सुरेन्द्र सापकोटा भाटले जोड दिए  ।
टिकाराम लामिछाने सहकारीको अध्यक्षतामा आयोजित समारोहमा सुपर जोन परियोजनाका अगुवा रोशन अधिकारीले पुर्वाधार तयारी भइरहेको र अव उत्पादन बढाउनुपर्ने, महानगरीय कृषि एम्बुलेन्सका लागि भार पुग्ने गरि संकलन गर्न आग्रह गरेका छन्  ।

महानगरको कृषि एम्बुलेन्सले यहाँको मुल्यको आधारमा सोझै उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराएको, छरिएको उत्पादन सोझै खरिद गरि लगेकोले थप उत्पादन बिस्तारलाई हौसला मिलेको, पहिले २,४ जनाले तरकारी बिक्री गरेकोमा अहिले २५—३० जनाले बिक्री गर्न थालेको, केही रकम किसानको गोजिमा परेको यो अभियानले वास्तवमा साना किसानलाई संकलनका आधारमा हप्तामा दोश्रो पटकको संकलनका बेला अगिल्लो संकलनको नगदै हिसाव दिने गरेको कृषि एम्बुलेन्सका चालक तथा तरकारी संकलक विकास ठकुरीले जनाएका छन्  ।

Previous Post

कफी उत्पादन घट्दै, बजार केन्द्र बढ्दै

Next Post

कृषि उद्यमको निमित्त भूमिको छनौटका जुक्ति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि उद्यमको निमित्त भूमिको छनौटका जुक्ति

कृषि उद्यमको निमित्त भूमिको छनौटका जुक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In