आरसी टाइम्स व्युरो
पोखरा, असोज २९
पोखराको बेगनास ताल सिरानमा रहेको माझठानाको बेसी स्याङ्गखुदीमा हालै कृषि उपज संकलन केन्द्र सुरु गरिएको छ। पोखरा महानगरले कृषि एम्बुलेन्स मार्फत नियमित तरकारी संकलन गर्न थालेपछि स्थानीय किसानका लागि पायक पर्ने स्थानमा स.कलन केन्द्र तयार गरि कृषि एम्बुलेन्स मार्फत पोखराको शहरी बजारमा पठाउने जुक्ति अनुरुप कृषि संकलन केन्द्रहरु खुल्न थालेका छन् ।
महानगरले किसानको कृषि उपज लाई परल मुल्यमा २० प्रतिशत सेवा शुल्क जोडेर आफै ढुवानी गरि लैजान थालेको हुनाले विचौलियाको मौकालाई कम बनाउँदै किसान र उपभोक्ताका बीचको दुरी कम गर्ने रणनिति अपनाइएको महानगरकृषि शाखाका प्रमुख मनहर कडरीयाले बताए । महानगरका वडाध्यक्ष श्रीकृष्ण लामिछानेलाई रोहवरमा राखेर शुभारम्भ गरिएको संकलन केन्द्रले स्याङ्गखुदीका किसानको उत्पादन र गुणस्तरीय बजारिकरणमा दिगो सहभागीताका लागि बडालाई समेत बचनबद्ध बनाउँदै ढुवानी सहजताका लागि पहल गर्न जोड दिएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाइ कास्कीले कृषि उपजको बजारीकरण सहयोग कार्यक्रम अन्तर्गतको ८५ प्रतिशत अनुदानमा कोट देउराली वहुउदेश्यीय सहकारीद्धारा कृषि उपज संकलन केन्द्रको निर्माण गरिएको परियोजनाका स्थानीय प्रतिनिधि रोशन अधिकारीले जनाएका छन् ।
संकलन केन्द्रको शुभारम्भ अवसरमा परियोजना व्यवस्थापन एकाइ खुमलटारका अनुमगन अधिकृत हिक्मत कुमार श्रेष्ठ र तरकारी सुपरजोन सञ्चालन समन्वय समिति कास्कीका संयोजक कृष्ण प्रसाद तिवारी लगायतले सम्बोधन गरे ।
६ लिटर दुधको कारोबारबाट सुरू भएको किसानी पहल आज किसान बजार सम्म आइपुगेको बताउँदै स्थानीय बडा कृषि सञ्जालका अगुवा चन्द्र कान्त तिवारीले अझै नगदे कामका लागि प्रेरणादिएको बताए ।
किसान लाइ नगदै आर्जनको सम्भावना विस्तार हास भनी किसान बजार सुरुवात गरेको भन्दै भोजराज भुर्तेलले यसलाई टिकाउन सबैपक्ष सचेत हुन आग्रह गरे । बजार टिकाउन उत्पादन, ढुवानी चक्र पनि व्यवस्थित गर्नको लागि बाटो समेत सुधार गर्न र कालिका जाने पुरानो बाटो जोडिनु जरुरि रहेको सुरेन्द्र सापकोटा भाटले जोड दिए ।
टिकाराम लामिछाने सहकारीको अध्यक्षतामा आयोजित समारोहमा सुपर जोन परियोजनाका अगुवा रोशन अधिकारीले पुर्वाधार तयारी भइरहेको र अव उत्पादन बढाउनुपर्ने, महानगरीय कृषि एम्बुलेन्सका लागि भार पुग्ने गरि संकलन गर्न आग्रह गरेका छन् ।
महानगरको कृषि एम्बुलेन्सले यहाँको मुल्यको आधारमा सोझै उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराएको, छरिएको उत्पादन सोझै खरिद गरि लगेकोले थप उत्पादन बिस्तारलाई हौसला मिलेको, पहिले २,४ जनाले तरकारी बिक्री गरेकोमा अहिले २५—३० जनाले बिक्री गर्न थालेको, केही रकम किसानको गोजिमा परेको यो अभियानले वास्तवमा साना किसानलाई संकलनका आधारमा हप्तामा दोश्रो पटकको संकलनका बेला अगिल्लो संकलनको नगदै हिसाव दिने गरेको कृषि एम्बुलेन्सका चालक तथा तरकारी संकलक विकास ठकुरीले जनाएका छन् ।