• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि जैविक विविधता ज्ञानलाई स्थानीयकरण गरिदै

आरसी टाइम्स by आरसी टाइम्स
२८ जेष्ठ २०८१, सोमबार २१:५०
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृषि जैविक विविधता ज्ञानलाई स्थानीयकरण गरिदै
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
 पोखरा, जेष्ठ २८
एउटै विश्वका साझा परिपार हामी सबै मिलेर एउटै स्वास्थ्यका लागि माटो र वाली, पशुधन र मानिसमा भएका विविधताको संरक्षण र सन्तुलित परिचालनका ज्ञानहरु स्थानीय वस्तीस्तरसम्म पुर्याउनु वान्छनिय हुन्छ भनेर वातावरण दिवसका अवसरमा कृषि जैविक विविधता मेला हुन थालेका छन्  । विश्वको साझा अस्तित्व रक्षाका लागि यहाको जैविक विविधता जोगिनु पर्ने र त्यसका लागि वातावरणीय पारिस्थीतिक प्रणालीका अवयवहरुको सन्तुलनको प्रपञ्च मिलाइनु पर्ने भएकाले विश्वव्यापी रुपमा हरेक शैलीबाट जलवायु परिवर्तन र अनुकुलन क्षमताका लागि कृषि जैविक विविधताको ज्ञान विस्तारका लागि कृषिमुलक सहजकर्ता समूहहरु सक्रिय हुन थालेका छन्  । यसैक्रममा पोखरा महानगरमा विगतदेखि कृषि जैविक विविधताका क्षेत्रमा कामगर्दै आएको लिवर्ड नामक गैसस र पोखराकै आर्वा क्षेत्रमा क्रियाशिल नमुना प्राङ्गारिक कृषि सहकारीले पोखरामहानगरका स्थानीय वडा तथा कृषि विकास शाखाहरुलाई परिचालन गरेर कृषि जैविक विविधता प्रदर्शनी मेला संचालन गरेका छन्  ।

पोखरा–१३ को वडा कार्यालयको परिसरमा वडास्तरीय कृषि सञ्जालका सदस्य किसानहरुले विभिन्न १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु प्रदर्शन गरेका थिए  । मेलामा स्थानीय विद्यालयका छात्र–छात्राहरुले वालीहरु सूचिकरण गर्दै रैथाने बालीको ज्ञान लिइरहेका थिए भने महिला समूहले लोक गीत मार्फत कृषि सन्देश प्रवाह गरिरहेका थिए  । प्रतियोगितात्मक रुपमा आयोजना गरिएको मेलामा किसानहरुले आफ्नो विशिष्ट बालीको बजारिकरण र वयापार समेत गरेका थिए भने नयाँ बाली र मौसमी जोखिम जितेर उत्पादीत बजार मैत्रि बाली उत्पादनका इलम पनि देखाए  । मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेकाले वडाका किसानको उत्साहजनक सहभागिता रहेको पोखरा १३ का वडाध्यक्ष किरण बरालले जनाए  । वडाका किसानहरुलाई प्रोत्साहन गर्न आगामी दिनमा पनि अरु थप कृषक मैत्रि क्रियाकलापमा सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए ।
माटोमा अम्लिीय तत्व बढी, पोटाषको मात्रा न्युन
कृषि जैविक विविधता मेलामा माटो परीक्षण शिविर पनि संचालन गरिएको थियो  । शिविरमा पोखरा १३ को आर्वा , कुडहर र वडा १४ चाउथेका किसानहरुले माटो परीषण गराएका थिए  । करिव ९० वटा नमुना परिक्षण गर्दा आर्वाका सबै नमुनामा र अन्यत्रका अधिकांश स्थानमा माटोमा अम्लिीय तत्व बढी र पोटाषको मात्रा न्युन भएको पाइएको माटो परिक्षण शिविरका प्राविधिकहरुले जनाएका छन्  । कुडहरको दुइकुलाको मुहान क्षेत्र, पाटनबेसी क्षेत्र, जहा सेति नहरको सिंचाइ लाग्ने गरेको स्थानका खेतहरुमा क्षारीय तत्व अधिक रहेको , कमेरो माटोमा क्याल्सीयम भएको पाइको छ भने टनेल प्रविधिका वन्द कृषि अभ्यास गर्ने बारीमा नाइट्रोजनको मात्रा अधिक पाइएको माटो परिक्षण प्राविधिक टोली प्रमुख खुबराज बरालले जनाएका छन्  ।

कृषि गित प्रतियोगितामा सबैलाई प्रोत्साहन
मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गित प्रतियोगितामा नमुना प्राङ्गारिक कृषक समुह प्रथम भएको छ  । प्रथम भएको समुहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो भने, द्वितिय भएको मणिदिप कृषक समुहले नगद ५ हजार रुपैयाँ पायो  । यस्तै तृतिय भएको पिपलडाली काफलघारी कृषक समुह बन्यो  । तृतिय भएको समुहले ४ हजार पुरस्कार पाएको थियो भने, प्रतियोगितामा सहभागी भएको अन्य ७ समुहलाई प्रोत्साहन स्वरुप ३÷३ हजार दिइएको वडा कृषि सञ्जालका अध्यक्ष टेकनाथ बरालले जानकारी दिए  । प्रतियोगितामा भाग लिएको विद्यालयको समुहलाई पनि प्रति विद्यालय २५÷२५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको थियो  ।

Previous Post

नमुना भेटेरीनरी अस्पतालको रिबन काटीयो, गृहप्रबेश बाँकी

Next Post

उपभोक्ताहरु होसीयार : हरीयो सागमा अत्याधिक विषादी भेटियो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
उपभोक्ताहरु होसीयार : हरीयो सागमा अत्याधिक विषादी भेटियो

उपभोक्ताहरु होसीयार : हरीयो सागमा अत्याधिक विषादी भेटियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In