महेन्द्र जिसी , पर्वत
गत आर्थिक वर्षमा पर्वतमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट पर्वत जिल्लामा संचालित पकेट, ब्लक र जोन अन्तर्गतका कार्यक्रम संचालन गर्न स्थानीय तहमा विनीयोजन बजेट कार्यन्वयनको अवस्था र सुधारका बारेमा छलफल गर्दा कृषि तथ्याङ्क अध्यावधिक गर्नै चुनौती रहेको सरोकारवालाहरुले जनाएका छन् ।
तीन तहका सरकारको माताहातमा रहेर सञ्चालनमा रहेका परियोजनाको अवस्था सुधार गर्नुपर्ने विषय र गरीएका प्रयासका बारेमा संयूक्त छलफल गरीएको थियो । पर्वतमा मकै जोन धान जोन र तरकारी जोन र गाई भैसी बाख्रा जोन सञ्चालनमा रहेका छन् । पर्वतमा पशु क्षेत्रमा सञ्चालमा रहेको वल्कको बारेमा भेटनरी अस्पताल तथा पशु विज्ञकेन्दं्र प्रमुख राम जि पौडेलले प्रस्तुती गरेका छन् ।
स्थानीय तहद्धारा सञ्चालन गर्ने गरी विभिन्न पकेट र प्रदेशका माताहतमा सञ्चालन भईरहेका वल्क र संघिय सरकारका जोनका कार्यक्रमहरुको संयुक्त छलफलमा कृषिको विवरण अध्यावधिक गर्न समस्या भएको , कृषि गणकको पारीश्रमीक कम भएको र किसान द्धारा नै विवरण लुकाउने हुँदा सही तथ्याङ्क संकलन गर्न नसकीएको कर्मचारीहरुले बताएका छन् । कुश्मा नगर पालिकाका कृषि शाखा प्रमुख वल बहादुर जिटीले कृषि गणनामा विवरण संकलन गर्न जाने पारीश्रीक नै कम भएका कारण तथ्यांक अध्यावधिकमा समस्या भएको बताए ।
समीक्षा कार्यक्रममा पकेट वल्क र जोनका कार्यावधि सकीएपछि परियोजना सञ्चालन भएका स्थानका किसानमा सकृयता घटेको परियोजनाले बनाएका संरचना पुर्वाधार समेत दुरुपयोगको खतरा रहेको ज्ञान केन्द्र प्रमुख मनीता थापाले बताईन् । यस्तै जोन कार्यन्वयन ईकाई प्रमुख सुजित शर्माले तीन जिल्लामा पुगेका कार्यक्रम गराउनु पर्ने हुँदा आवश्यक विवरण स्थानीय सकारले उपलब्ध गराउने र दोहोरो लगानी नगराउन समेत सजग हुन आवश्यक रहको बताए ।
यस्तै सात पालिकामा रहेको पकटेका कार्यक्रमको बारेमा स्थानीय तहका कृषि तथा पशु सेवा शाखा पं्रमुखहरुले परियोजना मार्फत प्राप्त विभिन्न पालिका र प्रदेश र संघिय कार्यक्रम अन्त्रगत कुल दुई करोड १३ लाख ५० हजार बराबरका कार्यक्रमहरुको बारेमा जानकारी गराएका छन् । परियोजना कार्यक्रम सञ्चालन भएका स्थानीय तहहरुको समन्वयका अभावमा तथ्याङ्क अध्यावधिक गर्न र गराउन पनि संयुक्त छलफल आवश्यक रहको परियोजना कार्यन्वयन ईकाई वाग्लुङले जनाएको छ । पर्वतका सात स्थानीय तहमा सञ्चालन रहेका सुन्तला अलैची ,तरकारी ,धान जोन र मकै जोन लगायतमा सञ्चालित कार्यक्रम र पशु क्षेत्रमा गाई भैसी वल्क र बंगुर वल्कका बारेमा समिक्षा गरिएको छ ।