• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि पत्रकारिताको पहिचान र रैथाने प्रभावहरु

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:१८
in Uncategorized
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

डा.कुलराज चालिसे

पोखराबाट कृषि पत्रकारिताको अभ्यास गरिरहेको आरसी टाइम्ससंगको मेरो संगत चारवर्ष अगाडी ऋषिकृषि प्रकरणले जोडिएको थियो  । यस मानेमा हाम्रो संगत व्यक्तिगत भन्दा एजेण्डामा आधारित थियो  । कृषि मन्त्रालयले अबलम्वन गरेको मूलधारको कृषिरणनीति भन्दा अलग र कृषि उच्चशिक्षाको पाठ्यक्रमले समेटन नसकेको ऋषिकृषिको विषयवस्तुलाई आरसी टाइम्सले प्राथमिकताको साथमा स्थान दिएको थियो  । हामीले लगातार दुईवर्ष ऋषिकृषि वहस चलायौं  । हाम्रो लक्षित पाठक नेपालसरकारका कर्मचारी र नीति निर्माता थिए  । त्यसको साथमा हामीले स्वदेश तथा विदेशमा सेवारत कृषि एकाडेमीयालाई पनि लक्ष गरेका थियौ  । हाम्रो निशानाले सरकारीकर्मचारी र स्वदेशी नीतिनिर्मातालाई भन्दा छिटो कृषि एकाडेमीयालाई लक्षभेदन गर्न सफल भयो  । प्रथमपञ्चवर्षीय योजना देखी नै उच्च प्राथमिकता दिएको कृषि उत्पादनको आँकडा सकारात्मक हुँदापनि कृषि उपजको आयात आँकडा विश्लेषण गर्ने स्वतन्त्र कृषि विज्ञ र कृषि शिक्षणमा सेवारत प्राध्यापकहरू सरकारी आँकडालाई विश्वास गर्न नसकेको अवस्थामा हामीले आधुनिक कृषि रणनीतिहरूले जनताको खाद्य सस्कृतिमा प्रतिकुल असर गरेको वहस गरेका थियौ  । हाम्रो वहसले अष्ट्रेलीया, वेलायत हुदै अमेरीकामा सेवारत कृषि वैज्ञानिकको ध्यान खिच्न सक्यो  । थप स्पष्ट हुन विभिन्न जुम वैठकहरू पनि भए  । हामीले वहसमा उठाएका तर्कहरू वैज्ञानिकहरू समक्ष विस्तार गर्यौ  ।


यसैक्रममा नर्वेमा सेवारत कृषि प्राध्यापक विशाल सिटौला हाम्रो नेटवर्कमा जोडिनुभयो र हाम्रो तर्क परिमार्जन भई सिटौला मार्फत काठमाण्डौ विश्व विद्यालयमा प्रवेश गरेर औपचारिक पाठ्यक्रममा प्राथमिकताका साथ समावेस भयो  ।
गतवर्ष गण्डकी विश्वविद्यालयले सम्पन्न गरेको अन्तराष्ट्रिय स्तरको सेमिनारमा पनि यो विषयले स्थान पायो  । सरकारी कार्यक्रमले रैथाने वाली संरक्षणको नाममा कार्यक्रममा समावेस गरेपनि ऋषिकृषि पद्धत्तिलाई आत्मसाथ गरेको थिएन  । यो पद्धत्तिमा अध्ययन अनुसन्धान गर्न धेरै वाँकी छ  । अनुसन्धानबाट प्रमाणित नहुदै कृषि प्रसारमा यो पद्धत्तिलाई स्थान दिन पनि मिल्दैनथ्यो  । वाहाहरूले जे गर्नु भयो, ठिकै हो  । यो विषयका विज्ञ पनि सहज उपलब्ध हुदैनन् । त्यसैले कृषि तालिम संचालन गर्न पनि सकिदैनथ्यो  । अहिलेको चरणमा कृषि विज्ञहरूको माझमा वहस गरेर अनुसन्धानको दायरामा ऋषिकृषि पद्धत्तिलाई प्रवेश गराउनु नै ठूलो उपलब्धि हुन्थ्यो  । हामीले त्यो उपलब्धि प्राप्त गरेका छौ  ।


यो वहसको राम्रो प्रभाव धर्मसस्कृतिको वकालत गर्ने सन्तमहन्तमा परेको थियो  । गुठीजग्गा भएका मठमन्दिरले यो पद्धत्तिको खोजि गर्न लागेका छन् भने विगतमा प्रयास गरेर पनि कार्यान्वयन गर्न नसकेको नेपाल सस्कृत विश्वविद्यालयलाई पून झकझक्याउन यो वहस सफल भएको छ  । ऋषिकृषि पद्धत्तिले यही गतिमा दायरा बढाउदै गएको समाचारमा पनि स्थान प्राप्त गर्न अव धेरै कुर्न पर्दैन  । किनभने हामीले कृषि प्राविधिकको साथमा उपभोक्ता जागरण पनि हुने गरेर वहस गरेका छौ  । कृषि पद्धत्तिको रोजाईमा लागत र बजार नै निर्णायक हुने भएकोले बजारमागलाई सम्बोधन गर्न कृषि मन्त्रालयले ऋषिकृषि पद्धत्तिलाई कृषि प्रसारको रणनीतिक मूलधारमा समावेस गर्न बाध्य हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ  । काठमाण्डौ विश्वविद्यालयले औपचारिक पाठ्यक्रममा समावेस गरेको विषय भएकोले केहि विद्यार्थीले अन्तिमवर्षको प्रोजेक्टवर्कमा ऋषिकृषि पद्धत्ति उपर अनुसन्धान गर्ने आसा पनि गरेका छौ  । पुरञ्चौर स्थित कृषि महाविद्यालयले पनि यो पद्धत्तिको शुक्ष्म अवलोकन गरेको हुनसक्ने भएकोले पनि कृषि मन्त्रालयको कृषि प्रसार रणनीतिमा ऋषिकृषिले प्रवेश पाउने छ भन्ने विश्वास छ ।


वर्तमान गण्डकीप्रदेश सरकारले पर्यटनलाई अग्रप्राथमिकता दिएर योजना तर्जुमा गरेको छ  । त्यसैले पर्यटनलाई लक्षितवर्गको रोजगारीसंग आवद्ध गर्न घरवास आवास कार्यक्रमलाई प्राथमिकता दिएको छ  । यस्तो रणनीतिमा भिन्न स्वादको खाना सहित आतिथ्यको महत्त्व हुन्छ  । गाँउमा गएर पनि आयातित् अन्न तथा तरकारी खान पर्दा पर्यटक रमाउदैनन्  । घरवास पर्यटनमा रमाउनेमा विदेशी भन्दा आन्तरिक पर्यटक नै हुने भएकोले स्थानीय स्वादको खोजि अवस्य हुन्छ  । ग्राहकको माग बढे पछि घरबास पर्यटन उद्यमीले रैथाने कृषि पद्धत्ति अपनाउन बाध्य हुन्छन्  । यस्तो अवस्थामा उत्पादन लागत र बजार विचौलीया भन्दा पर्यटकीय माग र आपूर्तिले निर्णायक भूमिका खेल्छ  । कृषकले मनग्यलाभ आर्जन गर्न सकेको अवस्थामा परिमाणात्मक उत्पादन कम हुदा पनि रैथाने बालीको उत्पादन हुन्छ  ।


हामीले कृषि उत्पादनको सम्बन्ध आध्यात्मिक मान्यतामा पनि जोडने वहस गरेका छौ  । त्यस्तो वहसले सन्तमहन्त र धर्मभिरू गृहणीको ध्यान आकृष्ट गरेको छ  । खेतीपातीको जोहो मिलाउने कार्यमा त्यस्तै गृहणीको अहम् भूमिका हुने भएकोले पनि समाजको आधारतहसम्म पुग्न हामीलाई सजिलो भएको छ । उनिहरूको समस्या वीउ प्राप्तिमा छ  । आधुनिक कृषिले हाम्रा धेरै रैथाने नश्ल लोप गराई सकेकोले यस्तो समस्याको सामना गर्न परेको हो  । त्यसैले रैथाने वीउको उपलब्धतालाई सजिलै व्यवस्थापन गर्न सकिदैन  । तर चार छ महिनामा उत्पादन हुने भएकोले यस्तो समस्या स्थाई रहदैन  । किसानको आप्mनै प्रयासमा वीउको जोहो मिलाउछन्  । यसले रैथाने वीउको यथास्थान (इनसिटु) संरक्षण पनि हुन्छ  । बजारलाभ हुने हरेक नश्लका वीउ संरक्षण गर्न कुनै औपचारीक तथा सरकारी कार्यक्रमको आवस्यकता पनि पर्दैन  । लाभकै निमित्त किसानले नै खोज्छन्, साटछन् र बाडछन्  ।


हामीले सुरुका दिन देखी नै ऋषिकृषिलाई प्रणाली वा प्रविधि भनेका थिएनौ  । हामीले बारम्बार ऋषिकृषि पद्धत्ति भनेका छौ । यस्को सम्बन्ध उत्पादन भन्दा धेरै खाद्यसस्कृतिसंग जोडिएको हुन्छ । यस्लाई परिमाणात्मक उत्पादनमा नापिदैन । उत्पादन लागत र परिमाणात्मक उत्पादनलाई मात्र हेरेर स्थानीय नश्ल बच्न पनि सक्दैन  । आधुनिक कृषि प्रविधिकै कारणले गाँउका धेरै खेतवारी बाझो रहेको हामीले अनुभव गरेका छौ  । त्यसैले हाम्रो लक्ष बुडाबुडीको नजर भित्र पर्ने दैलामुनीको बारीमा केन्द्रित छ  । आयातित अन्नको बजारमूल्यचापमा परेको आधुनिक कृषिले तुरुन्त बाझो फोडन गाह्रो होला  । हामीलाई त्यो समस्या पर्दैन  ।


ऋषिकृषि पद्धत्तिलाई रणनीतिक मूलधारमा राखेर अनुसन्धात्मक सस्था खोजपाठशालाले अनुसन्धान प्रारम्भ पनि गरीसकेको छ  । खोजपाठशालाले रणनीतिक मूलधारमा राखेको विषयमा स्थानीय पालिकाको कार्यक्रममा पनि क्रमशः बढाउदै लगिने छ । यसलाई पनि ऋषिकृषि वहसको प्रभाव नै मान्नु पर्छ  । यसमानेमा आरसी टाईम्स बधाईको पात्र भएको छ  । उस्ले भविष्यमा पनि खोज पाठशालासंग सहकार्य गर्ने प्रतिवद्धत्ता जनाई सकेको छ  । यस कार्यले कृषि पत्रकारितामा संहभागी आरसी टाइम्स र ऋषिकृषि खोज अनुसन्धानमा संलग्न पत्रकारको पहिचान मूल्य बढेको छ । विश्वास छ, पत्रिकाले आप्mनो यो पहिचानलाई भविष्यमा पनि जोगाई राख्ने छ  ।

Previous Post

सहुलियत कर्जामा विचौलिया हावी
साना उद्यमीहरु मारमा

Next Post

शत्रु जीव व्यवस् थापनमा वनस् पतिजन्य पदार्थको  प्रयो गका तरिका

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

शत्रु जीव व्यवस् थापनमा वनस् पतिजन्य पदार्थको  प्रयो गका तरिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In