• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि प्रश्नोत्तरी प्रतियोगिता : कृषि ज्ञान प्रसारमा नौलो प्रयोग

आरसी टाइम्स by आरसी टाइम्स
१७ चैत्र २०८१, सोमबार १४:२२
in Uncategorized, कृषि बजार, के भैइरहेछ, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
कृषि प्रश्नोत्तरी प्रतियोगिता : कृषि ज्ञान प्रसारमा नौलो प्रयोग
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, चैत्र,१८
कृषि विकासका लागि सेवा टेवा गर्दै आइरहेको महानगरीय कृषि विकास शाखाले किसानकै बिचमा प्रश्नोत्तरी प्रतीयोगिता आयोजना गरेर एकिकृत कृषि ज्ञान प्रसारमा नौलो प्रयोग गरेको छ  । पोखरा महानगरपालिकाको आर्थिक विकाश महाशाखाले ‘कृषि क्विज प्रतियोगिता’ नाम दिएर आयोजना गरिएको प्रतियोगितामा महानगरभित्रका ३१ वटा वडा कृषि सञ्जालका सदस्यहरुले उत्साहजनक सहभागिता जनाए  । स्थानीय किसान र कृषि क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको ज्ञान परीक्षण र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सो प्रतियोगितामा वडा नम्बर ३० शिसुवाको कृषि सञ्जालले प्रथम स्थान हासिल गरेको छ  । त्यस्तै, वडा नम्बर १३ आर्वाको वडा कृषि सञ्जाल दोस्रो र वडा नम्बर २९ भण्डारढिकको कृषि सञ्जाल तेस्रो स्थानमा आएका छन्  ।

पोखरा सभागृहको प्रेक्षालयमा आयोजना गरिएको प्रतियोगितामा महानगरका ३३ वडा मध्ये सक्रिय रहेका ३१ वडाका कृषि सञ्जालका ३ जना प्रतिनिधीको समूहले भाग लिएका थिए  । कृषि प्रविधिका तालिम र सहजिकरणका सवालहरुका साथै वाली, माटो, पशुपालन , कृषि विमा , रोग किरा व्यवस्थान, झार नियन्त्रण तथा वैकल्पिक खाद्यन्न र ऋषि कृषि अवधारणा एवं पोखराको कृषि इतिहासका सम्बन्धमा प्रश्नोत्तरीमा समेटिएको थियो  । हरेक चरणमा ६ समुहको प्रतियोगिता गर्नका लागि गोला प्रणालीद्धारा एउटा समुहलाई अन्तिम चरणमा लैजाने ‘फिनाले’ घोषणा गरीएको मा वडा १७ ले भाग्यशाली मौका पाएको थियो  ।

अन्तिम चरणमा समान अंक ल्याएका वडा १३ र वडा ३० बिचमा एक—एक प्रश्नको चूनौति चरण समेत संचालन गर्दा वडा नं १३ लाई उछिन्दै वडा नं ३०को कृषि सञ्जाल विजेता बेनेको थियो  । प्रथम हुने वडा ३० को समूहमा अनन्त कण्डेल, बाबुराम ढकाल र शोभा न्यौपाने सहभागी थिए  । द्वितीय हुने वडा १३ को टोलीमा रोशन बराल, विश्व सापकोटा र शान्ता श्रेष्ठ सहभागी थिए भने तृतीय स्थान हासिल गर्ने वडा २९ को समूहमा सागर पौडेल, लिला चापागाईं र विष्णु प्रसाद पौडेलले प्रतिनिधित्व गरेका थिए ।

विजयी समूहहरूलाई क्रमशः प्रथम, द्वितीय र तृतीय स्थानका लागि नगद पुरस्कार, प्रमाणपत्र र कृषि औजारहरू प्रदान गरिएको थियो  । प्रथम समूहले २० हजार,द्वितीयले १५ हजार, तृतीयले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन्  ।
यो प्रतियोगिता कृषि क्षेत्रमा नवीन सोच र ज्ञानको प्रवद्र्धन गर्न आयोजना गरिएको आयोजक पोखरा महानगरपालिकाले दावी गरेको छ  । प्रतियोगितामा सहभागी सबै समूहले जैविक खेती, माटो संरक्षण, बाली संरक्षण र आधुनिक कृषि प्रविधिजस्ता विषयमा प्रश्नहरूको सामना गर्दा किसानका सूचनाको दस्तावेजीकरण गर्नु पर्ने र नियमित प्रस्नोत्तरी अभ्यासले ज्ञान र अनुभवको दुरुस्तीमा टेवा पुग्ने बताए  ।

कार्यक्रमलाइ सुभारम्भ गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कृषि क्षेत्रमा यस्ता कार्यक्रमले स्थानीय समुदायमा जागरुकता बढाउने र उत्पादन वृद्धिमा योगदान र्पुयाउने विश्वास व्यक्त गरे  । उनले आगामी दिनमा यस्ता प्रतियोगिता र अन्य रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइने पनि बताए  । समारोमा गण्डकी प्रदेशका कृषि सचिव बासुदेव रेग्मीले यो प्रतियोगिताको सिकाइ अन्य पालिका र निकायहरुमा पनि विस्तार गर्न उपयुक्त हुने बताए  ।
समूह चरणको अभ्यासको खेल सँगै सहभागीहरुका लागि पनि खुल्ला प्रश्नोत्तरको मौकामा फटाफट उत्तर मिलाउने सहभागीहरुका लागि जैविक मल र उपकरण पुरस्कारको व्यवसथा गरिएकाले सहभागीहरु अन्तीम चरण सम्मनै उत्सुकता पुर्वक भाग लिएका थिए  ।

Previous Post

सुन्तला बोटलाई छाता

Next Post

सहकारीहरूको प्रादेशिक समीक्षा : ऋण उठ्न गम्भीर चुनौती

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
सहकारीहरूको प्रादेशिक समीक्षा : ऋण उठ्न गम्भीर चुनौती

सहकारीहरूको प्रादेशिक समीक्षा : ऋण उठ्न गम्भीर चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In