• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि सेवा प्रदायकहरुमा सार्वजनिक सुनुवाइ सूरु

आरसी टाइम्स by आरसी टाइम्स
७ श्रावण २०८१, सोमबार ११:२९
in कृषि बजार, के हुँदैछ, फिचर, विकल्पको बाटो
0
कृषि सेवा प्रदायकहरुमा सार्वजनिक सुनुवाइ सूरु
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,
गण्डकी प्रदेशका कृषि मन्त्रालय मातहतका सेवा प्रदायकहरुले अगिल्लो आर्थिक वर्षमा गरेका क्रियाकलाप र उपलब्धीका बारेमा सारोकारवालाहरुका बिचमा जवाफदेहि हुनका लागि सार्वजनिक सुनुवाइको अभ्यासको थालनी गरेका छन्  । आर्थिक वर्षका क्रियाकलापहरु सकिएपछि उपलब्धी मापन र जवाफदेहिता प्रति उत्तरदायि बन्नका लागि तेश्रोपक्षबाट सार्वजनिक सुनुवाई गर्न थालिएको सम्बन्धीत कार्यालयहरुले जनाएका छन्  ।

सार्वजनिक सुनुवाईका क्रममा पशुपंक्षी तथ मत्स्य विकास निर्देशनालय अन्तर्गतको नमुना भेटेरीनरी अस्पताल संचालन गर्न लागेको पशुसेवा विज्ञ केन्द्र कास्कीले वर्षान्तमा सार्वजनिक सूनुवाई आयोजना गर्यो  । तेश्रोपक्षका रुपमा सहमत मिडियाका प्रकाश ढकालले सुनुवाइको सहजिकरण गरेको सुनुवाइमा विज्ञ केन्द्र प्रमुख शंभू पाण्डेले वार्षिक कृयाकलाप र उपलब्धी तथा चुनौतिका बारेमा तथ्यहरु सार्वजनिक गरेका थिए  । पाण्डेले आफनो कार्यालयका सेवा टेवा बारेमा सरोकारवालाहरुमा कुनै सम्बन्धीत गुनासाहरु सवाल जवाफ गर्नका लागि सरोकारवालाहरुलाई आव्हान गरेका थिए  ।

यसैगरि कृषि विकास निर्देशनालयले पनि वर्षान्तमा सार्वजनिक सुनुवाई गरेको छ  । पोखरा टेलिभिजनका तर्फबाट घनश्याम पाण्डेले तेश्रो पक्षको भूमिकामा सुनुवाइको सहजिकरण गरेका थिए  । कृषि विकास निर्देशनालय मातहतका वार्षिक क्रियाकलापहरुका बारेमा सरोकारवालाको गुनासो र सम्बोधनको अभ्यास गरेर कृषि विकासका सेवा टेवामा सुशासन अभ्यास बढाउन खोजीएको कृषि विकास महानिर्देशक बासुदेव रेग्मीले दावी गरेका छन्  ।

नमुना भेटेरीनरी तथा स्मार्ट पशुसेवा विज्ञ केन्द्रका रुपमा कार्यालयलाई अझ प्रभावकारी रुपमा सन्चालन गर्ने हो भने अझै केही सक्रियता गर्न र सेवा कौशलता विस्तार गर्न सरोकारवालाहरुले सुझाएका छन्  ।

जिल्लागत रुपमा पशु पन्जिकरण सेवा टेवा सुचिकरण र मासिक प्रोफाइल रिपोर्टिङ गर्नु पर्ने, यस्ता रिपोर्टहरुमा चिकित्सकिय सेवा, प्राविधिक सेवा, चरन खर्क सेवा ,खोप सेवा , प्रयोगशाला सेवा, रोग र किटजन्य प्रभावित पसु पन्छी मासिक प्रोफाइल चार्ट जारी गर्न विज्ञकेन्द्रले आफनो हैसीयत निर्माण गर्न सक्छ कि नाइ ? भनेर सरोकारवालाले सबाल उठाएका छन्  ।

जिल्लाका दक्ष र प्राविधिक जनशक्तिको कार्यबोझ व्यवस्थापन विश्लेषण गर्नका लागि प्रति प्राविधिक केस ह्याण्डल अनुपात र कार्यबोझ विश्लेषणका आधारमा कर्मचारीको दण्ड, पुरस्कार र प्रोत्साहनको व्यवस्था गर्न प्रादेशिक शासकिय सुधारका नितिगत व्यवस्था गर्न प्रदेशका जिल्ला तथा निर्देशनालय तहका विज्ञहरुको योगदान र सक्रियता कस्तो भइरहेको छ भन्ने सबाल पनि सरोकारवालाहरुले उठाएका छन् ।
सार्वजनिक सुनुवाइका क्रममा उकै परिसरबाट दुइ खालका कामहरु गर्दै आएको जिल्ला पशुसेवा कार्यालयका माध्यमबाट जिल्लाका पालिकागत र नागरिक किसानगत सेवा टेवाको अवस्था र नमुना अस्पतालको सेवा टेवा गत अवस्थाका फरक फरक कार्यक्षमताको मुल्यांकन गर्न सकिने गरि परिक्षणका उपायहरु अपनाउन सरोकारवालाहरुले सुझाएका छन्  । पशु स्वास्थ्य र रोग व्यवस्थापनका कुरा मानव स्वस्थ्य र समृद्धिसंग जोडिएका हुनाले जिल्लामा भैपरिआउने संक्रामक रोग र रोकथामका उपायहरूबारे सामाजिक सञ्जालबाट सुचित गर्ने प्रणालीको विकास गर्न किसानहरुले सुझाएका छन्  ।

विगतका वर्षमा कार्यक्रमको सार्वजनिकीकरण गर्दै आएका कृषि सेवा प्रदायकहरुले अवदेशि तेश्रो पक्षको सहभागीतामा सामाजिक परिक्षण र सार्वजनिक सुनुवाइका अभ्यास अवलम्बन गर्न थालेकाले शासकीय सुधारका अभ्यासहरु देखिन थालेका छन्  ।

Previous Post

गण्डकी प्रदेशका पाँच किसानहरु पुरस्कृत

Next Post

कृषि एम्बुलेन्सको परिक्षणले आशा जगायो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि एम्बुलेन्सको परिक्षणले आशा जगायो

कृषि एम्बुलेन्सको परिक्षणले आशा जगायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In