• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कोरोना—चीसोमा रैथाने कुखुराको बजार बढ्यो

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:३७
in Uncategorized
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

शिला पाण्डे/आरसी टाइम्स
पर्वत,मंसीर २७


गतवर्ष देखिको कोरोनाको महामारीका बीच जिल्लामा स्थानीय प्रजातीका लोकल कुखुराको व्यवसायीक पालनमा स्थानीय युवाहरु सक्रिय रुपमा लागि परेका छन् । प्रतिगोटा भाले २ हजार पाँच सय र पोथी २ हजार रुपैयाँमा विक्रि हुने भएपछि स्थानीय युवाहरु लोकल कुखुरा पालनमा सक्रिय बनेका हुन् ।
खाँदा मिठो मानीने तथा समयमा विकेन भन्ने चिन्ता र डर पनि कम भएका कारण स्थानीय प्रजातिका कुखुरा पालनमा युवाहरु सक्रिय रुपमा लागि परेका छन् । स्थानीय तहले रैथाने पशुपंक्षीको संरक्षण गर्नको लागि अवधारणा पनि ल्याएका छन् भने अनुदान पनि दिने गरेका छन् ।
सरकारी चासोमा खासै नपरेपनि मासु पारखीहरुको लागी स्वादिष्ठ हुने, अगार्नीक मानीने हूँदा माग बढेपछि पर्वतका युवाहरुले लोकल कुखरा पालनमा चासो देखाएका हुन । मोदी गाउँपालिका खड्क केसी र दुर्गा पौडेलले पनि लोकल कुखुराको व्यवसाय संचालन गरेका छन् । बोइलरको जस्तो ४५ दिनमा कुखुरा बेचिहाल्नुपर्ने चिन्ता नहुने भएका कारण लोकल खुकुरा पाल्न थालेको दुर्गा पौडेलले बताए । उनले गत वर्ष पाँचसय बोइलर कुखुरा पालेर बेचेको थिए भने यो वर्षपनि दुई सय कुखुरा बेचिसकेका छन् ।


लोकल र बोइलर कुखुरा पालनमा धेरै फरक हुने उनले बताए । लोकल कुखुराले स्थानीय अन्नपात खाने भएका कारण सजिलो हुने र समयमा विक्रि भएन भनेर चिन्ता गर्नुपर्ने कुनै डर नभएका कारण पाल्न सजिलो भएको उनी बताउँछन् । बोइलर कुखुरा ४५ दिनमा विक्रि नभएर तौल कम हुने र दानाको खर्च अधिक बढ्ने भएका कारण नोक्सानीको मात्रा बढी भएको उनी बताउँछन् ।
स्थानीय हावा पानीका हुर्कने र रोग महामारीको समस्या कम हुने भएपछि पनि यस प्रजातीको कुखरा पालनमा युवाहरु लाग्न थालेको पौडेलले बताए । उनले अहिले बोइलर, लोकलकुखुरा र बाख्रा पनि पालेका छन् ।


यसै गरि कुश्मा सातका गौरव क्षेत्रीले लोकत कुखुरा पाल्न थालेको एक वर्ष हुन लागेको छ । पहिलो लटमा पचासको संख्यामा लोकल कुखुरा पालेर आम्दानी गरेका क्षेत्रीले बजार क्षेत्रमा माग बढेसँगै अहिले संख्या बढाएर सय पु¥याएको बताए । कुश्मा बजारमै लोकल कुखुराको फार्म खोलेका उनलाई बजारको कुनै अभाव नभएको बताए । लोकल कुखुरा अहिले होटलमा खपत भइरहेको छ । मागलाई धान्न नसकिने अवस्था भएको पनि उनले बताए ।
विषेश गरी होटल सञ्चालकहरुले लोकल कुखुरा घरमै आएर लग्ने र सुत्केरी गर्भवतीको लागि पनि लोकल कुखुराको माग बढी रहेका कारण व्यवसायमा लागीरहेको युवाले बताएका हुन । हराउँदै गएको जातको जगेर्ना गर्न पनि आँफुहरुले गाउँदेखी लोकल जातको कुखुरा संकलन गरेर धेरैको संख्यामा पालेको क्षेत्रीले बताए ।


कुश्माकै मनोज क्षेत्रीले २ करोडको लगानीमा ह्याचरी सहितको फार्म नै खोलेर लोकल कुखुरा, बनकुखुरा (कालिज),कर्कनाथ, टर्की लगायतका कुखुरा पालेका छन् । आफै चल्ला उत्पादन र विक्रिवितरण पनि गर्दै आएका छन् । लोकल कुखुरामा पछिल्लो समय माग बढ्दै गएको र कतिपय स्थानीय तहले सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम नै चलाएको र सो कार्यक्रममा लोकल कुखुरा दिने गरेका कारण पनि लोकल कुखुराको माग पर्वतमा बढिरहेको छ ।


स्थानीय प्रजातीका कुखुराको माग पछिल्लो समयमा तारे होटल, होमस्टेमा पनि बढिरहेका कारण युवाहरु लोकलकुखुराको व्यवसायमा होमिएका हुन् ।
गैरसरकारी संस्थाहरुले जिल्लाका दक्षिण भेगमा रहेका किशोरीहरुलाई लक्षित गरी कुखुरापालन व्यवसायलाई अगाडी बढाएका छन् । प्रति किशोरी ४० वटा निशुल्क कुखुराका चल्ला वितरण गर्दै गैैरसरकारी संस्थाले पनि जिल्लामा लोकल कुखुराको उत्पादनमा टेवा पु¥याइरहेका छन् ।

Previous Post

लसुन खेति गर्ने किफायति तरिका

Next Post

जागिरे युवा पनि कृषि पेशामा रमाउन थाले

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
जागिरे युवा पनि कृषि पेशामा रमाउन थाले

जागिरे युवा पनि कृषि पेशामा रमाउन थाले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In