• Aarsee Times
Sunday, June 22, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गाउँपालीकाका च्याउ उत्पादकहरु महानगरमा धर्ना गर्दै

आरसी टाइम्स by आरसी टाइम्स
२० कार्तिक २०८०, सोमबार २२:००
in कृषि बजार, के भैइरहेछ, फिचर
0
गाउँपालीकाका च्याउ उत्पादकहरु महानगरमा धर्ना गर्दै
0
SHARES
40
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, कार्तिक २०
पोखरामा च्याउँको उत्पादन र बजार सन्तुलन विचलन आयो बेला कासकीका विभिन्न गाउँपालिकामा च्याउ उत्पादन गर्ने किसानहरुले पोखरा महानगरको कृषि शाखामा धर्ना दिएका छन्  । हिजो आइतबार विहान पोखराको थोक कृषि बजारमा च्याउ विक्रि गर्न पुगेका उनिहरुले च्याउँको मुल्यामा अत्याधिक ह«ास आएको हुनाले लागत पनि नउठ्ने भएकाले पोखरा महानगरको कृषि नितिले बजारमा प्रभाव पारेको भन्दै आफना उत्पादित च्याउ लगेर महानगर कृषि शाखाको ढोकामा थुपारेर धर्ना दिएका हुन्  । पोखराको खुद्रा च्याउ बजारमा अस्ती शनिबारसम्म प्रति केजी कन्ने च्याउको मुल्य १५० देखि १७० मा कारोबार भइरहेको मा थो बजारका व्यापारिहरुले प्रति केजी ३० देखि ४० रुपैयामा मात्र खरिद गर्न सकिने बताएपछि च्याउ किसान रनभूल्लमा पर्दै महानगर प्रति आक्रोशित भएका हुन  ।

पोखरा महानगरले तरकारी उत्पादनमा आत्म निर्भर बनाउन पालिकाका किसानलाई न्युनतम समर्थन मुल्य तोको छ र बजारमा विक्रि नभएर वा न्युन मुल्यमा विक्रि गर्नु परेका बखत समर्थन मुल्य भुक्तानी दिने घोषणा गरेपछि पोखरा क्षेत्रका किसानलाई च्याउ उत्पादनमा जोड दिएर उत्पादन बढेपछि बजारमा पोखरा बाहिरका किसानको उत्पादनले बजार नपाएका कारण उनिहरु महानगरको अनुदान नितिले आफुहरुलाई विस्थापन गर्न लागेको भन्दै धर्नामा पुगेको मछापुच्छ«े गाउँपालिकाको भुर्जङ्गखोला र घाचोकमा च्याउ खेति गर्दै आएका कृष्ण सुवेदीले बताए  ।

महानगरका किसानले प्रति केजी १३० रुपैया मुल्य महानगरबाट शोधभर्ना सुरक्षण भएकाले उनीहरुले अन्धाधुन्द उत्पादन गर्दा बजारमा च्याउको उत्पादन दुई गुण बढी भएकाले आफनो उत्पादनकले बजारमुल्य नपाएको गाउँ पालिकाका किसानको गुनासो छ  । उनिहरुलाई गाउँ पालिकाले अनुदान नदिने र शहरीया उत्पादन न्युनतम मुल्य सुरक्षण भएकाले पोखराका किसानसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएकाले महानगरले कि भने आफुहरुको पनि मुल्य सुरक्षण गर्नु पर्ने कि कसैलाई पनि मुल्यमा अनुदान दिन बन्द गर्नु पर्ने भनेर च्याउ उत्पादक हरुले धर्ना दिएपछि हिजो आइतबार दिनभर जसो सरोकारवालाहरुको सघन सम्बाद चलेको छ  । कि हामीलाइ पनि देउ, कि कसैलाइ पनि नदेउ भन्दै गाउँ पालिकाका किसानहरुले दबाब दिएपछि महानगरका किसानहरुको उत्पादन सुरक्षण माथी धावा बोलेको महानगरका किसानले गुनासो गरेका छन् भने महानगरका किसानले व्यवापारिसँग मिलेर हामीलाई व्यवसायबाट बाहिर निकाल्ने र भोली बजार मुल्यमा एकाधिकार गर्ने प्रपञ्च गर्न आँटेको गाउँका किसानको आरोप छ  ।

पोखरामा दैनीक औसत १८ सय किलो कन्ये च्याउ थोक बजारमा आउने र १६ सय केजी खपत हुने दर रहेकोमा हिजो आइतबार चार हजार किलो च्याउ बजारमा आएपछि खपत गर्न नसक्ने र भण्डारण पनि गर्न नसकिने अवस्था भएपछि बजार मुल्य ३०— ४० रुपैया प्रति किलोमा झर्ने अवस्था आएको थोक बजारको व्यापारी श्रोतले जनाएको छ  ।
पोखरामा च्याउको थोक बजार मुल्य कृषकले प्रती केजि रु ६०—७० र उपभोक्ताले रु १०० देखि १५० सम्म पाउने गरेका छन्  । महानगरले सुचीकृत कृषकलाई न्युनतम समर्थन मूल्य रु १३० तोकिएको छ  । तो भन्दा कम मुल्यमा बेच्नु परेका बेला महानगरले न्युनतम मुल्यको नपुग रकम सोधभर्ना दिने भएकाले महानगरका किसानहरु ढुक्कले नियमित उतपादनमा लागेका कारण पोखरामा च्याउको उत्पादन दोब्बर बढेको छ  ।

दिनभर जसो चलेको दवाव बर्तापछि निकट भविष्यमा च्याउ परिकार महोत्सव गरेर च्याउ खपत बढाउने पहल गर्ने , महानगर जस्तै न्युनतम समर्थन मुल्य तोक्न प्रदेश सरकारलाई दवाव दिने र गाउँ पालिकामा पनि कार्यान्वयन गर्न सामुहिक पहल गनैृ सहमती गरिएको महानगर कृषि शाखाका सूचना अधिकाी सुरोज चिलुवालले जनाएका छन्  ।
पोखरा महानगरकृषि शाखाले दिएको सूचना अनुसार पोखरामा २० जना ब्यबसायिक च्याउ किसानले ५५,हजार बलमा उत्पादन गर्दै आएका र कास्कीका अन्य पालिकामा पनि ४० हजार बल गरि ९५ हजार बलमा उत्पादन हुदै गरेको छ  । यसमाथी स्याङ्गजाबाट आएको उत्पादनको अभिलेखन गरिएको छैन  । महानगर क्षेत्रमा न्युनतम समर्थन मूल्य तोकेकोले उत्पादकलाई राहत भए पनि गाउँपालिका क्षेत्रमा सो ब्यबस्था नहुदा किसान मर्कामा परेको भन्दै बिरोधस्वरुप केही च्याउ कार्यलयमा राखेर बिरोध जनाएको अवस्थालाई व्यवस्थापन गर्न  उत्पादन नियन्त्रण गर्ने, उत्पादन बिबिधिकरण, परिकारमा जोड दिने, उत्पादक र उपभोक्ता बीचको दुरी घटाउने, केही समय सहुलियत दरमा बजारमा उपलब्ध गराउने, उपभोक्तालाई प्रती केजि रु १०० सम्म उपलब्ध हुने गरि बजारिकरण गर्ने, न्युनतम समर्थन मुल्यको लागि सूचीकरण गर्ने , गाउँपालिका क्षेत्र लगायतका सम्पुर्ण कृषकको माग सम्बोधनको लागि प्रदेश कृषि मन्त्रालयलाई जानकारी गराउने सहमती भएको महानगर कषि शाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।

Previous Post

निवुवाको चुक अमिलो घरेलु उद्यमबाट लाख बढी आम्दानी

Next Post

खाली हुँदै गाउँहरु: खण्डहर बन्दैछन् घरबारी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
खाली हुँदै गाउँहरु: खण्डहर बन्दैछन् घरबारी

खाली हुँदै गाउँहरु: खण्डहर बन्दैछन् घरबारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In