रामप्रसाद श्रेष्ठ/आरसी टाइम्स
तनहुँ(घिरिङ्ग), चैत्र १९
तनहुँको घिरिङ गाउँपालिका १ पुट्टारमा रहेको धुलिखेल अस्पताल निकट परिसरमा कृषि उपज संकलन केन्द्र उद्घाटन गरिएको छ । कोरियाली सरकारको सहयोगमा कोईका नेपालले सन् २०२० देखि २०२४ सम्मको अवधिमा संचालन गरेको ग्रामीण समुदायहरूको स्वास्थ्य र कृषिबाट आय आर्जन बढाउनको लागि ई आर सि यान परियोजना संचालन गर्दै आएकोछ।दुर्गम र स्वास्थ्य सेवाबाट बन्चित नागरिक हरूलाई ध्यानमा राखेर त्यस्ता स्थानहरूमा स्वास्थ्य शाखा सन्चालन गर्दै आएको छ।
त्यसरी नै कृषि बाट स्वस्थ र ताजा खानेकुरा, कृषि उपज बाट आय आर्जन मा बृद्धि गराई नागरिकलाई आर्थिक हिसाबले पनि समृद्ध गराउने उद्देश्य का साथ सहमति संस्था को सहकार्यमा कार्यक्रम सञ्चालन भैरहेको छ ।
पच्चिस वटा कृषक समूह गठन गरि ५८८ घरधुरीलाई प्रत्यक्ष उत्पादनमा जोडेको छ भने अन्य परम्परागत सिपहरूलाई बढावा दिने, नयाँ सिपको सृजना गरि नयाँ ब्यवसाय थालनी गराएको छ । स्थानीय उर्भरा कृषि सहकारी र कालीगण्डकी कृषि सहकारी संस्थालाई सकृय, व्यबस्थापन र निति निर्माणमा सहयोग गर्दै सक्षम र योग्य सहकारी गराउनमा टेवा पुर्याएको छ । कोईका नेपालका परियोजना प्रबन्धक मिस्टर चोइले नेपालमा दुर्गम क्षेत्र तर मानव बस्ती भएका ठाउँमा विकास पुर्वाधारहरू तयार पार्न स्वास्थ्य सेवालाई स्थापना गरिएको बताए ।
। उनले नेपाल कृषि प्रधान देश भएर पनि कृषि क्षेत्रलाई रूपान्तरण गर्न थुप्रै समस्याहरु छन भन्दै आफुहरुले गरेको कार्यक्रमले समाधानमा सहयोग पुग्ने अपेक्षा राखेको बताए ।
कोरियाली जनताहरु कडा मिहिनेतले विकशित देश हुन सफल भएको स्मरण गराउँदै नेपाललाई त्यस्तै उदाहरण दिँदै यहाँ आय आर्जनका लागि आवश्यक ज्ञान सिप दिईएको र त्यसैको प्रयोगले कृषि उत्पादनमा सहजता ल्याउने अपेक्षा राखिएको मिस्टर चोइले बताए ।
कृषि संकलन केन्द्र उद्घाटन कार्यक्रममा धुलिखेल अस्पतालका चिकित्शक राम कङ्ख मकाजु, गणतन्त्र कोरियाका नेपाल राजदुतावास का सुङगो काङगु सहमति संस्थाका सुवास सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा घिरिङ गाउँ पालिका अध्यक्ष होम बहादुर थापा, वडा नंवर १का वडाध्यक्ष रबि चन्द्र घोरासिनी, कृषि उपज संकलन केन्द्र सन्चालन समितिको अध्यक्ष दानबहादुर शाहीले स्वास्थ्य संस्था संचालन र कृषि उत्पादनबाट आय आर्जन बढाउन स्थानीय निकाय कृषकहरु र समितिहरू ईमान्दारीता र विश्वसनीयता साथ कृषि उपज संकलन केन्द्रबाट दैनिक कारोबार बढाउने प्रतिबद्धता जनाउँदै दातृ राष्ट्र र संस्थाहरुको सराहाना गरे ।