आरसी टाइम्स व्युरो
मुस्ताङ्ग, असोज १५
मुस्ताङ्गका च्याङ्ग्रा पालनमा सहभागी कृषकहरुलाई २ दिने व्यवसाय सुधार तालिम दिएर सहजीकरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन एकाई, मुस्ताङले हालै असोज ११ र १२ गते उपल्लो तीन गाउँपालिकाका किसानहरुलाई व्यवसाय सुधार तालिम दिइएको परियोजना एकाइ प्रमुख सुधिर थापाले जनाएका छन ।
परियोजनाको कार्यक्षेत्र रहेको उपल्लो मुस्ताङका लोघेकर दामोदरकुण्ड गाँउपालिका, लोमान्थाङ गाँउपालिका र बारागुङ मुक्तिक्षेत्र गाँउपालिकाका १४ व्यवसायिक फार्म र ६ किसान समेत गरि २० जनालाई तालिम दिइएको थापाले जनाएका छन ।
तालिममा दामोदर कुण्ड गाउँपालीका बाट ३ वटा नीजी फर्मका प्रतिनिधिहरु, लोमन्थाङ्ग गाउँपालिकाबाट १ कृषक समूहका प्रतिनिधि, मुक्तीक्षेत्र गाउँपालिकाबाट ५ कृषक समूह र ११ निजी फर्मका किसानहरु सहभागी भएका थिए ।
तालिमका क्रममा व्यवसायिक रुपमा सुधारिएको च्याङ्ग्रापालन व्यवसायको लाभान्वीत हुने सम्भावना, स्थानिय स्तरमा उत्पादन गर्न सकिने दाना तथा ग्ःःद्य बारे जानकारी दिइएको तालिमका अगुवा श्रोतव्यक्ति डा. सूधीर थापाले जनाएका छन । सोही अवसरमा च्याङ्ग ा गोठ र चरनहरुमा जैविक सुरक्षा का जुक्तिहरु तथा पशु विमा प्रणालीमा जोडिने काइदा र हुने सुरक्षाा तथा पशु प्रजनन प्रणालीका साथै च्याङ्ग्राको खोर सुधार सम्बन्धी ज्ञान र च्याङ्ग्रामा परजिवि नियन्त्रण तथा रोकथामको उपायहरु बारेमा सहजकिरण गरिएको जनाइएको छ ।
किसानहरुलाई पशु चिकित्सक थापा सहित लालमणी अर्याल, कृषि अधिकृत नेत्र प्रसाद भट्ट, भेटनरी अधिकृत ऋषिराम पोखरेलले सहजिकरण गरेका थिए ।
तालिमको क्रममा परियोजनाबाट चालु आर्थिक वर्षमा सन्चालन हुने कार्यक्रमहरुको जानकारी तथा च्याङ्ग्रा जोन विकास कार्यक्रममा सहभागी हुने प्रकृयाहरुको बारेमा जानकारी दिइएको थियो ।