• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जुनोटिक रोगहरु नियन्त्रण गर्नमा पशुचिकित्सकको भूमिका

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २१:५२
in Uncategorized, कृषि बजार, के भैइरहेछ, विचार
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

डा. केदार कार्की

आदिकाल देखि नै मानव एव पशुहरुको चोली दामनको साथ रहेको छ यस्तोे परिस्थितिमा केही रोगहरु पनि यिनको एकै खालका रहे  । उदाहरणका रुपमा रेबिज, क्षयरोग, ब्रुसेलोसिस, साल्मोनेलोशीस यस्ता रोगहरु हुन जुन मानिस एवं पशुहरु दुबैमा नै पाइन्छन्  । यी रोगहरु पशुहरुबाट मानिसहरुमा तथा मानिसहरुबाट फैलिदै आएका छन्  । यस्ता रोगहरुलार्ई जुनोटिक अर्थात प्राणीरुजा रोग भनिन्छ  । जुनोसिस शब्द व्युत्पति संवधि रुपले सटिक एव जैवीक रुपले योग्य बीचार हो  । तथा सामान्यतया यो मानिन्छ कि यो उपयोगी शब्द हो किनकी यो मानव चिकित्सा एव पशुचिकित्सा पेशाकर्मीका लागि घरपालुवा एवं वन्यजन्यु दुबै खाले पशुहरुमा हुने रोगहरु को महामारी ज्ञानलार्ई पत्ता लगाउनका लागि सामान्य आधार बन्दछ एव तिनका रोग नियन्त्रक प्रविधि तयार पार्दछ ।खाद्य एवं कृषि संगठन एवं विश्व स्वास्थ्य संगठनको १९५९ को संयुक्त प्रतिबेदन अनुसार यस्ता रोग एवं संक्रमण जुन मेरुदण्ड धारी पशुहरु घरपालुवा एवं वज्यजन्तुहरु एवं मानिसहरु बीच संचारित हुन्छन्, लार्ई जुनोटिक रोग भनिन्छ ।

विश्वभरीमा प्राणीरुजा रोगहरुको जोखिमको केन्द्रविन्दु पत्ता लगाउनका लागि कोर्ट. ई. जोन्सको नेतृत्वमा वैज्ञानिकहरुको एउटा समुहले २००८ मा प्रतिष्ठीत पत्रीका नेचर्समा एउटा शोधपत्र प्रकाशित गरे, जस्मा तीनिहरुले १९४० देखि २००४ सम्म विश्वका विभिन्न क्षेत्रहरुमा देखा पर्ने संक्रामक रोगहरुका ३३५ घटनाहरुलार्ई विश्लेषण गरे  । तिनीहरुको अध्ययन अनुसार ७० प्रतिशत भन्दा पनि बढी उदाउदो सक्रामक रोगहरु प्राणीरुजा थिए सएवं तिनीहरुले १९४० देखि १९८० को दशकमा अधिकतम सम्म पुग्ने बढ्दो प्रवृति देखाए  । अध्ययनको निषकर्षहरुका अनुसार पछिका दशकहरु अर्थात १९९०–२००० मा उत्पति हुने संक्राकम रोगहरुका घटनाहरुको अनुपातमा बढि बृद्धि देखियो  । संयुक्त राज्य अमेरीकाको रोेग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार ६० प्रतिशत संक्रामक रोगहरु प्राणीरुजा हुन तथा ७५ प्रतिशत भन्दा बढी नया उत्पतित संक्रामक रोग जनावहरुमा उत्पन्न हुन्छन् ।

परिस्थिीतिकी तन्त्र एवं प्राणीरुजा रोग ः–
बर्ष १९९० देखि २०२१ सम्ममा विश्वको जनसंख्यामा लगभग पाँच गुणा बृद्धि भएको छ  । यसै अनुरुपले मनुष्यलार्ई आहार प्रदान गर्ने घरेलु पशुहरु तथा मानिसहरुका वरिपरिको पर्यावरणमा बस्ने परिधिय घरेलु, वन्यजन्तु आदीको संख्या पनि बढेको छ  । सामान्यतया यी विस्फोटित मानव पशुधन एव परिधिय घरेलु वन्य जन्तुहरुको जनसंख्याले वन्यजन्तु जनसंख्याको स्थानिय आकारलार्ई कम गरि दिएको छ  । जस्को फलस्वरुप मानिसहरु पशुहरु एव वन्यजन्तुहरुका बीच विरोधाभास रुपले विश्व भरिमा सम्पर्क बढ्दो छ  । यद्यपी अहिले पनि हाम्रो सोच अपूर्ण छ ,फेरी पनि उदाउदो रोगहरुका पक्षमा कारकहरुका बारेमा हाम्रो बुझाई बढ्दै छ ।

प्राणीरुजा रोगका कारक एवं प्रभाव ः–
सयुक्त राष्ट्र संघ पर्याबरण एव अन्तराष्ट्रिय पशुधन अनुसन्धान संस्थानको २०२० मा प्रस्तुत संयुक्त प्रतिवेदनका अनुसार विश्वभरीमा सात प्रकारका मानव जनीत चालकहरु ः
१) पशुजन्य प्रोटिनको बढ्दो माग
२) गैर टिकाउ कृषि गहनता
३) वन्यजन्तुहरुको बढ्दो उपयोग एव शोषण
४) भुमी उपयोग परिवर्तनले प्राकृतिक श्रोतसाधनहरुको गैर टिकाउ उपयोग
५) यात्रा एवं परिवहन खाद्य आपूर्ती श्रृखलाहरुमा परिवर्तन एव
६) जलवायु परिवर्तन प्राणीरुजा रोगहरुका प्रमुख कारक हुन  ।
यीन मध्ये केहि चालक अव एकै ठाउँमा आउदै छन् जस्ले गर्दा तिनको प्रभाव बढ्दो छ  । यो यस्तो तन्त्र हो जस्को बढनाले प्राणीरुजा रोगहरुमा बृद्धि भएको छ  । यद्यपी नविनतम तथ्याङ्कहरु त उपलब्ध छैनन तर केसीयो एव सहयोगीहरु द्धारा २००८ मा प्रकाशित शोधपत्रका अनुसार प्रति वर्ष ९ लाख करोड रुपीया भन्दा पनि बढी आर्थिक क्षति हुने गर्दछ ।

रोग नियन्त्रणमा पशुचिकित्सकहरुको भुमिका ः
यद्यपी पशुचिकित्सकहरु, पशुस्वास्थ्यकर्मीहरु, पशुपालकहरु पशुउत्पादन प्रविधिहरुसँग सम्वन्धीत व्यक्तिहरु, प्रयोगशालामा कार्यरत वैज्ञानिकहरु एवं कामदारहरु पत्यक्ष रुपबाट प्राणीरुजा रोगहरु सँग सामना गर्ने गरेका छन्  । तर खेतमा काम गर्ने किसान एव मजदुरहरु सहित जनसाधारण पनि यिनबाट अछुतो हुदैनन्  । बेशक पशु चिकित्सकहरु महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्षम छन् तर प्राणीरुजा रोग नियन्त्रणमा बहुक्षेत्रिय एवं बहुविषयक सहयोगको आवश्यकता छ, जस्ले गर्दा एक स्वास्थ्य मन्चको माध्यमबाट पुरा गर्न सहयोग पुग्छ  ।

जोखिम कम गर्ने रणनितिहरुका लागि व्यापक समर्थन गर्नका लागि समाजको सबै सतहहरुमा प्राणीरुजा एवं उदाउदो संक्रामक रोगहरुको जोखिम तथा रोकथाम जहाँ उपयुक्त हुन्छ , का बारेमा सचेतना एवं ज्ञान बढाउने बारे कार्यक्रमहरुको आयोजना गरिन्छ , त्यसमा अझ बढी जोड दिनु आवश्यक छ  ।
पशुचिकित्सा संबधित प्रमुखको हैसियतमा एक स्वास्थ्य परिपेक्षको अन्तरगत विश्व स्वास्थ्य संगठन, खाद्य कृषि संगठन, विश्व पशुस्वास्थ्य सगठन इत्यादि त्रिपक्षिय सहभागीता सहित अन्तरविषयक दृष्टीकोणबाट पर्यावरणीय बीचारहरुको एकिकरणलार्ई सवलीकरण गर्न लगानी गर्नमा जोड दिन्छ  ।
पर्यावरण पशुस्वास्थ्य एवं मानव स्वास्थ्यको अन्तरालमा जोखिमहरुको आंकलन गर्नु एवं हस्तक्षेप विकसीत गर्नका लागि प्राणीरुजा रोगहरु सहित उदाउदा संक्रामक रोगहरुका जटिल सामाजिक, आर्थिक, एव परिस्थितिक आयामहरुमा वैज्ञानिक जाँच विस्तार गर्न सहयोग गर्दछन् ।

सबै खाद्य प्रणालीहरुको पोषण सांस्कृतिक एव सामाजिक आर्थिक लाभहरुलार्ई ध्यानमा राख्दै गोठ खेतबाट घर भान्सा पुग्ने खाद्य उत्पादनहरु सम्म तथा स्वच्छताका उपायहरुमा सुधार सहित प्राणीरुजा रोगहरुसँग जोडीएका प्रणालीहरुको निगरानी उवं विनियमनका प्रभावी साधन विकसीत गर्न पशुचिकित्सामा ध्यान दिइन्छ ।
पशुपालकहरुको सेवामा कार्यरत पुशचिकित्सकले ब्रुसेलोसीस जस्ता प्राणीरुजा रोगहरुको रोकथामका लागि खोप लगाउन मुख्य भुमीका निर्बाह गर्दछन्  ।
औद्योगिकृत कृषि एवं साना उत्पादक दुबैमा पशुपालनमा उदाउदा रोगहरुका प्रमुख चालकहरुलार्ई पहिचान गर्नुकासाथै उत्पादन संचालित पशुपालन, पशुधन उत्पादनमा जैविक सुरक्षा उपायहरुको उचित लेखाङ्कनलार्ई पनि सामेल गर्नमा सहयोग गर्दछन्  । पशुचिकित्सकले राजकिय निकायहरुका बीच नया उत्पादनहरुको विकासलार्ई प्रोत्साहित गर्दछन्  । साथै ती उतपादनहरुलार्ई उपभोक्ताहरुलार्ई झुठो एव भ्रामक तथ्यहरुबाट बचाउन सहयोग गर्न महत्वपूर्ण भुमिका निर्बाह गर्दछन् ।

कृषि तथा वन्यजन्तुहरुकोे स्थायी सह—अस्तीत्व वृद्धि गराउने परिदृष्यहरु एव समुद्री परिदृष्यहरुको एकिकृत प्रवन्धन जस्मा खाद्य उत्पादनका कृषि परिस्थितिक तरिकाहरुमा लगानी सामेल हुन्छ, जुन प्राणीरुजा रोग संक्रमणको जोखिमलार्ई कम गर्दै अपशिष्ट तथा प्रदुषणलार्ई कम गर्ने उपायलाई सर्मथन गर्दछन्  । वन्य जन्तुहरुको आबास संरक्षण एवं पुर्नस्थान पारिस्थितिक सम्र्पकको हेरचाह तिनको आवास क्षतिमा कमी एव सरकारी तथा निजी क्षेत्रको निर्णय लिन तथा योजना प्रकृयामा जैविक विविधता मुल्यहरु सामेल गर्नमा विद्यमान प्रतिवद्धताहरुलार्ई कार्यान्वयनका लागि बलियो गरेर वन्यजन्तु आवासको विनाश एव विखण्डनलार्ई कम गर्नमा पनि भुमिका निर्वाह गर्दछन् ।
प्राचिन कालमा चिकित्सक प्राय पुजारी हुन्थे जस्ले पशुहरु तथा मानिसहरु दुबैको चिकित्सकीय हेरचार गर्दथे  । यदी ऐतिहासिक परिप्रेक्षबाट हेर्नेे हो भने एक स्वास्थ्य प्राचिन एथेन्स तथा रोममा प्रचलित थियो  । यदि ऐतिहासिक परिप्रेक्षलार्ई हेर्ने हो भने प्राचिन कालमा जनस्वास्थ्यलार्ई ध्यानमा राख्ने विशिष्ट उदाहरण हेर्न पाइन्छ  । युनानी चिकित्सक हिप्पोक्रेटस (४६० इ. स. –३६० इ) ले आन एयर वार्टस एण्ड प्रेस पुस्तकमा मानव रोगहरु एवं पर्यावरणका बीच एक कारण सम्वन्ध स्थापित गर्नका लागि पहिलो व्यक्तिगत प्रयास गरेका थिए  । उनले यस अवधारणालार्ई प्रोत्साहित गरे कि सार्वजनिक स्वास्थ्य स्वच्छ वातावरणमा निर्भर गर्दछ  ।

अमेरिकी पशुचिकित्सक एव परिजीवी विज्ञानी केल्वीन श्वावेका अनुसार प्राचिन समयमा एथेन्स एवं रोममा मासुलार्ई मानविय सेवन गर्नु भन्दा पहिले त्यस्को निरिक्षण परिक्षण गरिन्थ्यो ,एव निरिक्षकहरुद्धारा बर्जित गरिएको मासुलार्ई फयाकिन्थीयो  । प्राचिन रोममा सार्वजनिक बधशाला थिए, जस्लाई नियमीत निरिक्षण गरिन्थीयो तर सरकारी मासु निरिक्षण स्पष्ट रुपबाट रोमन साम्राज्यको पतन सँगै हराएर गयो  । तर अहिलेको आधुनिक कालसम्म बदलिएको परिवेशमा सवै कोशिशहरुलार्ई मिलाएर हेर्ने हो भने प्राणीरुजा रोगहरु स्वास्थ्यकर्मी वा पशुचिकित्साकर्मीहरुले नै एकलै नियन्त्रीत गर्न सक्ने छैनन  । बरु एउटा समन्वीत साझा प्रयासले यीनको राम्रो नियन्त्रण गर्न सकिने छ ।

(लेखक कार्की, सेवानिवृत्त वरिष्ठ पशुचिकित्शा कर्मी हुन्)

Previous Post

कोदोको वियाडका लागि असुराको छापो

Next Post

नयाँ प्रविधिमा मकै खेति गर्न पाउँदा किसान उत्साहित

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
नयाँ प्रविधिमा मकै खेति गर्न पाउँदा किसान उत्साहित

नयाँ प्रविधिमा मकै खेति गर्न पाउँदा किसान उत्साहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In