• Aarsee Times
Saturday, April 1, 2023
  • Login
आरसी टाइम्स
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

धानमा उन्नत जातको प्रयोग बढ्दो

रैथाने बाली हराए

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार १९:३९
in ऋषिकृषि, कृषि बजार, फिचर, विचार
0
कृषि पत्रकारिताको पहिचान र रैथाने प्रभावहरु
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

शुशिला रेग्मी /आरसी टाइम्स

रामपुर नगरपालिका ८ ढलेबर बस्ने चम्पा आचार्यले आठ वर्ष यता उन्नत जातका धानको वीउ प्रयोग गर्न थालेकी छन् । रैथाने बाली लगाउँदा मेहनत र लागत अनुसारको उब्जनी नभएपछि बजारबाट उन्नत जातको धानको वीउ किनेर लगाउने गरेको बताइन् ।
यसवर्ष करिव साढे चार रोपनी खेतमा अहिले बजारमा आएको युएस ३१२ जातको धान लगाउने उनले तयारी गरेकी छन् । एग्रोभेटबाट प्रतिकिलो रु ६०० मुल्यमा महंगो वीउ खरिद गरी धान लगाउने बन्दोबस्त गर्दै छन् ।

बजारमा उन्नत जातका धानका बीउ आउन थालेपछि
किसानले रैथाने वीउ बिस्तारै लगाउन छाड्दै जादा अहिले लोप हुन पुगेको हो ।

रैथाने बाली संरक्षण हुनुपर्छ भनेर
कतिपय किसानले सम्बन्धित निकायमा माग पनि गरेका छन् ।

“गाउँघरमा पहिले देखि नै लगाउँदै आएका बाली अहिले पाइनै छाड्यो, बजारमा विभिन्न थरिका नयाँ–नयाँ जातका वीउ आउँछन्, नयाँ वीउ खरिद गरेर लगाउने गरिएको छ, उन्नत जातको वीउबाट उत्पादन धेरै हुने भएकाले हिजोआज रैथाने बाली लगाउनै छाडियो” उनले बताइन् ।

पहिला थापाचिनी, आमझोत्ते, छोटे जातका धान लगाइन्थ्यो । यी जातका बाली लगाएर वर्ष दिनसम्म गुजारा चलाउन अप्ठ्यारो, धान लगाइसकेपछि विभिन्न समस्या देखापर्ने भएकाले गाउँघरमा सबै किसानले नयाँ जातका धान खेती गर्न थालेको पाइन्छ ।
उत्पादन धेरै लिन पाइने, पराल पर्ने भएकाले सात÷आठ वर्ष देखि नै उन्नत खालका धानको वीउ प्रयोग गर्दै आएको बताउछिन् एक्लेटार बस्ने बिमला ढुंगाना ।

उनी भन्छिन् “उन्नत बालीलाई जग्गा धेरै पनि चाहिएन, थोरै जग्गामा खेती गरेर धेरै उत्पादन स्याहार्न पाइन्छ, रैथाने बाली पाँच÷सात मुरी फल्ने जग्गामा उन्नत बाली ३०÷३५ मुरी फल्ने गर्दछ, दःुख गरेर खेती गरेपछि कमसेक उत्पादन पनि राम्रै हुनुप¥यो, अहिले पुराना वीउ लगाएर उब्जाउनै हुदैन” ।

उत्पादन नबढ्ने, फल लाग्ने बेलामा ढल्ने, पराल कम पर्ने भएकाले किसानले नयाँ प्रजातिका वीउ खोजी खोजी लगाउने गरेको पाइन्छ ।
महंगो मुल्यमा हाइब्रिड जातको वीउ खरिद गरेर खेती गर्ने बढेका छन् ।
अहिले जिल्लामा उन्नत जातका नयाँ नयाँ प्रजाति धानको वीउ आउन थालेपछि रैथाने जातका धान देखिन छाडिसकेको छ । जिल्लाबाट रैथाने प्रजातिका धान बिस्थापित हुँदै जाँदा नयाँ भनिएका विकासे धानका कारण विभिन्न खाले रोग प्रकोप समेत बढेको किसानको भनाई छ । हाइब्रिड धानको अतिक्रमणमा परेपछि रैथाने बाली लोप हुँदै गएका हुन् ।

किसानले साँवा मन्सुली, साबित्री, बहुगुडी २, सुनौलो सुगन्ध, युएस ३१२ लगायतका धान लगाउन थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय बताउछन् । उनी भन्छन् “रैथाने जातमा मेहनत अनुसारको उत्पादन नहुनु, बीउ पाउन मुस्किन पर्ने, रोग, किरा बढी लाग्ने लगायतका समस्याले किसानहरु रैथाने बाली छाडेर उन्नत जाततर्फ आकर्षित भएका छन्, पुरानो बाली त पाउन मुस्किल भइसक्यो” ।

खानका लागि मसिना, स्वादिलोका लागि अनदी, बर्मेली, झिनुवाँ जातका धान पहिला सबैका खेतमा अनिवार्यजसो लगाइन्थ्यो । तर हिजोआज भने यी जातका धान पाउन मुस्किल छ । जताततै उन्नत (हाइब्रिड) जातका धानको वीउ खेतबारीमा भरिन थालेका छन् ।
बजारमा उन्नत जातका धानका बीउ आउन थालेपछि रैथाने वीउ किसानले बिस्तारै लगाउन छाड्दै जादा अहिले लोप हुन पुगेको हो ।
रैथाने बाली संरक्षण हुनुपर्छ भनेर कतिपय किसानले सम्बन्धित निकायमा माग पनि गरेका छन् ।

धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसानको ध्यान छ । उत्पादनमा कमी, जनसंख्या बढ्दो, जग्गा घट्दो भएका कारण धेरै फल्ने जातको खोजीमा किसान छन् । रैथाने धानको लागि गाईभैसीको मल प्रयोग गर्ने र नयाँ जातको धान युरिया मलको भरमा उत्पादन हुने गरेको कृषक स्वयम् बताउँछन् ।

बास्नायुक्त र औषधीय गुण भएका धान छोड्दै उत्पादन बढी लिने सोचका साथ कृषक हाइब्रिड जातका धानमा लोभिने क्रम बढेका कारण पनि हाइब्रिडले रैथाने जातलाई विस्थापन गर्दै गएको हो ।

उन्नतको तुलनामा रैथाने बाली स्वास्थ्यको लागि धेरै राम्रो मानिएपनि त्यसको खेती गर्नै छाडिएको छ । रैथाने बालीमा पाइने प्रोट्रिन, कार्बोहाइडेट, आइरन, क्याल्सियम पाइने भएकाले पनि स्वास्थ्यका लागि सेवन गर्नु राम्रो मानिन्छ । धानको मात्र नभई अन्य खाद्यका रैथाने बालीहरु हिजोआज लोप भइरहेका छन् । पुरानो बाली संरक्षणका लागि सम्बन्धित निकायले बिशेष योजना ल्याउनुपर्ने हुन्छ ।

Previous Post

चैते धान त फल्यो, बजारको पो चिन्ता

Next Post

कृषि परियोजनाको आवधिक मुल्यांकन खाँचो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

कृषि परियोजनाको आवधिक मुल्यांकन खाँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • Bishnu prasad kohar on कृषिमा जैविक विविधता किन आवश्यक ?
  • Shant Raj Gautam (Natural Famer) on रैथानेबालीको संरक्षणमा कृषि समाजशास्त्रको भूमिका
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In