आरसी टाइम्स व्युरो
पोखरा, असोज ८,
सनातन हिन्दु संस्कृतिमा धराका महत्वपूर्ण वानस्पतिक उर्जाहरुलाई यज्ञ तथा धार्मिक संस्कारहरुमा उपयोग गर्ने प्रकृयामा छनौट गरिने यज्ञमा पातहरु( पल्लव) प्रयोग गर्ने र कतिपय विशिष्ट यज्ञहरुमा यी वनस्पतिहरुको काठ समिधा प्रयोग गर्ने प्रचलन छ । यस्तो भूमिकामा प्रयोग गर्ने पातहरुलाई पञ्च पल्लव र नव समिधा भनेर चिन्ने गरिन्छ । यज्ञमा प्रयोग हुने हरेक बनस्पतिहरुको पञ्चाङ्ग( जरा, बोक्रा, काठ, पात र फुल) प्रयोग गरि अग्नीहोत्र यज्ञमा प्रयोग हुने गरेको पाइन्छ । यस्ता विशिष्ठ पल्लवहरु नव ग्रहको साधना , उपासना र आयुर्वेदिक उपचारका लागि समेत उपयोगी हुने बनस्पतिहरु नै हुने गरेका छन् ।
पञ्चपल्लवहरुमा बर, पिपल, समी, आँप र डुम्री पर्दछन । स्थानगत भाषाका आधारमा यी नामहरु फरक फरकहुने गगेका छन् भने कतिपय स्थानहरुमा उपयुक्त वनस्पति नपाइएको अवस्थामा विकल्पको वनस्पति पनि उपयोगमा ल्याउने चलन छ । कतिपयले डुम्री नपाइएका अवस्थामा चाँप र पाखुरी पनि प्रयोग गरेको पाइन्छ । डुम्रीलाई शुक्र ग्रहको शान्ती र महालक्ष्मीको उपसानामा प्रयोग हुने मान्यता रहेको जलसंस्कृति विज्ञ कुलराज चालिसेले बताएका छन् ।
हालै कास्कीको अन्नपुर्ण गाउँपालिका पाउँदुर क्षेत्रमा रहेको शिलाजित कृषि पाठशालामा रहेको डुम्री वृक्ष विशेषको पहिचान र उपयोगीता बताउँदै पञ्चपल्लव डुम्रीको उपयोगीता बताएका छन् । नव ग्रह साधना र उपासनाका लागि प्रयोग हुने नवसमिधा बारेमा विस्तृत विवरणका लागि भिडियो लिंकमा हेर्नु होला ।