• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

परदेशबाट फर्केर कृषिमा रमाउने शालिकरामको प्रयास

आरसी टाइम्स by आरसी टाइम्स
२५ बैशाख २०८१, मंगलवार १७:५९
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
परदेशबाट फर्केर कृषिमा रमाउने शालिकरामको प्रयास
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

 

 गोपाल जीटी/आरसी टाइम्स
वालिङ्ग, 
नेपाली युवाहरुका लागि वैदेशिक रोजगारी आकर्षक गन्तव्य बनिरहेको छ । विगतका दिनदेखिकै प्रचलन हो, पैसा कमाउनका लागि विदेश जाने । पछिल्लो समयमा युवा विदेशिने क्रममा अझ वृद्धि आएको देखिन्छ । केहीले उतैको पि आर लिएर बसेका छन् त कोही फर्किएर गाउँ ठाउँमै व्यवसायी बनेका छन् । फर्किएकाहरु कोही सफल व्यवसायी बनेका छन् भने केही व्यवसायी बन्ने प्रयासमा छन् ।
यसैबीच स्याङ्जाको चापाकोटका शालिकराम आचार्य वैदेशिक रोजगारीबाट फर्केर व्यवसायी बन्ने प्रयासमा छन् । चापाकोट ८ छिपछापका आचार्य १७ वर्ष साउदी अरबको बसाईपछि फर्केर पशु तथा कृषि फर्म सञ्चालन गरेर कृषिलाई आधार बनाउने प्रयासमा छन् । आचार्यले २०७७ सालदेखि शुभारम्भ बहुवृद्धि कषि तथा पशु फर्म सञ्चालन गर्दै आएका छन्  । ४ वटा भैंसीबाट सुरु गरेका आचार्यको फर्ममा अहिले ५ वटा भैंसी र ५ वटा गाई गरी १० वटा छन्  । तिनै गाई भैंसीको रेखदेखसहित बिहानको समय बजारमा दूध लैजानु आचार्यको दैनिकी बनेको छ ।
४० देखि ५० लिटर दूध दैनिक विक्रि गर्दा खर्च कटाएर मासिक ४० हजार बचत हुने आचार्य बताउँछन्  । विदेशमा काम गर्दा मासिक कमाई जे जस्तो भएपनि दवावमा रहनुपर्छ, स्वतन्त्रता हुदैन  । यहाँ आफ्नो खुसीले गर्न सकिन्छ, मेहनत अनुसार आम्दानी पनि लिन सकिनेमा विश्वास लिएको छु  । त्यसैले कृषि कर्ममा लागेको हुँ, कमाई पनि राम्रै छ, आचार्यले भने लगानीको आधारमा आम्दानी राम्रै छ, घर खर्चसहित जीविकोपार्जन सजिलै चलेको छ  । ठूलो लगानीमा गर्ने हो भने कमाई पनि सोहि अनुसार लिन सकिने आफ्नो तीन वर्षे अनुभवले देखाएको आचार्य सुनाउँछन् ।
साढे दुई लिटरको पेय पदार्थलाई ३ सयमा किन्न धेरैजना तयार हुन्छन् जुन स्वस्थकर हुँदैन  । त्यो भन्दा सस्तो र स्वास्थ्यका हिसावले पनि फाइदै फाइदा गर्छ र पनि मानिसहरुले दुध किनेर खान हिच्किचाउछन्  । योसँगै बढ्दो आधुनिकताले निम्त्याएको विकृतिमा मानिसहरु आकर्षित हुने गरेको उनको भनाई छ ।
दुध उत्पादनमा भैसी पनि ठिकै छ तर गाईबाट छिटो र राम्रो आम्दानी लिन सकिने आचार्यको अनुभव भैसकेको छ  । दुध उत्पादनमा तुलनात्मकरुपमा भैंसीबाट भन्दा गाईबाट बढि फाइदा लिन सकिदो रहेछ उनले भने—एउटा गाईले व्याएको ४ महिनामा आफ्नो खर्च उठाउँछ भने त्यसपछि फाइदै फाइदा हुन्छ ।मेहेनती आचार्यले छोरालाई विदेश जानबाट भने रोक्न सकेनन्  । आचार्यका दुई छोरीको विवाहदान भैसकेको छ र छोरा कुवेत गएका छन्  । पहिला आँफूलाई घरको व्यवसायमा सहयोग गर्दै आएका छोराले वैदेशिक रोजगारीको पनि अनुभव गर्ने रहरमा कुवेत गएका आचार्य बताउछन्  । विदेशमा कत्तिको परिश्रम गर्नुपर्छ भन्ने अनुभव लिएपछि फर्केर छोराले यहीं मेहेनत गर्नलाग्नेमा उनी विश्वस्त छन् ।

Previous Post

पानी खोज्दै कृषकहरूद्वारा अखण्ड किर्तन , २४ घण्टामा वर्षा

Next Post

डल्ले च्याउ आयात रोक्ने रैथाने जुक्ति

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
डल्ले च्याउ आयात रोक्ने रैथाने जुक्ति

डल्ले च्याउ आयात रोक्ने रैथाने जुक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In