• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पर्यटन र जडिबुटीको भरमा चुमनुब्रीको जनजीविका

आरसी टाइम्स by आरसी टाइम्स
३१ आश्विन २०७९, सोमबार २२:२१
in के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, भिडियो, विकल्पको बाटो
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

रामचन्द्र बराल
सिर्दीबास, गोर्खाबाट फर्केर, ३१ असोज

चुमनुब्री क्षेत्रको भौगोलिक विकटताका कारण यहा खाद्यन्न उत्पादन न्युनताले गर्दा एक सीजनमा उत्पादन गरेको अन्नले परिवारका लागि ४ देखि ६ महिना मात्र खान पुग्ने अवस्था छ भने बाँकी महिनाका लागि तल्लो औल क्षेत्रका शहरी व्यापार सञ्जालको भरपर्नु पर्ने बाध्यता छ । खाद्यन्नको श्रोत भनौ वा जनजीवीकाको आधार भने कै पर्यटन र जडिबुटी व्यापारको आर्जनमा आधारित रहेको स्थानीय चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गूरुङ्गले जनाएकी छन् । पालिकाको तल्लो बस्ती खासगरि सिर्दीबास क्षेत्रमा केही खाद्यन्न जस्तो मकै, कोदो , आलु , तोरी, गहुँ, लहरे तरकारी, फापर, जौ उत्पादन भएपनि उत्तरी शिखर बस्ती सामागाउँ देखि चुम—छेकम्पारसम्म आलु, फापर र जौ—गहुँका उत्पादनमा सिमित हुनु परेको गूरुङ्गले बताइन् । तरकारी जन्य उत्पादन नहुँने र पर्यटकीय भान्साका लागि तल्लो शहरी बजार क्षेत्रबाट खाद्यन्नको ढुवानी गर्नु पर्ने बाध्यता छ ।

आरुघाट देखि धार्चेको माछाखोलासम्म हुने सबारी ढुवानीका सामानहरु घोडा खच्चरमा ढुवानी गर्दै माथील्ला बस्तीहरुमा लैजानु पर्ने यहाको पारवाहन सेवाको बाध्यता रहेको छ । चिनीया नाका छेकम्पारमा नियमित आयातको विकल्प बनाउने भन्नेबारेमा भूकम्प व्यवस्थापन ताका कुरा चले पनि कोरानाका बाहानामा यी सेवाहरु ठप्प रहेको छ । यद्यपी पूर्वी नाका छेकम्पारबाट आयात गरिएको सामान पश्चिमी शिखर बस्ती सामागाउँ पुर्याउँदा पनि उस्तै खच्चर ढुवानीका जटिलताहरु व्योहोर्नु पर्दछ । यहि समस्याले गर्दा यस क्षेत्रमा हवाइ ढुवानीको बाध्यता रहेको छ ।

पाहुनाको खाद्यन्नका लागि चामल , पीठो, अण्डा, मासु, पाउरोटी र मशलाहरु पारवाहनकै माध्यमबाट आउने भएकाले भौगोलिक विकटतासँगै पर्यटन बजारमा पर निर्भरता बढेको छ । झन हालै परेको लगातार चार दिनको झरीले सडकहरु पहिरोका कारण अवरुद्ध हुनाले र मौसममा प्रतिकुलता हुनाले सडक र हवाइ सम्पर्क टुटेको र होटलहरुमा पर्यटकीय चाप सँगै खाद्यन्न कमी हुन थालेको स्थानीय होटल संचालकहरुले जनाएका छन् ।

चुमचेत क्षेत्रमा घर भत्केर ३ जना घाइतेको हवाइ उद्धार गर्नु परेको , सामागाउँ क्षेत्रमा लार्के तथा मनास्लु आरोहण क्षेत्रमा जाने पर्यटकहरु ‘तल फर्कन पनि नसक्ने र माथी जान पनि नसक्ने’ अवस्थामा रहेको सूचना आइरहेको र उद्धारका लागि समन्वय तथा पहल भइरहेको छ । जलवायु परिवर्तनले मनसुनी बर्षाको पात्रो पनि वदलीए पछि पर्यटकीय व्यवस्थापनमा नयाँ जटीलताहरु थपिएका छन् ।

Previous Post

माझथुममा कृषि उपज संकलन केन्द्र

Next Post

किसानहरु अघि अघिः प्राविधिकहरु पछि पछि

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
किसानहरु अघि अघिः प्राविधिकहरु पछि पछि

किसानहरु अघि अघिः प्राविधिकहरु पछि पछि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In