• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पर्वतको खानेपानीमा कोलिफर्म भेटियो !

आरसी टाइम्स by आरसी टाइम्स
२ श्रावण २०७९, सोमबार १६:१४
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर
0
पर्वतको खानेपानीमा कोलिफर्म भेटियो !
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

लक्ष्मण बिसि,पर्वत , 

पर्वतका ७ वटै पालिकामा पिउने पानीका अधिकांश मुहानमा दिसामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ । गत फागुन र चैत महिनामा जिल्लाभरका पालिकामा गरिएको पानीको नमुना परिक्षणमा मानव स्वास्थ्यलाई हानी गर्ने कोलिफर्म उच्च मात्रामा भेटिएको हो । हालै पर्वतको कुश्मामा आयोजित सरोकारवालासँग खानेपानीको गुणस्तर सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वस्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले खानेपानीको अवस्थाबारे जानकारी दिदै जिल्लाका अधिकांश बासिन्दाले दुषित पानी पिउने गरेको बताए ।

 

स्वास्थ्य कार्यालय पर्वतका ल्याव टेक्निसियन मुना सापकोटाका अनुसार कुश्मा नगरपालिका भित्रका ३१ ठाउँमा जलस्रोतमा परिक्षण गर्दा ८० प्रतिशत, फलेवास नगरपालिका भित्र १४ ठाउँ गर्दा ७८ प्रतिशत,मोदी गाउँपालिकामा १५ ठाउँमा परिक्षण गर्दा ६६ प्रतिशत,महाशिलाका १३ ठाउँमा परिक्षण गर्दा ६१ प्रतिशत,पैयुँका १४ ठाउँको परिक्षण गर्दा ५७ प्रतिशत र बिहादीका १२ ठाउँमा परिक्षण गर्दा ७५ प्रतिशतमा कोलिफर्म फेला परेको छ । कोलिफर्मको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रूघाखोकी लगायत महामारीजन्य रोगको संक्रमण हुने खतरा बढेको उनले बताइन् । पर्वत अस्पतालका मेडिकल अधिकृत सुरज नेपालीले दुषित खानेपानीका कारण धेरै रोग लाग्ने भएकाले पानी शुद्धिकरण गरेर पिउनुपर्ने बताएका छन् । बार्खायाममा अझ बढी किटाणु भेटिने हुँदा पानी फिल्टर गरेर अथवा उमालेर मात्र पिउन आग्रह गरेका छन् ।

 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम वि.कले जनप्रतिनिधि भौतिक संरचना निर्माणमा होडबाजी गरेको तर जनताका आधारभुत आवश्यकतामा ख्याल नपु¥याएको बताए । बिकले खानेपानीबाट नै मानिसमा धेरै रोग लाग्ने भएकाले स्थानीय सरकारले गाउँगाउँमा खानेपानी शुद्धिकरण सम्बन्धी संचेतना कार्यक्रम संचालन गर्न जरुरी रहेको बताए । जिल्ला बासीलाई शुद्ध पानी खुवाउन पर्वतका सातै स्थानिय तह र सरोकारवाला निकायसँग समन्वयात्मक भुमिका खेल्ने प्रतिबद्धाता व्यक्त गरे ।

Previous Post

कृषि तथ्याङ्क अध्यावधिक गर्नै चुनौती

Next Post

तपाइलाई जोगाउने माटो जोगाउन तपाइले के गर्नु भो ?

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
तपाइलाई जोगाउने माटो जोगाउन तपाइले के गर्नु भो ?

तपाइलाई जोगाउने माटो जोगाउन तपाइले के गर्नु भो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In