आरसी टाइम्स व्युरो
पोखरा, पौष १६
सदैव पर्यटन र व्यापारको सम्भावनाको नारा फलाक्दै हिनेको गण्डकी प्रदेशले कोरोना महामारीको कहर पछि कृषि उत्पादन र कृषिको बजारिकरणका सम्भावनामा आफ्नो उपस्थिीतिमा समिक्षा गर्दै नयाँ क्रियाकलाप गर्ने प्रयास थालेको छ । कोरोना कहरका बेला कृषिलाई पनि अत्यावश्यक सेवाको चरित्रमा स्वीकार गर्न दवाव सुरुभएको गण्डकी प्रदेशले कृषि विकासका लागि कृषि अनुदान मात्र होइन कृषि प्रविधि र यन्त्रमा पनि सहज पहुँच विस्तार गर्न यो वर्ष किसानलाई प्रविधि प्रयोगमा तालिम लिएर सिपालु बनाउने अभियान चलाउँदा कृषि यन्त्र व्यवसायिहरुको सहभागीतामा प्रादेशिक कृषि यन्त्र मेला समेत आयोजना गर्ने मौका जुराएको छ ।
हरेक हिउँदमा रमीते मेला हुने पोखरामा यसपाली किसानका लागि मात्रै लक्षित गरेर कृषि मेसिनरी प्रदर्शनी आयोजना हुँदै छ । नीजी तथा सरकारी सहभागीतामा यहि पौष २०देखि २२ गते सम्म पोखरा नयाँबजारको प्रदर्शनीकेन्द्रमा आयोजना गरिएको कृषि विकास निर्देशनालय पोखराले जनाएको छ ।
किसानले कृषि यन्त्र किन्दा स्थानीय बजारमा उपलब्ध ब्राण्डमा मात्रै भर पर्नु पर्ने अवस्थालाई नामेट पार्दै सबै किसानलाई सबै कृषि यन्त्रको सहज बजार पहुँच र परामर्शको अवसर मिलोस भनेर नै सकेसम्मका कृषि यन्त्रका प्रविधि , तिनका व्यवसायि, तिनका विशेषताबारे किसानले अवलोकन, परामर्श र किनमेल गर्न पाउँन भन्ने ध्येयले किसानकै लागि मेला आयोजना गरिएको प्रादेशिक कृषि निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले जनाएका छन् । पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा पुस २० गते शुक्रबार देखि सुरु भएर आइतबार २२ गतेसम्म बिहान १० देखि अपान्ह ५ बजेसम्म मेला सञ्चालन हुने जनाइएको छ ।
पोखरामा संचालन हुन लागेको प्रादेशिक कृषि यन्त्र प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिका र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना समेतले पनि आयोजकको रूपमा सघाएका छन् । सरकारी निकाय र परियोजनासँगै राष्ट्रिय स्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) पनि यो पहिलो प्रादेशिक प्रदर्शनीमा आयोजकका रुपमा सहभागी बनेको नामियाका अध्यक्ष कृष्ण शर्माले बताएका छन् ।
कृषि सरकार र व्यवसायिक संस्थाको प्रतिष्ठाकै विषय बनेको प्रदर्शनीमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रीड) हरिहर भवन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप) हरिहर
भवन, नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआईपी) ललितपुर र राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरले पनि यस कार्यक्रममा सहयोगीका रूपमा सहकार्य गरेका छन् ।
प्रदर्शनीमा ५८ वटा स्टलहरू रहने जनाइएको छ । प्रदर्शनीकेन्द्रमा रहेको डोम घर भित्र ४० वटा स्टल रहने र बाहिर १८ स्टल रहने तयारी भएको नामीयाका सचिव गौरव श्रेष्ठले जनाएका छन् । भने करिब ५ करोड मुल््य बराबरको कारोबार हुने अनुमान गरिएको छ । कृषक, उद्यमी, व्यवसायी, कृषि विज्ञ, विद्यार्थी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकको छ ।
प्रदर्शनीमा निःशुल्क प्रवेश गर्न पाइने छ ।