• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पोखरामा भित्रिएका भेडा च्याङ्ग्राको स्वास्थ्य सन्तोष जनक

आरसी टाइम्स by आरसी टाइम्स
१४ आश्विन २०७९, शुक्रबार ११:१३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, पर्यटन, विकल्पको बाटो
0
पोखरामा भित्रिएका भेडा च्याङ्ग्राको स्वास्थ्य सन्तोष जनक
0
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

भरत रेग्मी,
पोखरा असोज १४

यस बर्षको बडा दशै नजिकिएसँगै पोखरामा भेडा च्याङ्ग्रा भित्रीने र किनबेच हुने क्रम बढ्दै गएको छ। भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कास्कीका पशु चिकित्शक अनन्त कोइराला, भरत रेग्मी र ढाकाराम पौडेल सहित प्राबिधिक टेलीले पोखरामा बिभिन्न ठाँउबाट भित्रिएका १३ वटा भेडारच्याङ्ग्राको बथानको अनुगमन तथा चेकजाच गरेका छन् । जसमा १२४२ वटा भेडारच्याङ्ग्राको रहेका र उक्त हर्डहरुको हेल्थ मनिटरीङ र भित्रन सक्ने सम्भावित रोगहरुको जोखिमलाई मध्यनजर गर्दै केही रोगि जस्ता देखिने भेडारच्याङ्ग्राको नमुना सँकलन गरिएको जनाइएको छ ।

गत बर्ष मुस्ताङबाट भेडा च्याङ्ग्रा धेरै आउने गरेकोमा यस बर्ष चाही उत्तरी नाका बन्द भएर मुस्ताङबाट भेडा च्याङ्ग्रा आईसकेको पाईएन भने केही चाहिँ आउदै गरेको भन्ने जानकारी प्राप्त भएको छ । उच्च हिमाली भेगमा चर्ने भएकाले पोखरामा भेडा च्याङ्ग्राको माग उच्च रहेको छ । उच्च हिमाली भेगमा चर्ने यस्ता भेडा च्याङ्ग्राको मासु स्वादिलो हुनुका साथै यिनिहरु चर्दा जडिबुटी खाने भएको हुँदा स्वास्थको हिसाबले पनि लाभदायक हुने उपभोक्तामा विश्वास रहीआएको छ।
चेकजाँचको क्रममा सबै भेडा च्याङ्ग्राहरुको सम्बन्धित जिल्लमै भेटेरीनरी डाक्टरले स्वास्थ्य परिक्षण गरी स्वास्थ्य प्रमाण पत्र जारि गरीएको पाईयो । त्यस्तै यिनिहरुलाई लाग्ने परजिविबिरुद्को ओषधि र पि पि आर रोग बिरुद्दको खोप पनि लगाईएको पाईएको पविधिक समूहले जनाएको छ।

लामो दुरीबाट यात्रा गरी ल्याईयको भएर होला यहाँ ५ वटा बिरामी जस्तो र उच्च ज्वरो भएको पाईयो भने १३ वटा traumatic injury भएको जनाइएको छ । गाडिमा चडाउँदा झार्दा लडेर चोटपटक लागेका र दुखाई अनुभव गरेका अक्त भेडा च्याङ्ग्राहरुलाई दुखाई कम हुने सुईहरु लगाईयो र बथानबाट छुट्टै राखेर आराम गराउन सुझाब दिईएको जनाइउको छ।पशु चिकित्सक अनन्त कोइराका अनुसार बिरामी जस्ता देखिनेको २० वटाको नमुना लिईएको र प्रयोगशालमा परिक्षण पश्चात उक्त नतिजा थाहा हुने कुरा जानकारी गराएका छन् । ।

भेडा च्याङ्ग्रा १५ देखि ६० के जि सम्म जिउँदो तौल भएको भेटीयो भने बजार मुल्य २० देखि ५६ हजार सम्म पाईएको छ । च्याङ्ग्राको तुलनामा भेडा सस्तो पाईयो। सोही तौलको भेडाको बजार मुल्य ११ देखि ४८ हजार पाईयो । पशु चिकित्सक कोइरलका अनुसार हाल उत्तरी नाका बन्द रहेको र मुस्ताङको भेडा च्याङ्ग्रा पनि पोखराको बजारमा आईनपुगेको हुँदा बजार मुल्य पोहोरको तुलनामा केहि बढि छ तर बजारमा आईपुगेका अधिकाँङ्श भेडा च्याङ्ग्रा स्वस्थकार रहेको हुँदा ढुक्क साथ उपभोग गर्न सकिने जनाएका छन् । ।

 

Previous Post

दशैंको विशिष्टता निर्माणमा कसको योगदान कति ?

Next Post

स्वस्थकर मासु खाऔं, जीवन स्वस्थ बनाऔं

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
स्वस्थकर मासु खाऔं, जीवन स्वस्थ बनाऔं

स्वस्थकर मासु खाऔं, जीवन स्वस्थ बनाऔं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In