• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

बाख्रापालन व्यवसाय प्रवद्र्धनमा जोड

आरसी टाइम्स by आरसी टाइम्स
१५ असार २०७९, बुधबार २३:४५
in कृषि बजार, के भैइरहेछ, विकल्पको बाटो
0
बाख्रापालन व्यवसाय प्रवद्र्धनमा जोड
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

गोपाल जिटी/आरसी टाइम्स
वालिङ्ग, आषाढ १३
स्याङ्जाको वालिङ नगरपालिकामा बाख्रापालन व्यवसायलाई प्रवद्र्धनात्मक क्रियाकलाप माग गर्दै व्यवसायीहरुले माग गरेका छन्  । गत शनिबार वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरस्तरीय बाख्रापालन महासंघले व्यवसाय प्रवद्र्धनमा टेवा पुगोस भन्ने हेतुले नगरप्रमुख कृष्ण खाँडलाई मागपत्र पेश गरेका छन्  ।

महासंघका अध्यक्ष अर्जुन पङ्गेनीको अगुवाइमा पेश गरिएको मागपत्रमा नियमित खोप सेवा, आन्तरिक परजीवि विरुद्ध औषधी उपचार सेवा, कृत्रिम गर्भाधान निशुल्क सेवा र प्रभावकारी रुपमा सञ्चालनको व्यवस्था गराउन उल्लेख गरिएकोे छ  । यसैगरी कम्तिमा प्रत्येक वडामा बाख्रा तथा कृषि संकलन केन्द्र स्थापना गर्ने, पशु बीमा निःशुल्क हुनुपर्ने र व्यावसायिक फर्महरुको वर्गीकरण गरी प्रजननका लागि बीउ र कृषि फर्म तथा मासु उत्पादन फर्मको रुपमा सूचिकृत गरिनुपर्ने माग गरिएको छ  । नगरस्तरीय बाख्रा व्यावसायी महासंघको प्रतिनिधि समेतको पशु विकास कार्यदल मार्फत अनुदान कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, फर्महरुमा दक्ष प्राविधिकबाट मासिकरुपमा अनुगमन गरी सुझाव दिनुपर्ने माग पत्रमा उल्लेख छ ।

नगरभित्र अनुमति बिना बाहिरबाट बाख्रा ल्याउन नदिने र नगरभित्र कृषि एम्वुलेन्सको व्यवस्था गरिनुपर्ने पनि किसानहरुले माग गरेका छन् । चर्को व्याजबाट व्यावसायीहरु धरासायी भैरहेकाले व्यावसायीलाई परियोजनाका आधारमा सहुलियत ऋण प्रदान गर्न नगरपालिकाबाट व्याज अनुदान कार्यक्रम सञ्चालन गरिनुपर्ने, बीउ पूँजीकोरुपमा व्यवसायीहरुलाई सस्तो व्याजदरमा बीउ पूँजी कोष मार्फत ऋण उपलव्ध गराउन समेत किसानहरुको मागपत्रमा समेटिएको छ  ।

मागपत्र बुझ्दै नगर प्रमुख खाँडले कृषकहरुका मागका आधारमा कार्यक्रम अगाडि बढाउने प्रतिवद्धता जानाएका छन्  । यस पटकको वार्षिक बजेटमा कृषिक्षेत्रको प्रवद्र्धनका लागि प्राथमिकता दिएको जानकारी गराउँदै नगर प्रमुख खाँडले बाख्रापालन लगायतका कृषि कर्मले स्वरोजगारी सिर्जना हुने बताए  । उनले आँफूपनि कृषि पेशा गर्दै आएको भन्दै व्यावसायिक कृषकको समस्याका बारे राम्रो हेक्का भएको उल्लेख गरे  । यसका साथै नगर प्रमुख खाँडले कृषि व्यावसायको प्रवद्र्धनका लागि नगरपालिका सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे  ।

व्यवसायीका हकहितमा काम गर्ने उद्देश्यले बाख्रापालक कृषकहरुको छाता संगठन नगरस्तरीय बाख्रापालन महासंघ गठन गरी संगठितरुपमा अगाडि बढाइएको अध्यक्ष पङ्गेनीले बताए  । १४ वडा रहेको रहेको वालिङ नगर क्षेत्रमा झण्डै ३ हजार बाख्रा रहेको महासंघका सचिव रुक्मागत ढकालले जानकारी गराए ।

Previous Post

पूम्दीमा कृषि संकलन केन्द्र सूरु

Next Post

रैथाने बालीको परिकार विविधिकरण गर्न जोड

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
रैथाने बालीको परिकार विविधिकरण गर्न जोड

रैथाने बालीको परिकार विविधिकरण गर्न जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In