• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मनाङ्गमा पशु प्रजनन सेवाको स्थलगत शिविर : ‘पशुधन सुरक्षाका लागि सन्तुलित आहारको खाँचो’

आरसी टाइम्स by आरसी टाइम्स
१८ बैशाख २०८०, सोमबार २३:५९
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
मनाङ्गमा पशु प्रजनन सेवाको स्थलगत शिविर : ‘पशुधन सुरक्षाका लागि सन्तुलित आहारको खाँचो’
0
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
मनाङ्ग, बैशाख १८
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पशु प्रजनन केन्द्र पोखराको सहकार्यमा हालै सम्पन्न गरेको पशु प्रजनन श्वास्थ्य शिविरमा तीन पालिकाका ६१ घरपरिवारका घरगोठमा स्थलगत सेवा टेवा दिएको जनाएको छ ।
हालैको हप्तामा विज्ञ सेवा सहितको पशु स्वास्थ्य तथा वांझोपन निवारण शिविर बाट मनाङ्गका नासों, चामे, र मनाङ ङिस्याङ गाउपालिकाका किसानहरुले लाभ लिएको मनाङ्ग भेटेरीनरी कार्यालय प्रमुख नारायण कुसुमले जनाएका छन् ।
जिल्ला भेटेरिनरी अस्पतालको आयोजना र राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराको प्राविधिक सहयोग तथा स्थानीय तहहरुको समन्वयमा शिविर सन्चालन भएको भेटेरीनरी कार्यालय प्रमुख कुसुमले जनाएका छन् ।
शिविरका लागि आयोजित समारोहमा नासों गाउपालिकाका उपाध्यक्ष वेदवहादुर गुरुङ, मनाङ जिल्ला समन्वय प्रमुख चिन घले र राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख जगदिश पाण्डेयले सम्बोधन गरेका थिए ।


सम्बोधनका क्रममा असल र अर्थपूर्ण पशुपालनमा पांच खम्वे नीति जस्तो पशु आहारा, पशु प्रजनन, पशु स्वास्थ्य, पशु ब्यवस्थापन र उत्पादित वस्तुको यथेस्ट बजारलाई विशेष मध्यनजर राखिनु पर्ने राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख पाण्डेयले बताए ।
आज भन्दा ५० वर्ष अघि नेपालमा २ लाखको हाराहारीमा याक चौंरीपालन भएकोमा अहिले आएर यसको संख्या निराशाजनक तरिकाले घटिरहेकोले हिमाली भेगमा याकचौंरी, भ्याङलुङ भेडापालनलाई राज्यका तर्फवाट विशेषखालको सहजीकरण हुनु पर्ने नासो गाउपालिकाका उपाध्यक्ष वेद वहादुर गुरुङले जोड दिए ।
मनाङ जस्तो दुर्गम हिमाली जिल्लामा विशेषज्ञ सेवा सहितको पशु स्वास्थ्य तथा वांझोपन निवारण शिविर स्थलगत रुपमा घर घरमा गएर सेवा टेवा दिएकोमा जिल्ला समन्वय प्रमुख चीन घलेले विशेष धन्यवाद दिएका छन् ।
तीन दिवसीय शिविरमा नासोको ताचै, तिल्चे ओडार र दानाक्यूमा घरदैलोमा पुगि १२ गाइहरुको वांझोपन संवन्धी विशेषज्ञ पशुचिकित्सकहरुद्वारा परिक्षण गरि उपचार गरिएको जनाइएको छ ।
किसानहरुलाई निकट भविष्यमा आफना पशुधन कुन कुन समय तालिकामा कसरी उपचार गर्ने भन्नेवारेमा पनि
परामर्श दिइएको थियो ।
बाह्र गाइहरुको परीक्षण गर्दा फ्लासिड पाठेघर, परसिस्टेण्ट कर्पस लिउटियम वाहेक कुनै पनि पाठेघर संवन्धी संक्रमण नभएको र सवै गाइहरुमा सन्तुलित आहाराको कमिको कारण पशु समयमा वाली जान नसकेको पशुस्वास्थ्य विज्ञ खगेन्द्र सापकोटाले जनाएका छन् ।
तेसै गरि चामे गाउँपालिकामा ५ वटा गाइहरुको परिक्षण गरिएकोमा कुनै पनि पाठेघर संवन्धी संक्रमण नभएको र सन्तुलित पशु आहाराको कमीले पशु समयमा सांढे नखोज्ने समस्या भएको पाइएको छ ।
मनाङ ङिस्याङ गाउपालिकामा पशु प्रजनन संवन्धी उपचारको लागि कृषकहरुको माग अनुसार लुलु गाइ र चौंरीहरुमा प्रजनन सुधारको लागि औषधि वितरण गरिएको छ ।
तीनवटै गाउपालिकामा कुल १७ जर्र्सी र होलष्टिन गाइहरुमा घरगोठमा पुगि सेवा प्रवाह भएको, ३७९ पशु पन्छीहरुको उपचार गरिएको र २५ ओटा पशुको स्थलगत रुपमा गोवर परीक्षण भएको भेटेरिनरी अस्पतालका प्रमुख नारायण कुसुमले बताएका छन् । वांझोपन संवन्धी समस्यालाई निराणकरण र न्यूनिकरण गर्न दिइएको समय तालिका अनुसार कार्यान्वयन गरिने समेत अस्पतालका प्रमुख कुसुमले प्रतिवद्दता जनाएका छन् ।

Previous Post

‘घरपालुवासँगै वन्यजन्तुको एकिकृत स्वास्थ्यसेवा खाँचो’

Next Post

गण्डकी पहाडमा काष्ठफल आयोजना

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गण्डकी पहाडमा काष्ठफल आयोजना

गण्डकी पहाडमा काष्ठफल आयोजना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In