• Aarsee Times
Sunday, May 11, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

महामारी रूपमा फैलियो गीर्खे रोग

हिमाली जिल्लासमेत प्रभावित

आरसी टाइम्स by आरसी टाइम्स
११ असार २०८०, सोमबार ०९:०७
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
‘लम्पी स्किन’ महामारी बढदो क्रममा
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

 आरसी टाइम्स व्युरो
पोखरा, असार ११
पशुजन्य उत्पादनमा आत्म निर्भर बनाउने दावी गर्दै आएको गण्डकी प्रदेशमा छालामा गीर्खे रोग ( लम्पी स्कीन) फैलिएर पशु पालन गरिरहेका किसानहरुमा कोलाहल मच्चिएको छ  । प्रदेशका ११ जिल्ला मध्ये मनाङ्गमा मात्रै लक्षण नदेखिएको र मुस्ताङ्ग जस्तो हिमाली जिल्लामा पनि रोग देखिएको प्रदेश पशुविकास निर्देशक मनबहादुर पुनले जनाएका छन्  । पशु रोग अन्वेषण प्रयोगशालाका पोखराका प्रमुख केदारराज पाण्डेका अनुसार विगत ३ वर्षमा यो रोगको विस्तार बढदो रुपमा रहेको छ  । तीन वर्ष पहिले आर्थिक वर्ष २०७७÷०७८ मा ६ जिल्लामा देखिएको र दोस्रो वर्षमा ३ जिल्लामा संकुचन भएको भएपनि तेस्रो वर्षमा १० जिल्लामा संक्रमण फैलिएको प्रयोगशाला प्रमुख पाण्डेले जनाएका छन्  ।

रोपाइगर्ने बेलाका गोरु विरामी परेर पनि किसानलाई मर्का परेको छ भने दुधालु चौपायामा रोग फैलिएकाले दुग्ध उतपादन प्रभावित भएको निर्देशक पुनले जनाएका छन्  । निर्देशक पुनका अनुसार पशु मृत्युदर कम भएपनि उत्पादनमा गिरावट आउने र दुग्ध उत्पादन खस्कने अवस्था आउनसक्ने अनुमान गरिएको छ  । आर्थिक वर्षको अन्तीम अवस्थामा बजेट सकिएको अवस्थाले उपचार प्रभावित भएको र रकमान्तर गरेर भएपनि पालिकाहरुले खोप तथा उपचार शिविर संचालन गरेको पुनको दावी छ  । महामारी रोग नियन्त्रण कार्यक्रमबाट उपचारात्मक प्रयास थालिएको र आगामी वर्षमा पुर्ण खोप अभियानमा यो रोगको खोपलाई पनि समेटने तयारीमा प्रदेश निर्देशनालयले गृहकार्य थालेको निर्देशक पुनले जनाएका छन्  ।
गीर्खे रोगबाट पोखरा महानगरका सबै ३३ वडामा संक्रमण देखिएको छ । आइतबार सम्मको सूचना अनुसार पोखरामा ६६४१ चौपाया संक्रमित तथा विरामी रहेका र १७२ चौपाया मृत्यु भएको तथा मृत्यु हुनेमा गाइ बढी रहेको महानगर पशुसेवा प्रमुख नवराज अधिकारीले जनाएका छन्  ।

पोखरामा गत महिनामा संक्रमण दर उकालीदै गएको २ महिनामा ६६४१ चौपाया विमारी भएकामा १७२ मृत्यृ भएको जनाइएको छ  । ३९ हजार चौपाया रहेकोमा महानगरले ४५०० मात्र खोपको दायारामा लिन सकेको र सबैलाई खोप लगाउने हैसीयत नभएको अधिकारीले जनाएका छन्  । निजीरुपमा पनि करिव २ हजारमा खोप लगाइएको आँकडा रहेको पनि अधिकारीले जनाएका छन्  । महानगरले ठुलोसंख्यामा खोप खरिद गर्दा टेण्डर प्रकृयामा जानु पर्ने र तत्कालको संकटमा ढिलाइ हुने अवस्थाले खोपको सिमा हुन पुगेको, उपचारात्मक शिविरहरु सक्रिय पारिएको पनि अधिकारीले दावी गरेका छन्  ।

कास्की जिल्लाका सबै पालिकाहरु यसबाट प्रभावित छन  । पशुसेवा विज्ञकेन्द्र प्रमुख शम्भू पाण्डेका अनुसार कास्कीमा ८१३५ चौपायामा संक्रमण देखिएकोमा २११ को मृत्यु भएको छ  । कतिपय अवस्थामा रोगका लक्षणहरुका आधारमा गरिएको उपचारले रोग नियन्त्रणमा आएको तथा लामोसमय उपचार निगरानीमा राखेर हेर्नुपर्ने पाण्डेले जनाएका छन्  ।

कतिपय अवस्थामा संक्रमित पशुमा उत्पादन घटने र बाँझोपन हुने कुरा सुनिएपनि यसको प्रभावकारी अध्यययन नभइसकेको अवस्थामा कुनै अनुमान गर्नु उपयुक्त नहुने पाण्डेले जनाएका छन्  ।
प्रादेशिक रुपमा स्थानीय सरकार र प्रदेश सरकारका बीचमा समन्वय र सूचना लेलदेनको प्रणाली कमजोर रहेकाले प्रादेशिक रुपमा पालिकागत प्रभाव र संक्रमणका सूचना एकिकरण गर्न नसकिएकाले क्षतिको आँकडा निश्चित हुन बाँकी छ  । पशु चिकित्शकहरुले जैविक सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरेका छन्  । भुसुना माखा र लामखुट्टेबाट सर्ने यो रोग नियन्त्रणगर्न प्रदेश सरकारलाई चुनौति देखिएको छ  ।

Previous Post

शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र

Next Post

जल संकट व्यवस्थापन गर्न विकास मोडलको समिक्षा जरुरी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
चोेखोपानीको आस्था अक्षतामा रुपान्तरण गर्ने जुक्ति

जल संकट व्यवस्थापन गर्न विकास मोडलको समिक्षा जरुरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In