• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Tuesday, May 26, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

माटोको सम्वेदना सुन्न आव्हान

आरसी टाइम्स by आरसी टाइम्स
२४ मंसिर २०८१, सोमबार २२:५३
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
माटोको सम्वेदना सुन्न आव्हान
0
SHARES
39
VIEWS
Share on FacebookShare on Twitter

 

आरसी टाइम्स व्युरो
पोखरा, मंसीर २४
कृषि विकासका लागि आधारभुत उपायकारुपमा रहेको माटो संरक्षणका लागि विश्वव्यापी अभियान चलाएदै आइएको वर्षगाँठका अवसरमा पोखरामा पनि माटो दिवस मनाइएको छ  । माटो तथा मल परिक्षण कार्यालय पोखराको आयोजनामा मनाइएको माटो दिवसमा निवन्ध प्रतियोगिता, प्रभात फेरी (परिक्रमा) र पुस्कार समारोह आयोजना गरिएको छ  ।
कृषि विकासका विभिन्न आयामहरुमा माटोको सम्बन्ध अन्योन्याश्रित मानिन्छ  । खानाको जोहो गर्ने अन्नका लागि माटो, अझ उब्जाउपूर्ण मलिलो र अविषाक्त माटो, पशु पालनका लागि पनि शुद्ध आहारा र चरन श्रोतका लागि माटो, मानिसको आहारा र आरोग्यताका श्रोतका लागि माटो, उन्नत वनस्पतिका लागि अनुकुलन गर्नका लागि माटो , स्वस्थ वायु र उर्जा व्यवस्थापनका लागि माटो, पृथ्वीको दिगो संरक्षणका लागि पनि माटो , यसरी एकै विश्वमा जोडिएका हरेक सृजनाहरुका लागि एउटै स्वास्थ्य र एउटै माटो जरुरी भएको अवस्थामा माटो प्रतिको सम्बेदना सुन्नका लागि आग्रह गरिएको छ  । समारोमा सम्बोधन गर्दै गण्डकी प्रदेशका कृषि सचिव टंक प्रसाद प्रसाइले बदलिँदो जलवायु अनुकुलनकालागि माटो जोगाउन सबैको साझा योगदानको खाँचो औल्याए  ।
। एक चिम्टी माटो बन्न हजार वर्षभन्दा बढी लाग्ने र माटोको क्षयिकरण रोक्न बोट बिरुवा हुर्काउने र कम्पोष्ट प्रयोग बढाउनु पर्नेमा कृषि सचिव प्रसाइले जोड दिए  । माटो जोगाउने प्रकृयामा प्राङ्गारिक उन्मुख खेति प्रणालीको विशिष्ट महत्व हुने चर्चा गर्दै एकिकृत खाद्य तत्व व्यवस्थापन श्रोत संस्थाका प्रतिनिधि तथा श्रोत व्यत्ति मुक्तिनाथ अधिकारीले दिगो माटो व्यवस्थापनमा रासायनिक मल र विषादीको प्रयोगले नोक्सानी बढेको चिन्ता प्रकट गरे  । शहरीकरणले गर्दा उर्बर फाँटहरुमा बस्ति बढ्ने र गाउँका खेती योग्य जमीन बाँझो रहने मात्रा बढेकोले चुनौती बढदै गएको अधिकारीले ध्यानाकर्षण गराए  ।
माटो संरक्षणका अभियान र कार्यक्रमहरुलाई प्रादेशिक कृषि विकास निर्देनालयले कार्यक्रम र बजेट प्रबाहमा सकारात्मक रुपमा लिने गरेको र माटो जोगाउने पहललाई जोड दिने निर्देशनालयका निमित्त प्रमुख बालकृष्ण अधिकारीले प्रतिवद्धता जनाए  । नयाँ पुस्तालाई आवधिक माटोको मुल्य पहिचान गराउन विद्यालय तहमा माटो पढाउन जरुरी रहेको अधिकारीले जोड दिए  । डिजीटल माटो परिक्षण यन्त्रको उपयोग गर्दै शुभारम्भ गरिएको समारोहमा माटोको महत्व सम्बन्धमा गरिएको विद्यालय स्तरीय निवन्ध प्रतियोगिताका विजयीहरुलाई पुरस्कृत गरिएको छ  । निवन्ध प्रतियोगितामा अमरसिंहका प्राञ्जल पौडेल, अन्नपूर्णका बिमल विश्वकर्मा, पोखरा चिसाखोला वेद विद्याश्रमका अपील अधिकारी र विन्धेश्वरीकी सोनीया अधिकारी क्रमशः प्रथम देखि चौथा भएका छन्  । निवन्धमा छनौट भएका प्रतियोगीलाई माटो परिक्षण कार्यालयका प्रमुख सुनिल पाण्डे र प्रादेशिक कृषि सचिव टंकप्रसाद प्रसाइले नगद सहित पुरस्कृत गरेका छन्  । उत्कृष्ठ निवन्ध लेखनमा विजयी प्राञ्जल पौडेलले समारोहमा आप्mनो रचना पाठ गरेका थिए  ।

Previous Post

 विहादीले कृषि विकासका लागि भूमी बैंक र कृषक पाठशाला परिचालन गर्ने 

Next Post

शुलीकोटमा सतुवा खेती गर्दै आत्म बहादुर

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
शुलीकोटमा सतुवा खेती गर्दै आत्म बहादुर

शुलीकोटमा सतुवा खेती गर्दै आत्म बहादुर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.