• Aarsee Times
Sunday, June 22, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मुक्तिनाथ कृषिद्वारा नेतृत्व र लेखा व्यवस्थापन प्रशिक्षण

आरसी टाइम्स by आरसी टाइम्स
४ मंसिर २०८०, सोमबार १८:५९
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
मुक्तिनाथ कृषिद्वारा नेतृत्व र लेखा व्यवस्थापन प्रशिक्षण
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स
पोखरा,मंसीर ४
मुक्तिनाथ कृषिद्वारा नेतृत्व र लेखा व्यवस्थापन प्रशिक्षण संचालन गरिएको छ । लघुवित्तका माध्यमबाट स्थानीय उद्यमशीलता विकासमा अगुवाइ गर्दै आएको मुक्तिनाथ विकासबैकले प्रवद्र्धन गरेको मुक्तिनाथ कृषि कम्पनीले प्रादेशिक सहकारीहरुलाई नेतृत्व र लेखा व्यवस्थापन सिप सिकाएको छ  ।

कृषि अर्थतन्त्रलाई संस्थागत रुपमा विकास गरि उत्पादन देखि उपभोक्ता सम्म जोडदैे देशको कृषि अर्थतन्त्रलाई सवल बनाउने अवधारणामा संचालित मुक्तिनाथ कृषि कम्पनीद्वारा तथा मुक्तिनाथ विकास बैंकको सहकार्यमा गण्डकी प्रदेशका विभिन्न सहकारीहरूलाई तिन दिने नेतृत्व विकास तथा लेखा व्यवस्थापन प्रशिक्षक प्रशिक्षण तलिम संचालन गरेको जनाएको छ गत कार्तिक २० देखि २२ गते सम्म संचालन गरिएको प्रशिक्षणमा गण्डकी प्रदेशका १७ सहकारी संस्थाहरु मध्ये कास्कीबाट ७, स्याङ्गजाबाट ५, गोरखाबाट २, नवलपुरबाट १ र तनहुँबाट २ वटा गरी जम्मा ५२ जनाले प्रशिक्षण लिएको जनाइएको छ  ।

प्रशिक्षणमा सहकारीको नेत्तृत्व र नैतिकता, संचार र संचार प्रणाली, लेखा व्यवस्थापन के र कसरी, सहकारीमा ४ खाता, प्रतिवेदन तथा रिर्पोट लेखन, लेखापरिक्षण , आन्तरिक लेखा सुपरिवेक्षण र कैफियत व्यवस्थापन बारे सहजीकरण गरिएको जनाइएको छ  ।

सहकारीहरु कृषि श्रोत केन्द्र कसरी बन्न सक्दछन् , कृषि श्रोत केन्द्र बनिसकेपछि हुने फाइदाहरु, सहकारीहरु किन र कसरी उत्पादन र उत्पादकत्व वृद्धिसंग जोडिन सक्दछन् र जोडिनु आवश्यक छ भन्ने बारेमा सहजीकरण गरिएको जनाइएको छ  । यसका साथै कृषिको अर्थतन्त्रलाई संस्थागत रुपमा वित्तिय लगानीको आवश्यकता, व्यवस्थापन र जोखिमभारको सन्तुलन कसरी र किन आवश्यक छ भन्ने बारेमा पनि सहजिकरण गरिएको जनाइएको छ  ।

प्रशिक्षणमा संस्थागत ऋण कसरी प्रवाह गर्ने र किसान माझ कसरी पुर्याउने भन्ने बारेमा पनि सहजिकरण गरिएको छ  । प्रशिक्षणका क्रममा कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत कृषि मूल्य श्रृङ्खलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्न सहकारीमा आधारित कृषि श्रोत केन्द्रबाट कसरी कार्यहरु गर्दैछ, इन्टरनेटको पहुँचमा रहेका कृषकहरुका लागि मुक्तिनाथ कृषि एपका फाइदाहरु, इन्टरनेटको पहुँचमा नरहेका कृषकहरुको लागि पैसा नलाग्ने मुक्तिनाथ कल सेन्टरद्वारा प्रदान गरिने सेवाहरु र कृषिसम्बन्धि बस्तु तथा सेवाहरुलाई मुक्तिनाथ कृषिले कसरी काम गर्दै आइरहेको छ भन्ने बारेमा मुक्तिनाथ कृषि कम्पनीका गण्डकी प्रदेश प्रमुख भूमि राज भण्डारी सहजिकरण गरेका थिए  ।

Previous Post

पोखरामा पुष्प प्रदर्शनी मेला, बाहीरी र नक्कली फुल आयातमा रोक्का

Next Post

कृषिका माध्यमबाट समृद्धिका लागि  जिविका जुक्तिहरुमा विविधीकरणको खाँचो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
जैविक विविधतामा पूजीकृत भएको कृषि

कृषिका माध्यमबाट समृद्धिका लागि  जिविका जुक्तिहरुमा विविधीकरणको खाँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In