पोखरा, आषाढ २३
केही वर्ष पहिले नेपालबाट विश्व वजारमा पहुँच भएको र वैदेशिक मुद्रा आर्जनको मौका बनेको भन्दै वाणिज्य मन्त्रालयले कफी उत्पादन र बजारीकरणमा जोडदिने गरि कार्यक्रम बनाउन कफी उत्पादक तथा प्रसोधन कर्ता र व्यापारी समुहलाई उक्साउने गरि प्रचार थाल्यो ।
सोही मौकामा विश्ववैकको ऋण लगानीमा व्यवसायिक कृषि तथा व्यापार आयोजना र त्यसको विश्राम पछि युरोपीयन युनीयनले समेत कफी विकास परियोजनाका रुपमा व्युटीफुल कफी परियोजना सञ्चालनमा ल्याएर कफी उत्पादनमा समूह निर्माणका अभियानलाई सहकारी मुलक परियोजनामा रुपान्तरण गर्न सहजीकरण गर्न थाल्यो । कफी किसानहरुले कफीउत्पादन र प्रसोधनका लागि अभियान मुलक कृयाकलाप नै संचलन गरे । तर आन्तरिक रुपमा सेतो गवारो किराले हैरानी पारेर बोट सुक्ने समस्यासँगै जुधिरहेका किसानलाई कफीमा अर्को सिंन्दुरे रोग फैलिएर नोक्सानको आकार बढाउन थाल्यो भने जलबायु परिवर्तनका बदलिँदा स्वरुपहरुमा शित लहर( कोल्ड वेव) जस्तो नयाँ पारिस्थितिक समस्या आएर कफी वेर्ना सुक्ने र उत्पादनमा ह्रास आउन थालेपछि कफी किसानहरु निरुत्साहित हुन पुगे ।
यसैक्रममा कोरोना कहर पछिको आर्थिक मन्दीले नेपाली युवाहरुको वैदेशिक रोजगारीमा जाने चाप बढेर गाउँमा सामान्य कफी संकलन र प्रसोधनको जनशक्ति नै न्युन हुन थाले पछि मानवीय श्रममा निर्भर रहेको नेपाली कफी उत्पादन प्रकृया सिथील हुन थाल्यो भने कफी उपभोक्ताको माग पुरागर्न शहरी क्षेत्रमा विस्स्तार भएका कफीका क्याफे र बारीष्टा केन्द्रहरु भारतीय उत्पादनका कफी बेचेर कारोबार चलाउने अवस्थामा पुगेका छन् ।
यहि कारण नेपालबाट जति मात्रामा कफी विदेशीएको थियो , त्यो भन्दा बढी मात्रामा बिदेशबाट कफी नेपाल भित्रिएको र कफीमा व्यापार घाटा बढ्न थालेको कफी क्षेत्रका जानकारहरुले बताउन थालेका छन् ।
नेपालमा चिया र कफी खेतिको विकासका लागि संचालनमा रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रिय कार्यालय पोखराले मुर्झाउन लागेको कफी जगाउन युवासँगै कफी विकास क्रियाकलापका सम्भावनाहरुका बारेमा सम्बाद सूरु गरेको छ ।
हालै पोखराको चिया—कफी कार्यालयमा आयोजना गरिएको कफीसँगै युवा सम्बादका अवसरमा युवाहरुका प्रतिनिधि नवराज पोखरेल र कफी प्राविधिक नगेन्द्र सुवेदीले धरातलीय अवस्था र चुनौतिका बारेमा छलफल चलाए । पोखरा क्षेत्रमा कफी उत्पादन र वारिष्टा तथा क्याफे संचालन गर्दै आइरहेका युवा उद्यमीहरुको सहभागीतामा भएको सम्वादमा कफीमा पनि व्यापार घाटाको कारोबार बढन थालेको , बजार माग र खपत बडदो, मागका कारण बैदेशिक आपुर्ति पनि बड्दो, तर रैथाने उत्पादन कम हुँदै गएको बारेमा युवाहरुले समिक्षा गरे ।
उच्च धरातलीय पारिस्थीतिक अवस्थाका स्वादीला कफीहरु नेपालको पहिचान भएपनि तल्लो धरातलीय उत्पादनका भारतीय कफीहरुले बजार ओगटेकोले बाहिरी देशमा राम्रो बजार मूल््य पाएको जात नेपालमा नै उत्पादन र बजारिकरणमा ल्याउँदा कसो होला भन्दै उद्यमीहरुले जिज्ञाशा बढाएका छन् ।
यो मामीलामा सरकारको बिउ विजन नियमावलीले सम्बोधन गर्नु पर्ने र नयाँ नियमावली आउने तयारी भइरहेकाले सूचिकरण र सिफारिस गरिउका कफीका जातमात्र रोप्नु प्रादेशिक कृषि मन्त्रालयका प्राविधिकहरुले सुझाएका छन् । कफी खेतिमा लाग्न थालेका युवाहरलाई माटो, बुटो, नर्सरी,चेरि, पार्चमेन्ट, क्याफे,वारिष्टा विमा उपचार परियोजना विकास र स्थानीय सरकारको सहभागिताका सम्बन्धमा नियमति परामर्श सेवाको खाँचो रहेकोले कफी विकास बोर्डले कफी परामर्श शिविर संचालनका मोडल बनाउन जोड दिएका छन् भने अर्का उद्यमी सिरोजविजय कोइरालाले स्थानीय कफी विकास निति र स्थानीय सरकारसँगका सहकार्यमा लघु कफी उद्यम कार्यक्रमहरु संचालनमा प्रेरित गर्न सुझाएका छन् ।
कफी उत्पादनमा किसान परिचालनका पुराना मोडलले थकाइ मार्न थालेकाले व्यवसायिक कफी विकासका लागि बजारको माग सम्बोधन गर्नकालागि बजारकै उद्यमीहरुलाई फार्म देखि क्याफेसम्म जोडन प्रेरित गर्नेहो भने त्यसको मुल्य श्रृंखलामा जोडिने साना किसानले पनि लाभ विस्तारका अवसर पाउने भएकाले युवा सहभागी मैत्रि कफी विकास क्रियाकलापमा जोड दिन सहभागीहरुले सुझाएका छन् ।