• Aarsee Times
Saturday, July 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मौरी पालनमा घार—गोला अनुदानबाट किसान ठगीएको गुनासो

बजार श्रृंखलामा जोडिन किसान—सरकार समन्वयको खाँचो

आरसी टाइम्स by आरसी टाइम्स
५ फाल्गुन २०८१, सोमबार २०:२५
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
मौरी पालनमा घार—गोला अनुदानबाट किसान ठगीएको गुनासो
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, फाल्गुण ५
नेपाली उपभोक्ता बजारमा उच्च बजार मुल्यको बस्तुको रुपमा पहिचान बनाएको मौरी पालन र मह व्यापारमा अधिकतम किसानको सहभागीता बढाउन भन्दै विभिन्न सरकारी र गैह्रसरकारी संस्थाबाट भइरहेका मौरी घार—गोला अनुदानबाट किसान ठगीएको गुनासो विज्ञहरुबाटै आएको छ  । हालै मात्र मौरी किसानहरुका लागि बजार श्रृंखलामा जोडदै उद्यम विकास गर्ने ध्येयले संचालनमा ल्याइएको नेपाली मह मुल्य श्रृंखलाको लागि बजार पहुँच कार्यक्रममा सहभागीहुने सरोकारवाला किसानहरुलाई अभिमुखीकरण गर्ने क्रममा पोखरामा आयोजित समारोहमा किट विकास निर्देशनालय प्रमुख शावित्री बरालले उक्त गुनासो उजागर गरेकी हुन्  ।
किसानहरुलाई अनुदान होइन, व्यवसाय प्रवर्धनमा सहकायृको खाँचो रहेको र अनुदानका नाममा किसान ठगिएको कारण मौरी पालन तथा मह व्यवसायमा असल अभ्यास हुन नपाएको उनले बताइन्  । जेठ महिनामा मौरी घार गोला अनुदानमा लैजाने किसानहरुलाई विक्रेता र अनुदान प्रबाह गर्नेले मर्कामा पारेको, नकारात्मक छनौटका मौरी वितरण हुने गरेको र एक महिना भित्रै मौरी भागेर घार रित्तै हुने गरेकाले अनुदानका घारहरु मात्र किसानकहा थुप्रीएको पाइएको बरालले बताएकी छन्  । कागजी प्रगतीमा किसानलाई घार गोला सहित उद्यमी बनाइने तर मौरी विनाका घारहरु थुप्रीएर किसानलाई गिज्याउने अवस्था रोक्न तथा मौरीको ऋतुचक्र विरुद्धका गतिविधि नियन्त्रण गर्न स्थानीय सरकार र कृषि ज्ञान केन्द्रहरुले ध्यान दिनु जरुरी रहेको उनले जोड दिइन्  ।
हालका वर्षहरूमा नेपालमा महको उपभोग उल्लेनीय रूपमा वृद्धि हुन नसकेको र प्रति व्यक्ति प्रति वर्ष १७५ ग्राम मात्रै उपभोग हुने गरेको अनुसन्धानकर्ताहरुले जनाएको बारेमा पनि सरोकारवालाहरुले छलफल गर्दै नेपाली उपभोक्ता बजारमा स्वदेशी महको खपत बढाउन र विदेशी महको आयात घटाउन सक्ने सम्भावना रहेको बताएका छन्  ।
मौरी पालनले अन्न तथा फलफुलमा परागसेचन प्रकृयामा योगदान पुर्याएर उत्पादनमा सहयोग पुर्याएको हुँदा हरेक कृषि कर्ममा मौरी मैत्री क्रियाकलापलाई जोडदिनु पर्ने मौरी किसान महासंघका अध्यक्ष सुभाषचन्द्र घिमिरेले जोड दिए  । हाल नेपालमा १३ हजार ८ सय किसान मौरी पालनमा सहभागी रहेको र कास्कीमा मात्रै ५१६ जना किसान आवद्ध रहेको उनले जनाए  । मौरीहरुको चरन अवधी दिउसो ३ बजेसम्म मात्रै हुने बताउँदै खेति गर्ने किसानहरुले विषादी प्रयोग पर्नै परेमा दिउसो ३ बजे पछि मात्र प्रयोग गर्दा मौरीलाई जोगाउन सकिने बताए ।
महको मुल्य श्रृंखलाको लागि बजार पहुँच कार्यक्रमको पोखरा कार्यशालालाई गण्डकी प्रादेशिक कृषि सचिव बासुदेव रेग्मीले सम्बोधन गर्दै परियोजनाले महको उत्पादनमा भन्दा गुणस्तर व्यवस्थापनमा चासो राख्नु पर्नेमा जोड दिए  ।
समुहगत कार्यशाला छलफलमा महको उत्पादन छरलीएको अवस्थामा रहेको , असल मौरी पालन अभ्यासको कमी, मान्यता प्राप्त प्रयोगशालामा किसानको पहुँच कमजोर र परम्परामा आधारित कारोवार प्रणाली हावी रहेको , मौरी पालनबारे एकिकृत सूचना प्रणालीको कमी रहेको किसानहरुले बताएका छन्  ।
मौरी विकास परियोजनामा गण्डकी प्रदेशका लमजुङ्ग र नवलपुरका किसानहरुलाई पनि समावेश गर्नु पर्ने खाचो रहेको निमित्त कृषि विकास महानिर्देशक बालकृष्ण अधिकारीले जोड दिए  । मौरी र मह बजारमा उपभोक्ता शिक्षा विस्तारमा निर्देशनालयले सामाजिक मिडिया र पोस्टर प्रणाली अभ्यास गर्ने पनि अधिकारीले जनाएका छन्  ।
कास्कीका ५ पालिकामा संचालन हुने कार्यक्रममा सरोकारवालाको अभिमुखीकरण कार्यक्रममा कास्की मौरी पालक संघका अध्यक्ष श्रीभद्र बराल, परियोजनाका संयोजक जगदिश श्रेष्ठ, मुल्यश्रृंखला विज्ञ सुरेश बराल लगायतले परियोजनाको कार्यान्वयन रणनितिका बारेमा बोलेका थिए  ।
परियोजनाले नेपालमा उत्पादित महको बजार विस्तार गर्न सरोकारवालाहरूलाई सहजीकरण गर्ने, शहरी बजारमा आयातित तथा ब्रान्डेड महको वर्चस्व तोडेर रैथाने महको बजारिकरण प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ  ।

Previous Post

चौतारीका बरपीपल मुठारिएकोमा चौतर्फ विरोध

Next Post

असल कृषि अभ्यासका लागि बाली उपचार शिविर

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
असल कृषि अभ्यासका लागि बाली उपचार शिविर

असल कृषि अभ्यासका लागि बाली उपचार शिविर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In