• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

रैथाने गाईको मल र गहुँत प्याकेजिङ विक्रिको तयारीमा गाउँपालिका

आरसी टाइम्स by आरसी टाइम्स
२१ माघ २०८१, सोमबार १८:३६
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
रैथाने गाईको मल र गहुँत प्याकेजिङ विक्रिको तयारीमा गाउँपालिका
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जिसी/आरसी टाइम्स
पर्वत, माघ २१
कृषि योग्य खेतबारीको स्वस्थता कायम गर्न र असल कृषि अभ्यासलाई बढवा दिन स्थानीय सरकारले रैथाने गाइको मल र गहुँत विक्रीमा सहजीकरण गर्ने भएको छ  । पर्वतको जलजला गाउँपालिका–७, धाईरिङको गोकुल धाममा सञ्चालित गण्डकी गोपाल गौशालाबाट उत्पादन भएको मल र गहुँत प्याकेजिङ विक्रिको तयारीमा गाउँ पालिका रहेको पालिकाका अध्यक्ष राजु प्रसाद आचर्यले बताएका छन्  । गौशालामा पालिएका गाईको मलमूत्र लाई कृषि तथा खाद्यान्न बालीमा प्रयोग गर्न मलसँगै वन जङ्गलको पातपतिङ्गरलाई समेत सङ्कलन गरी अग्र्यानिक मल बनाइने र गाउँपालिकामार्फत प्याकेजिङ गरेर सहुलियतदरमा बिक्री गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताएका छन्  । हालै गौशालाका लागि दान दिन सहभागी समुदायलाई सम्बोधन गर्दै आचार्यले उक्त जानकारी गराएका हुन्  ।
गौशाला सञ्चालन गर्नको लागि सहयोगदाताहरूबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।गौशालालाई गएको कार्तिक महिनादेखि हालसम्म विभिन्न व्यक्तिहरूले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृ उद्धार तथा विशेष दिनको अवसर पारेर स्वैच्छिक रूपमा गाई पालनका लागि पराल, दानालगायत जिन्सी सामानहरू दानसहयोग गरेका हुन्  । पर्वत मिलन चोककी स्थानीय अगुवा तथा सामाजिक अभियन्ता जमुना आचार्यले विभिन्न व्याक्तिहरुले गौशालामा पालिएका गाई र बाच्छाबाच्छीका लागि सङ्कलित पाँचलाख बढीको नगद तथा जिन्सीलगायत सहयोगका विवरणहरू सार्वजनिक गरेकी हुन्  ।
गौशालाको लागि पर्वतको पाङ, खुर्कोट, नाग्लीबाङ, फलेबास, लेखफाँट, सालिजा, धाईरिङ, खोलाखेतलगायत स्थानबाट नुन र पराल सहयोग भएको थियो  । स्वदेश तथा विदेशमा रहेका करिब २ सय जना सहयोगदाताहरूबाट आर्थिक तथा जिन्सी सहयोग भएकोमा जिन्सी र नगदबाट कुल १७ सय ५१ भारी पराल सङ्कलन गरिएको अभियन्ता आचार्यले बताएकी छन्  । सालिजा र फलेबासमा टोल विकास संस्थाको सक्रियतामा पराल सङ्कलन गरिएको थियो  । कार्यक्रममा झन्डै दुई सय जना व्यक्तिहरूले गरेको नगदसहित जिन्सी दाना पराल सहयोग गरेको जनाईएको छ  ।
उक्त कार्यक्रममा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले यस वर्ष गौशालामा आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि गाउँपालिकाबाट एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए  । गौशालाकै लागि यसै वर्ष सङ्घीय सरकारबाट पनि एक करोड ४५ लाख रुपैयाँ बजेट परेको बताए  । वि.सं. २०७२ सालमा स्थापना गरिएको गण्डकी गोपाल गौशालामा हाल माउ गाई, बहर तथा बाच्छी गरेर कुल ५८ वटा रहेका छन्  । परम्परागत रूपमा पालिँदै आएका रैथाने जातका गाईको संरक्षण गर्ने उद्देश्यसहित गौशालाको अवधारणा ल्याएर गाई पालन गरिएको हो  । समाजमा हुने विभिन्न धार्मिक कार्यहरूमा गाईको दूध,दही घ्यु, गोबर तथा गहुँतको उपयोगीता र धार्मीक महत्व जनाउन पनि गौशाला सञ्चालन गरीएको जनाइएको छ  ।

Previous Post

विषादीले कृषिमा घेराहाल्न थालेपछि पर्यावरणीय कृषिलागि प्रादेशिक पहल सूरु

Next Post

चौतारीका बरपीपल मुठारिएकोमा चौतर्फ विरोध

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
चौतारीका बरपीपल मुठारिएकोमा चौतर्फ विरोध

चौतारीका बरपीपल मुठारिएकोमा चौतर्फ विरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In