• Aarsee Times
Sunday, June 22, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

लप्सी प्रशोधन तालिम केन्द्र दश वर्ष देखी अलपत्र

आरसी टाइम्स by आरसी टाइम्स
२५ असार २०८१, सोमबार २२:५६
in कृषि बजार, के भैइरहेछ, फिचर, विकल्पको बाटो
0
लप्सी प्रशोधन तालिम केन्द्र दश वर्ष देखी अलपत्र
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्र जीसी
पर्वत, आषाढ २४
पर्वत जिल्लाका डाँडा काँडा र वन जङगलमा पाईने लप्सी फललाई परिकारमा बनाएर अन्तराष्ट्रिय बजारमा पु¥याउन तालिम सञ्चालन गर्न निर्माण गरीएको भवन दश वर्ष देखी अलपत्र छ  । पर्वतको फलेवास नगर पालिका ४ मुडीकुवामा निर्माणाधिन भवन दश वर्ष देखी अलपत्र परेको हो  । लप्सीबाट अचार क्याण्डी , जुस ,अमिलो तथा बोक्राको पाउडर बनाउन सकिन्छ  । बन्यफल जन्य उद्यमबाट लाभको सृजना गर्ने उद्यमीहरुलाई विभिन्न चरण अनुसारको तालीम आवश्यक पर्ने हुँदा तालिम सञ्चाल गर्न तथा उत्पादन संकलन गरेर बजारीकरण गर्न भन्दै बनाउन थालीएको भवन अलपत्र परेपछि उद्यम पलायन हुँदै गएको स्थानीय उद्यमी थानेश्वर भुसाल र भिम सापकोटाले बताएका छन् ।

शुरुवातीको चरणमा उद्यमीहरु तयार भएको भएपनि थप तालिम र उपकरणको अभावमा अहिले उद्यमहरु रुग्ण बन्दै गएको छ  । २०७५ सालामा उद्यमीहरुलाई आवशिय रुपमा तालिम दिन भन्दै निर्माण थालीएको भवन अहीले सम्म अलपत्र पर्र्दै आएको हो  । मुलुकमा संघियता आएपनि उद्यम भन्दा पर्यटन पुर्वाधारमा मात्रै बजेट प्राप्त हुने हुँदा रुग्ण उद्योगलाई हेरी बस्नु पर्ने बाध्यतामा रहको सरोकार कार्यलयले जनाएको छ  । पर्यटन तथा उद्योग कार्यलय पर्वका प्रमुख अशोक कुमार नेपालीले पर्यटन पुर्वाधार बनाउन करोडौ बजेट आउने भएपनि उद्यमी सृजना गर्ने बजेट नै नआउने गरेको बताए ।

पर्वतका वनहरुमा पाईने अमिलो फल लप्सीको अध्यायन गरीरहेका अभियान्ता रिशीकेश तिवारीले पनि भाषणमा मात्रै सीमीत हुने नेपाली राजनीतीले उद्यमी र उद्योग सृजना नगर्दा एकातर्फ गाउँमा युवा पलायन हुँदै गएको छ भने अर्को तर्फ विश्वमा नै नपाइने फलले बजार पाउन नसकेको बताएका छन् ।

पर्वतका विभिन्न वनमा वर्षेनी अमिलो जातको फल लप्सी १४ सय देखी दुई हजार टन सम्म फल्ने गरेको छ  । जसमा ६० टन मात्रै उपयोगीतामा आउने गरेको उद्यमीहरु बताउँछन  । विदेशी बजारमा लोभलाग्दो बजार रहेको लप्सी नेपाली बनमा तालिम र प्रशोधनको अभावमा वर्षेनी खेर गईरहेको छ  । जसको प्रशोधन गरेर लप्सीका परिकार बनाउने सकेमा मात्रै जिल्ला तथा देशलाई धेरै फाईदा पुग्ने देखिन्छ ।

Previous Post

मुर्झाएको कफी जगाउन युवाको साथ खोजीदै

Next Post

गण्डकी प्रदेशका पाँच किसानहरु पुरस्कृत

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गण्डकी प्रदेशका पाँच किसानहरु पुरस्कृत

गण्डकी प्रदेशका पाँच किसानहरु पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In