• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

शहरका काँठे बगरहरुमा खरवुजा खेति फस्टाउँदै

आरसी टाइम्स by आरसी टाइम्स
८ जेष्ठ २०८१, मंगलवार २१:१२
in कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
शहरका काँठे बगरहरुमा खरवुजा खेति फस्टाउँदै
0
SHARES
140
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा,
गर्र्मी मौसममा उपभोक्ताहरूको रोजाई हुने गरेको खरबुजा खेती अहिले पर्यटकीय सहरका काठे बस्तीहरूमा पनि विस्तार हुन थालेको छ  । पोखराको पर्यटन बजारमा हरेक मौसममा खपत हुने गरेको खरबुजा कतिपय अवस्थामा तराई र भारतीय बजारबाट आपूर्ति हुने गरेको छ  । पर्यटकीय बजारमा उच्च बजार मूल्यको सम्भावना रहेकोले स्थानीय इलमी किसानहरुले खरबुजा खेतीबाट वैकल्पिक आम्दानी लिन थालेका छन्  ।
पोखराको पर्यटन बजारमा खरबुजाको खपत नियमित हुने कारणले केही वर्ष पहिले पोखराको छोरे पाटनमा किसान भिष्म कार्कीले परिक्षणका रुपमा सुरु गरेको खरबुजा खेती भरतपोखरी र लेखनाथको बलौटे बारी हुँदै यसपालि आर्वाको ढाडबेसीमा समेत विस्तार हुन पुगेको छ  ।
पोखराको वडा नम्बर १३ मा पर्ने पुरानो आर्वा गाउँको ढाटबेसी भनिने विजयपुर खोलाको बगर खेतमा स्थानीय इलमी श्रीधर बराल र रोशन बरालको सक्रियतामा मणिदिप कृषि फर्म मार्फत नमुना खरबुजा खेती गरेर वैकल्पिक आम्दानीको नमुना देखाएका छन्  ।
पोखरा महानगरले व्यवसाय प्रवर्धनका लागि उनीहरुलाई सहजीकरण गरिरहेको बताइएको छ ।
गत माघ १५ गते माटोको तयारी गरी खरबुजाको बिउ जमाउन सुरु गरेका बरालले फागुन १५ गते ३ रोपनी क्षेत्रफलमा मल्चिङ प्रविधिबाट तयार गरिएको बारीमा खरबुजाको बेर्ना रोपेका थिए ।
पोखराको रैथाने हावापानीमा अनुकूल हुने सरस्वती जातको खरबुजा निकै रसिलो र आकर्षक देखिएको र अब बजारीकरणको अनुकूल समय भएको बताउँदै यही जेठको पहिलो साताबाट बजारीकरण तयारी भइरहेको उद्यमी रोशन बरालले जनाएका छन्  ।
खरबुजा खेतीका लागि हालसम्म ८७ हजार रुपैया खर्च लगानी गरेको इलमी श्रीधर बरालले जनाएका छन्  । उनका अनुसार करिब ४३० वटा बिरुवा रोपिएकोमा सबै बेर्नाहरूबाट फल लागेको उनले जनाएका छन्  । खरबुजा खेती अभियानमा करिब ४० जना श्रमिक लगानी गरेको बताइएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तरगतको कृषि शाखाले निःशुल्क रुपमा खर्वूजाको बिउ, मल्चिङ्ग प्लास्टिक, अर्गानिक विषादीहरू उपलब्ध गराएको र किसानहरूलाई निःशुल्क तालिम पनि सहजीकरण गरेको बताइएको छ  ।
यसैगरि पोखरा महानगरको वडा नं १३ कार्यालयले सिंचाइका लागि कुलो बनाउन खर्च लगानी गरेको पनि उद्यमी बरालले जनाएका छन्  ।
महानगरपालिकाले पोखराका १० ठाउँमा नमुना खरबुजा खेतीका लागि निःशुल्क प्रोत्साहन लगानी गरिरहेको अवसरमा आफुहरु पनि जोडिन पाएको उनिहरुले बताए  । पहिलोपटक परीक्षणका रूपमा खेती गरिएको हुनाले सिकाई नै महत्वपूर्ण रहेको र खडेरी परेको बेला राम्रो फस्टाउने आकाशे वर्षा हुन थालेपछि खरबुजाको खल फल बिग्रने सम्भावना देखिने गरेको उनिहरुले बताएका छन्  ।
बालीमा जंगली तस्करको भन्दा छिमेकीहरूको कारण नै जोगाउनुपर्ने भएकोले खेतबारीमै घुम्ती गोठ बनाएर हेरालो गर्न थालिएको इलमीहरुले बताएका छन्  ।
विगत पाँच महिनादेखि खटिएको खरबुजा खेतीमा करिब ८७ हजारको लगानीबाट करिब ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने अनुमान गरिएको उद्यमी युवाहरूले बताएका छन्  ।
पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाले खर्बुजा खेती प्रवर्धन गर्नका लागि उद्यमी युवाहरुलाई निशल््क रुपमा बिउ मल र तालिमहरु दिएर हौसला प्रदान गरेको र उपभोक्ताहरूको पहुँच वृद्धिका लागि यही जेठ महिनाको दोस्रो सातामा खरबुजा प्रदर्शनी तथा खाने प्रतियोगिताका रुपमा समेत घुम्ती मेला आयोजना गरेको जनाइएको छ  ।
पोखरा सहरको उपभोक्ता बजारमा पर्यटकीय चाप बढेसँगै खरबुजाको उपभोक्ता वृद्धि हुने र स्थानीय सरस्वती जातको खरबुजा गुलियो स्वादिलो हुने भएकोले उपभोक्ताको रोजाइमा पर्ने र प्राङ्गारिक तत्वको सुनिश्चितताका कारण तराईबाट आउने खरबुजाभन्दा बढी मल््य पाउने सम्भावना रहेकोले पोखरा बजारमा प्रति किलो ४० रूपैयाँको दरमा बजार मूल्य हुँदा पनि स्थानीय चिसो हावापानीमा प्राङ्गारिक तत्वसहित खेती गरिएको खरबुजालाई ६० रुपैयाँको दरमा बजारीकरण गर्न सकिने अपेक्षा गरेको उद्यमी बरालहरूले बताएका छन्  ।

Previous Post

परदेशबाट फर्केका फालचन्द्र नमुना कृषि उद्यमी बन्दै

Next Post

नमुना भेटेरीनरी अस्पतालको रिबन काटीयो, गृहप्रबेश बाँकी

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
नमुना भेटेरीनरी अस्पतालको रिबन काटीयो, गृहप्रबेश बाँकी

नमुना भेटेरीनरी अस्पतालको रिबन काटीयो, गृहप्रबेश बाँकी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In