• Aarsee Times
Tuesday, July 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

श्रीकम्प्लेक्समा रैथाने हाटबजार

आरसी टाइम्स by आरसी टाइम्स
५ मंसिर २०८०, मंगलवार १७:२६
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
श्रीकम्प्लेक्समा रैथाने हाटबजार
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, मंसीर 
पोखराको शहरी तरकारी उपभोक्ताहरुमा ब्राण्ड नाम बनेको श्रीकम्प्लेक्स कृषि बजारमा रैथाने हाट बजार संचालनमा आएको छ  । पोखरा महानगर र श्रीकम्पलेक्सको साझेदारीमा बजार परिसरका केही शटरमा महानगरको मोडालिटीमा रैथाने उत्पादन र उद्यमशिलताको प्रवद्र्धन गर्ने खालका सामग्रीहरुको नियमित बजाकिरणका लागि सम्झौता गरेर हाटबजार नामको मोडलमा स्थानीय बस्तु बजारिकरण गर्ने तयारी भएको साझेदार दुबै संस्थाले जनाएका छन्  । तिहारको पुर्वसन्ध्यामा संचारकर्मीहरुका अगाडी दुवैसंस्थाका प्रतिनिधिहरुले बजार संचालनको मोडालिटी र तिहारे मेलाको जानकारी गराउने क्रममा उक्त कुरा बताएका हुन्  । तिहारे पर्वको मौकामा महानगर आर्थिक विकास महाशाखाले कृषि तथा स्थानीय उद्यम प्रवद्र्धनात्मक गर्ने हेतुले सयपत्रि फुलको मेलानै आयोजना गरेको थियो  । मेलामा महानगरवाट अनुदान पाएका किसानहरुले सयपत्रि पुष्प व्यापारका लागि आफना उत्पादनहरु ल्याएका पनि थिए  । सरकारले भारतीय फुल आयातमा प्रतिवन्ध लगाउने भएकाले बजारमा फुलको माग निकै हुने सम्भावनाले हौसीएका किसान तथा पुष्प व्यापारीहरुको अपेक्षित कारोबार हुन नसकेपछि टिपेका फुलको अन्य कृषि बस्तु झै न्युनतम मुल्य पाउनका लागि माग बढेको बताइन्छ  । यो वर्ष मलमासका कारण चाडपर्व एक महिना ढिलो हुनाले चाड पहिलै फुल फुलेको र धेरै उत्पादन भएका कारण बजारमा एकै पटक ओइरिदाँ अपेक्षित लाभ नपाएका कारण अर्को वर्षको उत्पादनमा हतोत्साहि नहुन भन्नाका लागि न्युनतम मुल्य तोकेर किसानलाई उत्पादनको बजार सुनिश्चित गर्न महानगरले पहल गर्ने तयारीमा मेलामा विक्रिहुन नपाएका मालाको २० रुपैयाका दरले न्युनतम मुल्य दिने पनि घोषणा गरेको छ  । मेलाका बेलामा प्रति माला २०० रुपैया मोल तोकिएको भएपनि तिहारे बजारमा पनि विक्रि नभएर स्टलमा थुप्रीएका मालाको न्युनतम मुल्य दिएर अन्य उपयोगमा रुपान्तरण गर्न महानगरले राहत दिएको किसानहरुले बताएका छन्  ।
सयपत्रि फुलहरु सुकाएर आयुर्वैदिक औषधी र स्वास्थ्यमैत्रि रंगरोगन उत्पादन गर्न सकिने भएकाले शहरमा यस्ता बैकल्पिक उद्यमहरुपनि विकास भएको महिलाहरुको सहभागीतामा फेयर ट्रेड उद्यम संचालिका रामकली खडकाले जनाएकी छन्  ।
महानगरको संचालनमा रहेको रैथाने हाटबजारमा कृषि एम्बुलेन्सले संकलन गर्नै तरकारीजन्य वस्तु रमहानगरले तोकेका केहि स्थानीय उद्यमका उत्पादनहरु कारोबारका लागि राखिने जनाइएको छ  । तिहारे मेला पछि उद्यमीहरु तिहार मनाउन थालेकाले महानगरले संचालन र्ने पाँचवटा शटरमा कुनुकुन उत्पादनको कस्तो विक्रिस्थल हुने भन्ने कुराको छिनोफानो तिहारपछि तय गरिने जनाइएको छ  ।
तिहार पुर्व आयोजना गरिएको एक कृषि सबालमा स्थानीय महेन्द्रमान व्यथितले रैथाने ज्ञान र कृषिको वेवास्ता गर्ने नेतृत्वले रैथानेको हित गर्न नसक्ने बताउँदै हरेकले रैथाने चेतको नेतृत्व खोजी गर्नु पर्ने बताएका थिए  । यसैगरि स्थानीय उपभोक्ता मैति बजारिकरण र बजारमा गुण नियन्त्रणका सबालमा स्थानीय सरकारले नै पहल गर्नु पर्ने र बजार सुचना तथा उपभोक्ता शिक्षाका कुरामा उसको चासो हुनु पर्ने कृषि बिकास निर्दैशनालयका महानिर्देशक बासुदेव रेग्मीले बताएका थिए  । समारोहमा लिवर्डका भरत ढकाल र महिला उद्यमी काशी गुरुङ्ग र महानगर आर्थिक विकासमहाशाखा प्रमुख मनहर कडरीयाले सबाफमा जवाफको सम्बोधन गरेका थिए  ।
पोखरामा महानगरको कृषि एम्बुलेन्स र किसानकै स्थानीय संकलनमा आधारित कृषि वस्तुहरु विरौटाको किसानबजार, लामाचौरको किसानबजार, कुडहर मियापाटन वडा परिसरमा किसानबजार संचालन हुदै आएका छन् भने दबजार कृषि सहकारी र खेति डटकमले हरेक शनिबार मुस्ताङ्गचोकमा फारमर्स मार्केट ब्राण्डमा किसानबजार संचालन गर्दै आएको छ  ।

Previous Post

माटो चिनेर कर्म गरे खुशी पाइने

Next Post

जलिय जैविक विविधताका लागि माछाका भुरा प्रवाह

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
जलिय जैविक विविधताका लागि माछाका भुरा प्रवाह

जलिय जैविक विविधताका लागि माछाका भुरा प्रवाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In