आरसी टाइम्स व्युरो
पोखरा, असोज ८
हिमाली चौरीहरुको गहुत र गोवर सिंचीत वुट्यान क्षेत्रमा पाइने जिम्बु भोटको मसलावाला सुगन्धीत झारका रुपमा चिनिन्छ । नेपाली भोट तथा तिब्ब्ती भोटहरुमा पाइने यो सुगन्धीत मसाला झार जिम्बु हिमाली जनजीवीकाको रैथाने पहिचान पनि बनेको छ भने बेसी र शहरका रोङ्गवाहरुका लागि भोटको उपहारका रुपमा पनि चिनीएको छ ।
भोटका नागरिकहरु हिउँदे जाडो छल्न बेसी र शहर झरेको बेला व्यापार गर्दे आइरहेको जिम्बुको माग उच्च भएकाले चिनीया उत्पादन पनि नेपाल आउने गरेका छन् ।
पर्यटन बजारका भान्छाहरुमा जिम्बुको माग बढेकाले यसको व्यवसायिक उत्पादन र घरेलु उत्पादनका लागि खेतिका अभ्यासहरु पहाडी बस्तीहरुमा पनि देखिन थालेका छन् । दक्षीणकालीको बजारमा नियमित जसो विक्रिका लागि लक्षीत गर्दै फर्पीङ्गमा व्यवसायिक जिम्बु खेतिको अभ्यास भएसँगै मुस्ताङ्ग आस पासका बस्तीहरुमा समेत जिम्बुको खेति हुन थालेको छ ।
बजारका लागि लक्षीत नभइ घरेलु उपभोग र सम्भावनाको अनुसनधानका लागि यस्ता अभ्यास देखिएका छन् । कास्की अन्नपूर्णको पाउँदुर क्षेत्रका अनुसनधानका लागि सूरुगरिएको शिलाजीत कृषि पाठशालामा जिम्बु खेतिको अनुसन्धान अभ्यासका बारे स्थानीय भरत गीरीको अनुभव सून्नुहोस् :