• Aarsee Times
Thursday, May 15, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

हिमाली भान्छामा डालेचुकको परिकार लोकप्रिय  

आरसी टाइम्स by आरसी टाइम्स
५ कार्तिक २०८१, सोमबार ०८:५१
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
हिमाली भान्छामा डालेचुकको परिकार लोकप्रिय  
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स
 मुस्ताङ्ग, कार्तिक ५
  पर्यटकीय हिमाली बस्तीहरुमा पाहुनाहरुका लागि भान्सामा विभिन्न परिकारको खाँचो पुरा गर्न हिमाली समुदायले वन्य बनस्पतिका उपयोगबाट आकर्षक परिकार बनाउने जुक्तिहरु अपनाउन थालेका छन्  । यस्ता परिकारहरुमा म्याग्दी जिल्लाका हिमकाँठे बस्तीहरुमा ढकायोको सिन्की र अचार लोक प्रिय छ भने हिमाली जिल्ला मुस्ताङ्गमा डाले चुक अर्थात तोराको उपयोगबाट बनेको अचार लोकप्रिय हुने गरेको छ  । हिमाल पारिको बस्ती पयृटन सृंखलामा म्याग्दी को भुरुङ्ग तातोपानी देखि मुस्ताङ्गको ल्होमन्थाङ्ग सम्मका होटलहरुमा डाले चुक तोराको अचार लोकप्रिय पाइएको छ  । पर्यटकीय होटलहरुमा लप्सीको स्वादमा पाइने अचार हिमाली डालेचुक नामको स्थानीय तोरा बनस्पतिबाट बनाइने गरेको मूस्ताङ्ग लु–टाक गाउँका ग्याल्जेन सोनाम गुरुङ्गले बताए  ।
तलबाट आउने पाहुनाहरुले निकै मन पराउने, नुनिलो, गुलीयो र अमिलो स्वादमा बनाउने भएकाले यो अचार हिउँद पूर्वको मौसमी भान्साका लागि उपयोगी भएको कागबेनीकी होटल संचालिका सेरिना गौचनले बताइन्  ।
यसो त यो अचार उत्पादन गरेर उपल्लो मुस्ताङ्गका स्याङ्गबोचे, चराङ्ग र लोमनथाङ्गका होटलहरुमा पनि वितरण हुने गरेको, मुल्यसृंखलामा जोडिएका होटलहरुमा जाने गरेको ल्होमन्थाङ्गका सोनाम रिन्जीन गुरुङ्गले बताए  । तल्लो मुस्ताङ्गको लेते, झारकोटमा यस्तो अचार उत्पादन गरेर होटलहरुमा वितरण गर्ने तथा ग्राहकको रोजाइको स्वादका परिकार मिश्रण गरेर कच्चा पदार्थ पकाएर अचार बनाउने गरेको जोमसोमकी डुमाया गूरुङ्गले बताएकी छन  ।
डालेचुक बनस्पति पत्झड प्रवृत्तिको झाडिदार बनस्पति भएको र माइनस ४३ डिग्री सम्म पनि वाच्न सक्ने क्षमताको रहेको कृषि वैज्ञानिक रामबहादुर केसीले बताएका छन्  । खासगरी हिमाली भूगोलमा भूक्षय रोक्न , माटोमा नाइट्रोजन मल समेत दिन सक्ने गुण भएको यसको फल अति पौस्टिक हुन्छ  । यसको फलको रसबाट जाम, वाइन , कस्मेटिक सामाग्री बनाउन सकिने पनि वैज्ञानिक केसीले जनाएका छन्  । वैज्ञानिक केसीका अनुसार नेपालमा दुइ प्रजाति डालेचुक पाइने र नेपाल बहेक भरत चीन, मङोलिया, पकिस्तान, यूरोप तिर पनि फरक प्रजातीका पाइन्छन्  ।
नेपालका उच्च हिमाली क्षेत्रहरू, जस्तै मुस्ताङ, मनाङ, र सोलुखुम्बुमा पाइने गरेको र स्थानीय जनबोलीमा तोरा भन्ने गरिएको कृषि विज्ञ नेत्र भट्टले जनाएका छन्  ।
यसका फलहरू साना, गोलो, र चम्किलो सुन्तला रंगका हुन्छन् भने यो पोषण र औषधीय गुणहरूले भरिएको बताइन्छ  । डालेचुकको फलमा भिटामिन सी, भिटामिन ई, भिटामिन ए, र ओमेगा फ्याटी एसिड जस्ता पोषक तत्वहरू प्रशस्त मात्रामा पाइने भएकाले यसमा एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुनाले होटल पर्यटनमा यसको परिकार उच्च माग हुने गरेको छ ।
जलवायु परिवर्तनले हिमाली क्षेत्रहरूमा प्रभाव पारिरहेकोले, डालेचुकको वृद्धि र उत्पादनमा पनि चुनौतीहरू उत्पन्नहुन सक्ने बताइएको छ  । यो वन्य वस्पतिको घरेलु उपयोगका लागि अनुकुलन उत्पादन र प्रसोधन तथा बजारिकरण गर्न सकेमा हिमाली क्षेत्रका समुदायहरूको जीवनस्तर सुधार गर्न मद्दत र्पुयाउन सक्छ ।
Previous Post

जलाधार व्यवस्थापनका लागि पारिस्थितिकीय सेवा शुल्क भुक्तानी संयन्त्र खाँचो

Next Post

स्याउ र च्याङ्गरा परियोजनाले हिमाली बस्तीमा करोडको कमाई

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
स्याउ र च्याङ्गरा परियोजनाले हिमाली बस्तीमा करोडको कमाई

स्याउ र च्याङ्गरा परियोजनाले हिमाली बस्तीमा करोडको कमाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In