डा.कुलराज चालिसे
पोखराबाट कृषि पत्रकारिताको अभ्यास गरिरहेको आरसी टाइम्ससंगको मेरो संगत चारवर्ष अगाडी ऋषिकृषि प्रकरणले जोडिएको थियो । यस मानेमा हाम्रो संगत व्यक्तिगत भन्दा एजेण्डामा आधारित थियो । कृषि मन्त्रालयले अबलम्वन गरेको मूलधारको कृषिरणनीति भन्दा अलग र कृषि उच्चशिक्षाको पाठ्यक्रमले समेटन नसकेको ऋषिकृषिको विषयवस्तुलाई आरसी टाइम्सले प्राथमिकताको साथमा स्थान दिएको थियो । हामीले लगातार दुईवर्ष ऋषिकृषि वहस चलायौं । हाम्रो लक्षित पाठक नेपालसरकारका कर्मचारी र नीति निर्माता थिए । त्यसको साथमा हामीले स्वदेश तथा विदेशमा सेवारत कृषि एकाडेमीयालाई पनि लक्ष गरेका थियौ । हाम्रो निशानाले सरकारीकर्मचारी र स्वदेशी नीतिनिर्मातालाई भन्दा छिटो कृषि एकाडेमीयालाई लक्षभेदन गर्न सफल भयो । प्रथमपञ्चवर्षीय योजना देखी नै उच्च प्राथमिकता दिएको कृषि उत्पादनको आँकडा सकारात्मक हुँदापनि कृषि उपजको आयात आँकडा विश्लेषण गर्ने स्वतन्त्र कृषि विज्ञ र कृषि शिक्षणमा सेवारत प्राध्यापकहरू सरकारी आँकडालाई विश्वास गर्न नसकेको अवस्थामा हामीले आधुनिक कृषि रणनीतिहरूले जनताको खाद्य सस्कृतिमा प्रतिकुल असर गरेको वहस गरेका थियौ । हाम्रो वहसले अष्ट्रेलीया, वेलायत हुदै अमेरीकामा सेवारत कृषि वैज्ञानिकको ध्यान खिच्न सक्यो । थप स्पष्ट हुन विभिन्न जुम वैठकहरू पनि भए । हामीले वहसमा उठाएका तर्कहरू वैज्ञानिकहरू समक्ष विस्तार गर्यौ ।
यसैक्रममा नर्वेमा सेवारत कृषि प्राध्यापक विशाल सिटौला हाम्रो नेटवर्कमा जोडिनुभयो र हाम्रो तर्क परिमार्जन भई सिटौला मार्फत काठमाण्डौ विश्व विद्यालयमा प्रवेश गरेर औपचारिक पाठ्यक्रममा प्राथमिकताका साथ समावेस भयो ।
गतवर्ष गण्डकी विश्वविद्यालयले सम्पन्न गरेको अन्तराष्ट्रिय स्तरको सेमिनारमा पनि यो विषयले स्थान पायो । सरकारी कार्यक्रमले रैथाने वाली संरक्षणको नाममा कार्यक्रममा समावेस गरेपनि ऋषिकृषि पद्धत्तिलाई आत्मसाथ गरेको थिएन । यो पद्धत्तिमा अध्ययन अनुसन्धान गर्न धेरै वाँकी छ । अनुसन्धानबाट प्रमाणित नहुदै कृषि प्रसारमा यो पद्धत्तिलाई स्थान दिन पनि मिल्दैनथ्यो । वाहाहरूले जे गर्नु भयो, ठिकै हो । यो विषयका विज्ञ पनि सहज उपलब्ध हुदैनन् । त्यसैले कृषि तालिम संचालन गर्न पनि सकिदैनथ्यो । अहिलेको चरणमा कृषि विज्ञहरूको माझमा वहस गरेर अनुसन्धानको दायरामा ऋषिकृषि पद्धत्तिलाई प्रवेश गराउनु नै ठूलो उपलब्धि हुन्थ्यो । हामीले त्यो उपलब्धि प्राप्त गरेका छौ ।
यो वहसको राम्रो प्रभाव धर्मसस्कृतिको वकालत गर्ने सन्तमहन्तमा परेको थियो । गुठीजग्गा भएका मठमन्दिरले यो पद्धत्तिको खोजि गर्न लागेका छन् भने विगतमा प्रयास गरेर पनि कार्यान्वयन गर्न नसकेको नेपाल सस्कृत विश्वविद्यालयलाई पून झकझक्याउन यो वहस सफल भएको छ । ऋषिकृषि पद्धत्तिले यही गतिमा दायरा बढाउदै गएको समाचारमा पनि स्थान प्राप्त गर्न अव धेरै कुर्न पर्दैन । किनभने हामीले कृषि प्राविधिकको साथमा उपभोक्ता जागरण पनि हुने गरेर वहस गरेका छौ । कृषि पद्धत्तिको रोजाईमा लागत र बजार नै निर्णायक हुने भएकोले बजारमागलाई सम्बोधन गर्न कृषि मन्त्रालयले ऋषिकृषि पद्धत्तिलाई कृषि प्रसारको रणनीतिक मूलधारमा समावेस गर्न बाध्य हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास छ । काठमाण्डौ विश्वविद्यालयले औपचारिक पाठ्यक्रममा समावेस गरेको विषय भएकोले केहि विद्यार्थीले अन्तिमवर्षको प्रोजेक्टवर्कमा ऋषिकृषि पद्धत्ति उपर अनुसन्धान गर्ने आसा पनि गरेका छौ । पुरञ्चौर स्थित कृषि महाविद्यालयले पनि यो पद्धत्तिको शुक्ष्म अवलोकन गरेको हुनसक्ने भएकोले पनि कृषि मन्त्रालयको कृषि प्रसार रणनीतिमा ऋषिकृषिले प्रवेश पाउने छ भन्ने विश्वास छ ।
वर्तमान गण्डकीप्रदेश सरकारले पर्यटनलाई अग्रप्राथमिकता दिएर योजना तर्जुमा गरेको छ । त्यसैले पर्यटनलाई लक्षितवर्गको रोजगारीसंग आवद्ध गर्न घरवास आवास कार्यक्रमलाई प्राथमिकता दिएको छ । यस्तो रणनीतिमा भिन्न स्वादको खाना सहित आतिथ्यको महत्त्व हुन्छ । गाँउमा गएर पनि आयातित् अन्न तथा तरकारी खान पर्दा पर्यटक रमाउदैनन् । घरवास पर्यटनमा रमाउनेमा विदेशी भन्दा आन्तरिक पर्यटक नै हुने भएकोले स्थानीय स्वादको खोजि अवस्य हुन्छ । ग्राहकको माग बढे पछि घरबास पर्यटन उद्यमीले रैथाने कृषि पद्धत्ति अपनाउन बाध्य हुन्छन् । यस्तो अवस्थामा उत्पादन लागत र बजार विचौलीया भन्दा पर्यटकीय माग र आपूर्तिले निर्णायक भूमिका खेल्छ । कृषकले मनग्यलाभ आर्जन गर्न सकेको अवस्थामा परिमाणात्मक उत्पादन कम हुदा पनि रैथाने बालीको उत्पादन हुन्छ ।
हामीले कृषि उत्पादनको सम्बन्ध आध्यात्मिक मान्यतामा पनि जोडने वहस गरेका छौ । त्यस्तो वहसले सन्तमहन्त र धर्मभिरू गृहणीको ध्यान आकृष्ट गरेको छ । खेतीपातीको जोहो मिलाउने कार्यमा त्यस्तै गृहणीको अहम् भूमिका हुने भएकोले पनि समाजको आधारतहसम्म पुग्न हामीलाई सजिलो भएको छ । उनिहरूको समस्या वीउ प्राप्तिमा छ । आधुनिक कृषिले हाम्रा धेरै रैथाने नश्ल लोप गराई सकेकोले यस्तो समस्याको सामना गर्न परेको हो । त्यसैले रैथाने वीउको उपलब्धतालाई सजिलै व्यवस्थापन गर्न सकिदैन । तर चार छ महिनामा उत्पादन हुने भएकोले यस्तो समस्या स्थाई रहदैन । किसानको आप्mनै प्रयासमा वीउको जोहो मिलाउछन् । यसले रैथाने वीउको यथास्थान (इनसिटु) संरक्षण पनि हुन्छ । बजारलाभ हुने हरेक नश्लका वीउ संरक्षण गर्न कुनै औपचारीक तथा सरकारी कार्यक्रमको आवस्यकता पनि पर्दैन । लाभकै निमित्त किसानले नै खोज्छन्, साटछन् र बाडछन् ।
हामीले सुरुका दिन देखी नै ऋषिकृषिलाई प्रणाली वा प्रविधि भनेका थिएनौ । हामीले बारम्बार ऋषिकृषि पद्धत्ति भनेका छौ । यस्को सम्बन्ध उत्पादन भन्दा धेरै खाद्यसस्कृतिसंग जोडिएको हुन्छ । यस्लाई परिमाणात्मक उत्पादनमा नापिदैन । उत्पादन लागत र परिमाणात्मक उत्पादनलाई मात्र हेरेर स्थानीय नश्ल बच्न पनि सक्दैन । आधुनिक कृषि प्रविधिकै कारणले गाँउका धेरै खेतवारी बाझो रहेको हामीले अनुभव गरेका छौ । त्यसैले हाम्रो लक्ष बुडाबुडीको नजर भित्र पर्ने दैलामुनीको बारीमा केन्द्रित छ । आयातित अन्नको बजारमूल्यचापमा परेको आधुनिक कृषिले तुरुन्त बाझो फोडन गाह्रो होला । हामीलाई त्यो समस्या पर्दैन ।
ऋषिकृषि पद्धत्तिलाई रणनीतिक मूलधारमा राखेर अनुसन्धात्मक सस्था खोजपाठशालाले अनुसन्धान प्रारम्भ पनि गरीसकेको छ । खोजपाठशालाले रणनीतिक मूलधारमा राखेको विषयमा स्थानीय पालिकाको कार्यक्रममा पनि क्रमशः बढाउदै लगिने छ । यसलाई पनि ऋषिकृषि वहसको प्रभाव नै मान्नु पर्छ । यसमानेमा आरसी टाईम्स बधाईको पात्र भएको छ । उस्ले भविष्यमा पनि खोज पाठशालासंग सहकार्य गर्ने प्रतिवद्धत्ता जनाई सकेको छ । यस कार्यले कृषि पत्रकारितामा संहभागी आरसी टाइम्स र ऋषिकृषि खोज अनुसन्धानमा संलग्न पत्रकारको पहिचान मूल्य बढेको छ । विश्वास छ, पत्रिकाले आप्mनो यो पहिचानलाई भविष्यमा पनि जोगाई राख्ने छ ।