• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो

आरसी टाइम्स by आरसी टाइम्स
२ श्रावण २०७९, सोमबार १४:४८
in कृषि बजार, गण्डकी गौरव, पर्यटन, फिचर, विकल्पको बाटो, विचार
1
कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
0
SHARES
502
VIEWS
Share on FacebookShare on Twitter

कृष्ण तिमिल्सिना, 

पर्यटकीय सम्पदाका हिसावले गण्डकी प्रदेश नम्बरी ठाउँ हो । यसका ११ जिल्लाका ८५ स्थानीय पालिकाहरुमा रहेका पर्यटकीय सम्पदाको कुरा गर्ने हो भने हरेक गन्तव्य अतुलनीय छन् । यसै क्रममा ग्रामीण घरबास पर्यटनमा चर्चित लमजुङ्गको साविक भोजे गाँउ, हालको क्होलासोथर गाँउ पालिका वडा न ८ को घाम्राङ गाँउ त्यस्तै मनोरम गन्तव्य मानिन्छ । मनास्लु, लमजुङ , माछापुच्र्छे, धौलागिरी जस्ता मनोरम हिम शिखरहरु को दृश्यावलोकन गर्न सकिने सुन्दर गाँउका रुपमा घाम्राङलाइ चिनिन्छ ।
गुरूङ्गहरू को बाहुल्यता भएको यो गाँउ समुन्दीसतहबाट करिव २३०० मिटर उचाईमा अवस्थीत छ । अन्नपुर्ण संरक्षण क्षेत्र भित्र रहेको गाउँ कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको छ । घााम्राङमा तामू , घिचे, मपिङ जस्ता सुन्दर गुरूङ्ग बस्ती रहेका छन् । घाम्रङ गॉउमा गुरूङ्ग बाहेक परियार, विश्वकर्मा मगर, ब्रामण, क्षेत्री समेत मिलेर बस्दछन । काठमान्डौबाट आउन चाहनेहरूका लागि दमौलीदेखि भोर्लेटार मध्यनेपाल हुदै र पोखराबाट आउनेहरूका लागि रूपाताल सुन्दरी डाडा हुदै मध्यनेपालसम्म पक्कीबाटोबाट पुगेपछी घाम्राङ तर्फको यात्रा सुरु हुन्छ । मध्यनेपाल बजारबाट चिसंखु डढुवा गिलुड़ साल्मे मपिङ हुदै घाम्राङ पुग्न सकिन्छ । पोखराबाट करिव ५ घन्टा र दमौलीबाट ४ घन्टा वसबाट घाम्रङ पुग्न सकिन्छ भने निजी जिप बाइकबाट सजिलै धाम्राङ्ग पुगीन्छ ।

 


घाम्राङका गमीण सांस्कृतिक पर्यटकीय गन्तव्यहरुमा पुरू देबी मन्दीर, चन्डीदेवी मन्दीर, डेवी मन्दीर, कर्ममेन्डुलिङ्ग गुम्बा यहाका मुख्य धार्मिक स्थल हुन । मकै धान कोदो आलु अलैची खेतीको उर्वर स्थल यो गाँउ वाख्रा पालनका लागि परीचित छ् । सामुदायिक बाख्रा पालनको अध्ययन अवलोकन गर्नेहरूका लागि घाम्राङ गाउँ उत्कृष्ट गन्तब्य हुन सक्छ । गाँउको बीचमा रहको पहाड ट्रष्ट नेपालको सहयोगमा निर्माण भएको सुर्योदय कृषि प्राविधिक विद्यालयले कृषि अध्ययन गर्न चाहनेहरूका लागि सैैद्धान्तिक र ब्यवाहारिक अवसर प्रदान गरेको छ ।
गाउँमा पर्यटकीय बजारका लागि मसलाबालीको आपुर्ति तथा नगदी बाह्य बजारमा विक्रिका लागि सामुहिक अलैचीखेती पनि हुँदै आएको छ । यो सामूहिक अलैची खेति यहाको सामूहिक आय आर्जनको नमुना कृषि व्यवसाय हो ।
अधिकांश गुरूङ्ग भाषी रहेको यस क्षेत्रमा क्वईतो कोट दरवार मिल्दोकोट दरवार जस्ता तत्कालिन लमजुङ्गे राजाका कोट र दरवार समेत छ्न । कादुरी संस्थाको सहयोगमा लौउदु खोला जलविद्युत आयोजनाबाट गाँउ झिलीमिली पारिएको यो क्षेत्र ग्रामिण कृषी पर्यटन तथा घरबास पर्यटनका लागि नमुनाको गन्तव्य मानिन्छ ।

जिडब्लुएचको सहयोगमा एक घर एक धारा खानेपानी आयोजनाले गाँउले खाने पानी प्यास मेटेको छ । यहाको घरवास पर्यटनमा स्थानीय समुदाय मिलेर स्थानीय उत्पादन, खानापान, रहनसहन र संस्कृतिको पहिचान र प्राचारमा महत्वपुर्ण भूमिका खेलेका छ्न् ।
घरबास पर्यटनमा गाउँको पहिचान विकासका लागि वडाका निवर्तमान वडा अध्यक्ष राजु गुरूङ्गको सक्रियताले योगदान गरेको र घरवास पर्यटन अभियान सफल भएको तथा वर्तमान वड़ा अध्यक्ष सन्तोष घलेले पनि त्यही पदचापमा घरवास पर्यटन मार्फत गमीण समृद्धिका पहलहरु संचालन गरेको कुरा घरवास पर्यटन समितिकी अध्यक्ष प्रेम कुमारी गुरूङले बताएकी छन् ।
नेपालको पहिलो पर्यटन गाउँ सिरुबारीबाट प्रारम्भ भएको मानिन्छ । उक्त घरबास पर्यटनमा भारतीय सेनाका सेवा निवृत्त क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना र अगुवाईमा विसं २०५४ असोजमा सिरुबारीलाई नेपालकै पहिलो पर्यटन गाउँ घोषणा गरिएको थियो । सिरूवारी जस्तै घाम्राङ गाँउ पनि घरवास पर्यटनका माध्यमबाट कृषिको विकास गर्न सक्ने प्रचुर संभावना बोकेको ग्रामिण बस्ती हो ।
स्थानीय ग्रामीण अगुवा राजु गुरुङले विसं २०७२ सालदेखि गाउँमा आवश्यक पूर्वाधार विकास गर्दै सामुदायिक घरवास पर्यटन स्थापनाको अभियान चलाए पछि गाँउको रूप फेरिएको घाम्राङ सामुदायिक घरवास पर्यटनका सचिव कमल गुरूङ्गले बताए ।

 


घरवास पर्यटनका माध्यबाट ग्रामीण विकास अभियानको कदम उक्त गाँउका लागि ऐतिहासिक कदम बन्न पुग्यो । घाम्राङ घरवास पर्यटनमा आत्मीयता, मिठो खाना र सस्तो मूल्यका कारण आकर्षण बढ्दै छ । जम्मा रु. ८ सयमा एउटा पाहुना प्योकजमा बस्ने ब्यवस्था मिलाएको घरवास पर्यटन समिति संञ्चालक शान्ती गुरूङले बताएकी छन् ।
प्रकृति र संस्कृतिले पनि उत्तिकै लोभ्याएको छ यहा पर्यटकलाई । धेरैजसो नेपाली र कहिले काही विदेशी पाहुना आउने गरेको घरवास पर्यटन संचालक मनमाया गुरूङले बताएकी छन् । यहा पाहुनालाई रैथाने कृषि उपजका परिकारमा कोदोको ढिँडो, स्थानीय उत्पादनका कुखुरा, गुन्द्रुक र भट्टको अचार, सिस्नुको खोले, आलु, च्याउ, टुसा, कुरिलो, वनतरुलका परिकारको स्वाद लिन सकिने घरवास पर्यटन व्यवस्थापन तालिम सञ्चालन गर्दै आउका सहजकर्ता तथा गाउपालिका उद्यमशील तथा शिप विकास शाखा सहजकर्ता यज्ञ वहादुर चन्दले जानाकारी दिएका छन् ।
लमजुङ जिल्लाका घलेगाउँ, गाउँसहर, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राइनासकोट, तार्कु, पुरानकोट, तुर्लुङकोट, पसगाउँ, इलमपोखरी, नाल्मा, छापा, मिप्रा, भुस्मे, नरुवाल, पुमागाउँ, ताँजे, भलामचौरमा समेत घरवास पर्यटन कार्यक्रम संञ्चालित छ्न । तर सवै जसोमा खानपिन र संस्कृतिमा विविधता पाइन्छ । कुनैबेला गाउँमा पर्यटक आउँदा लुक्ने र भाग्ने गरेका यस भेगका महिला पछिल्लो समय व्यवसायी जस्तै बनेका छन् । घरवास पर्यटन तालिम पछि आँफुहरु समुदाय र पाहुनाहरुसँग बोल्न र घुलमिल हुन सहजकिरण भएको तथा व्यवसायसँगै आनीबानीमा समेत परिमार्जन ल्याउन सहयोग पुगेको उनिहरुले बताएका छन् । यसै घरवास पर्यटनले गाउँले महिलाहरूमा नेतृत्व गर्ने क्षमताको विकास भएको घरवास पर्यटनकी सञ्चालक वडा सदस्य ख माया गुरुङले जनाएकी छन् । यसरी पारिवारिक पन, आत्मीयता, प्रेम, सदभाव र सहयोगी पनको अनुपम नमुना हेर्न घ्रामाङ् सेरोफेरोको पर्यटनको परिक्रमा गर्न मौका मिलाएर जानै पर्दछ ।

(लेखक तिमिल्सिना घरवास पर्यटन महासंघ गण्डकी प्रेदशका सचिव तथा घरबास तालिम सहजकर्ता हुन् । )

Previous Post

च्याउ र चिजका उपभोक्ता पर्खदै मीना

Next Post

गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

Comments 1

  1. Nau bahadur gurung says:
    3 years ago

    हजुर अज अफ्नु गाउँ नजिक को गाउँ घम्रङ्ग को बारे म राम्रो कुरा घर बास को बारे र सेरो फेरो को राम्रो जनाकारी को बारेम पडनापांउदा अत्यन्ता खुशी लाग्यो

    Reply

Leave a Reply to Nau bahadur gurung Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In