महेन्द्र जीसी
पर्वत, असोज २७
पर्वतको कुश्मा नगर पालिका ३ दुर्लुङका खेम गुरुङले किवि खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन । कोदो फल्ने दुई रोपनी क्षेत्रफल बारीमा किवी लगाएर वार्षिक पाँच लाख आम्दानी गरेका हुन । नमुना किवि तथा कृषि फर्म सञ्चालन दुई रोपनी जमीनमा लगाएको किवि खेतीबाट चार कुईन्टल फलाउन सकेको गुरुङले बताए । एक दशक सम्म विभिन्न गैर सरकारी निकायमा जागीरे बनेका गुरुङले गाउँ रित्तीदै गएपछि गाउँ फर्कीएर हावापानी र भूगोल अनुकुलको खेती गर्न थालेका हुन । निर्वाह मुखी कोदो खेती भन्दा किवी खेती गरेपछि दोब्बर आम्दानी लिन सकेको गुरुङले बताए ।
उनले नमुना किवि तथा कृषि फर्म सञ्चालन गरेर किवि खेतीबाट मात्रै वार्षिक पाँच लाख आम्दानी गरेका हुन । उनले समुन्द्र सतह देखी १ हजार २ सय मिटर उचाई देखी २ हजार उचाई सम्म फल्ने हेवार्ड प्रजातीको किवि खेती गरेका हुन । गुरुङले ठुलो दाना लाग्ने विक्रीको समस्या नभएको हुँदा आम्दानी पनि राम्रो भएको बताएका छन । बाँदरले कम छती पु¥याउने प्रकृतीको खेती भएका कारण खेती विस्तारको तयारीमा लागेको गुरुङले बताए ।
सात वर्ष अघि लगाएको किविको उत्पादन विस्तारै बढदै जान थालेपछि अहिले पुर्ण तया किवि कृषक बनेको परिवारले जनाएको छ । विगतमा दुई रोपनी क्षेत्रफलमा लगाएको विकि खेतीले वार्षिक पाँच लाख आम्दानी हुन लागेपछि अहीले थप तीन रोपनीमा खेती विस्तार गरीएको गुरुङ परीवारले जनाएको छ । पर्वतमा कोदो मकै खेती हुने बारीमा बाँदरले क्षती पु¥याउने समस्या पछि बाँजो बन्दै गएको बारीमा नगदे वाली किवि खेतीलाई वैकल्पीक खेतीको रुपमा किसानहरुले लगाउन थालेका छन ।