
माटोमा कैयौ जिवाणुहरु प्राकृतिक रुपमा सुक्ष्म रुपमा वा देखिने गरि आफ्नो वर्चश्व कायम गरेर वसेका हुन्छन् । तिनिहरु मानिस वा वोट विरुकालागी कोही हानीकारक हुन सक्छन त कोही लाभदायककारी पनि हुन सक्छन् । त्यहाको सुक्ष्म वातावरण तथा आहार विहारको आधारमा विभिन्न स्थानमा विभिन्न किसिमका जिवहरु पाइन्छन् । राम्रो जंगल वा राम्रो वातावरण वा कुनै ठुलो रुख जस्तै पिपलको फेदको माटो लाई हाम्रा लाभदायक जिवहरुलाइ वंश वृद्दि गर्नका लागी प्रयोगशालामा उपयुक्त वातावरण र उनीहरुलाइ मन पराउने खाना जस्तै सख्खर वेसन आदी मेडीयाको रुपमा प्रयोग गरि अत्याधिक रुपमा संख्या वृद्दी गरि प्रभावकारी शुक्ष्मजीवाणु को रुपमा वजारमा उपलव्ध हुदै आएको छ । यो जापानिज प्रविधि भए पनि हामीले ठाउ विषेश तराइ पहाड हिमाल को राम्रो ठाउको माटोवाट निकाल्न सके दिगो र अरु प्रभावकारी हुन सक्छ होला । यसलाई प्रभाकारी शुक्ष्मजीवाणु अर्थात ‘इफेक्टीभ माइक्रोअर्गानिजम्स’ (इ.एम) भनिन्छ ।
ई.एम. मा भएका मूख्य जीवाणुहरुः
फोटोसिन्थेटिक व्याक्टेरिया, ल्याक्टिक एसिड व्याक्टेरिया, ईष्ट्स. नाईट्रोजन फिक्सिंग व्याक्टेरिया र अन्य । कम्पोष्टमललाई गुणस्तर वनाउनका लागी इ एम वनाएर गोवर तथा कम्पोष्ट मल वनाउन प्रयोग गर्न अति जरुरी छ । यो मल प्रयोग गर्दा खेतवारीको माटोमा पनि फाइदाजनक जिवहरुको संख्यामा वृद्दी भइ माटोलाई जिवित वनाउन सहयोग पुग्छ ।
ईएममा भएका मूख्य जीवाणुहरुः
फोटोसिन्थेटिक व्याक्टेरिया, ल्याक्टिक एसिड व्याक्टेरिया, ईष्ट्स। नाईट्रोजन फिक्सिंग व्याक्टेरिया र अन्य ।
ईएमका केहि प्रभाव र फाईदाहरु
बोट विरुवाको अंनुकरण,फूल लाग्ने, फल लाग्ने र पाक्ने प्रकृयामा मद्दत गर्दछ ।
माटोको भौतिक, रसायनिक र जैवीक वातावरणमा सुधार ल्याउछ र माटोबाट हुने रोग र किराको प्रभावलाई कम गर्दछ
मलको रुपमा प्रांगारिक वस्तुहरुको प्रभावकारीता बढाउंदछ ।
कम्पोष्ट मल बनाउनमा लाग्ने समयलाई कम गरी ३० दिन भित्रमा मल बनाउन सकिन्छ ।
घरायसी तथा शहरी फोहोरमैलाको प्रभाबकारी व्यवस्थापन गर्न सकिन्छ ।
जुनसुकै कारणले हुने दुर्गन्धलाई नियन्त्रण गर्दछ ।
फोहर पानीलाई सफा गरी पुनः प्रयोग गर्न सकिन्छ ।
दोस्रो ई.एम.
उपलब्ध ईएमबाट दोस्रो ईएम बनाएर प्रयोग गर्दा छिटो र अत्याधिक जैविक कृया हुने भएकोले यो बढि प्रभावकारी हुन्छ । ठुलो भाडाको अभाव भएमा १ लिटर ईएमबाट २० लिटर सम्म दोस्रो ईएम बनाउन सकिन्छ । यसका लागी २० लिटरको प्लाष्टिकको (सकभर सेतो) ग्यालेनमा १ लिटर खुंदो÷सख्रर पानीमा घोलेर राख्ने र १ लिटर ईएम राखेपछी सफा पानीले ग्यालेन भर्ने र हावा नछिर्ने गरी विर्को बन्द गरेर राख्ने । ३ देखि ५ दिनमा दोस्रो ईएम तयार हुन्छ र यसलाई सकभर छिटो (एक महिना भित्र) प्रयोग गरी सक्नु पर्दछ । २० लिटरको ईएम २ प्रयोग गर्दा एक लिटर इ एम २ मा ५ लिटर पानी मिलाएर मलखाद मा १०÷१० दिनको अन्तरमा वा कम्पोष्ट मल वनाउदा वा विरुवामा प्रयोग गर्न सकिन्छ । यदी १०० लिटरको ड्रम उपलव्ध छ भने १०० लिटर पानीमा १ लीटर इ एम र १ केजी सख्खर वा भेली मीलाएर राखी ३ देखी ५ दिनमा तयारी इ एम २ आवश्यकता अनुसार पानी नमिसाइ प्रयोग गर्न सकिन्छ ।
ईएमको प्रयोग : कम्पोष्ट मल बनाउनः
१ लिटर ईएमबाट ५०० केजी. कम्पोष्ट तयार गर्न सकिन्छ । कम्पोष्ट बनाउने सामग्रीमा भएको चिस्यानको अन्दाज गरी ईएममा मिलाउने पानीको यकिन गर्ने । कम्पोष्ट बनाउने तयार गरिएको सामग्रीमा ४० प्रतिशत चिस्यान रहने गरी तहतहमा ईएम पानीको झोल छर्कदै कम्पोष्ट बनाउदा ३० दिनमा स्तरिय जैविक कम्पोष्ट मल तयार हुन्छ ।
वालीहरुमा प्रयोग गर्न
१. धानवालीः १ लिटर पानीमा ५ देखि १० एमएल ईएम राखि विऊको उपचार गर्दा स्वस्थ वेर्ना तयार हुन्छ । खेत तयार गर्दा ५ देखि १० लिटर ईएम प्रति हेक्टरको दरले धान खेतमा छर्ने । धान रोपेको १० दिन पछि प्रत्येक २ हप्तामा ईएम स्प्रे गर्ने ।
२. तरकारीवालीः माथीको तरीकाले विऊको उपचार गर्ने । प्रत्येक १५ दिनमा ई।एम स्प्रे गर्ने ।बेर्ना रोप्ने १० देखी १५ दिन अगाडी ईएम बोकासी (कम्पोष्ट)को प्रयोग गर्ने ।
३. फलफूल खेतीः विरुवा रोप्ने खाडलमा ईएम बोकासी तथा ईएम राख्ने । ईएम ५वा एफपिई प्रयोग गर्दा रोग किराको नियन्त्रण हुन्छ ।
वंगुर तथा कुखुराको खोरमा प्रयोग ः वंगुर तथा कुखुरोको खोर र सुली तथा दिशावाट आउने दुर्गन्ध हटाउनका लागी इ एम २ लाई प्रयोग गरेमा दुर्गन्ध पनि कम हुन्छ र मल पनि चाडो गली गुणस्तर वन्दछ ।
( लेखक काफले वरिष्ठ कृषि विज्ञ (सेवा निवृत्त) हुन ।)