• Aarsee Times
Wednesday, December 17, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 

केशवराज काफ्ले  

आरसी टाइम्स by आरसी टाइम्स
१ पुष २०८२, मंगलवार ००:५४
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो, विचार
1
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
माटोमा कैयौ जिवाणुहरु प्राकृतिक रुपमा सुक्ष्म रुपमा वा देखिने गरि आफ्नो वर्चश्व कायम गरेर वसेका हुन्छन्  । तिनिहरु मानिस वा वोट विरुकालागी कोही हानीकारक हुन सक्छन त कोही लाभदायककारी पनि हुन सक्छन्  । त्यहाको सुक्ष्म वातावरण तथा आहार विहारको आधारमा विभिन्न स्थानमा विभिन्न किसिमका जिवहरु पाइन्छन्  । राम्रो जंगल वा राम्रो वातावरण वा कुनै ठुलो रुख जस्तै पिपलको फेदको माटो लाई हाम्रा लाभदायक जिवहरुलाइ वंश वृद्दि गर्नका लागी प्रयोगशालामा उपयुक्त वातावरण र उनीहरुलाइ मन पराउने खाना जस्तै सख्खर वेसन आदी मेडीयाको रुपमा प्रयोग गरि अत्याधिक रुपमा संख्या वृद्दी गरि प्रभावकारी शुक्ष्मजीवाणु को रुपमा वजारमा उपलव्ध हुदै आएको छ  । यो जापानिज प्रविधि भए पनि हामीले ठाउ विषेश तराइ पहाड हिमाल को राम्रो ठाउको माटोवाट निकाल्न सके दिगो र अरु प्रभावकारी हुन सक्छ होला  । यसलाई प्रभाकारी शुक्ष्मजीवाणु अर्थात ‘इफेक्टीभ माइक्रोअर्गानिजम्स’  (इ.एम) भनिन्छ  ।
ई.एम. मा भएका मूख्य जीवाणुहरुः
   फोटोसिन्थेटिक व्याक्टेरिया, ल्याक्टिक एसिड व्याक्टेरिया, ईष्ट्स. नाईट्रोजन फिक्सिंग व्याक्टेरिया र अन्य  । कम्पोष्टमललाई गुणस्तर वनाउनका लागी इ एम वनाएर गोवर तथा कम्पोष्ट मल वनाउन प्रयोग गर्न अति जरुरी छ  । यो मल प्रयोग गर्दा खेतवारीको माटोमा पनि फाइदाजनक जिवहरुको संख्यामा वृद्दी भइ माटोलाई जिवित वनाउन सहयोग पुग्छ  ।
ईएममा भएका मूख्य जीवाणुहरुः
   फोटोसिन्थेटिक व्याक्टेरिया, ल्याक्टिक एसिड व्याक्टेरिया, ईष्ट्स। नाईट्रोजन फिक्सिंग व्याक्टेरिया र अन्य  ।
ईएमका केहि प्रभाव र फाईदाहरु
 बोट विरुवाको अंनुकरण,फूल लाग्ने, फल लाग्ने र पाक्ने प्रकृयामा मद्दत गर्दछ  ।
 माटोको भौतिक, रसायनिक र जैवीक वातावरणमा सुधार ल्याउछ र माटोबाट हुने रोग र किराको प्रभावलाई कम गर्दछ
 मलको रुपमा प्रांगारिक वस्तुहरुको प्रभावकारीता बढाउंदछ  ।
 कम्पोष्ट मल बनाउनमा लाग्ने समयलाई कम गरी ३० दिन भित्रमा मल बनाउन सकिन्छ  ।
 घरायसी तथा शहरी फोहोरमैलाको प्रभाबकारी व्यवस्थापन गर्न सकिन्छ  ।
 जुनसुकै कारणले हुने दुर्गन्धलाई नियन्त्रण गर्दछ  ।
 फोहर पानीलाई सफा गरी पुनः प्रयोग गर्न सकिन्छ  ।
दोस्रो ई.एम. 
उपलब्ध ईएमबाट दोस्रो ईएम बनाएर प्रयोग गर्दा छिटो र अत्याधिक जैविक कृया हुने भएकोले यो बढि प्रभावकारी हुन्छ  । ठुलो भाडाको अभाव भएमा १ लिटर ईएमबाट २० लिटर सम्म दोस्रो ईएम बनाउन सकिन्छ  । यसका लागी २० लिटरको प्लाष्टिकको (सकभर सेतो) ग्यालेनमा १ लिटर खुंदो÷सख्रर पानीमा घोलेर राख्ने र १ लिटर ईएम राखेपछी सफा पानीले ग्यालेन भर्ने र हावा नछिर्ने गरी विर्को बन्द गरेर राख्ने  । ३ देखि ५ दिनमा दोस्रो ईएम तयार हुन्छ र यसलाई सकभर छिटो (एक महिना भित्र) प्रयोग गरी सक्नु पर्दछ  । २० लिटरको ईएम २ प्रयोग गर्दा एक लिटर इ एम २ मा ५ लिटर पानी मिलाएर मलखाद मा १०÷१० दिनको अन्तरमा वा कम्पोष्ट मल वनाउदा वा विरुवामा प्रयोग गर्न सकिन्छ  । यदी १०० लिटरको ड्रम उपलव्ध छ भने १०० लिटर पानीमा १ लीटर इ एम र १ केजी सख्खर वा भेली मीलाएर राखी ३ देखी ५ दिनमा तयारी इ एम २  आवश्यकता अनुसार पानी नमिसाइ प्रयोग गर्न सकिन्छ  ।
ईएमको प्रयोग : कम्पोष्ट मल बनाउनः
१ लिटर ईएमबाट ५०० केजी. कम्पोष्ट तयार गर्न सकिन्छ  । कम्पोष्ट बनाउने सामग्रीमा भएको चिस्यानको अन्दाज गरी ईएममा मिलाउने पानीको यकिन गर्ने  । कम्पोष्ट बनाउने तयार गरिएको सामग्रीमा ४० प्रतिशत चिस्यान रहने गरी तहतहमा ईएम पानीको झोल छर्कदै कम्पोष्ट बनाउदा ३० दिनमा स्तरिय जैविक कम्पोष्ट मल तयार हुन्छ  ।
वालीहरुमा प्रयोग गर्न
१. धानवालीः १ लिटर पानीमा ५ देखि १० एमएल ईएम राखि विऊको उपचार गर्दा स्वस्थ वेर्ना तयार हुन्छ  । खेत तयार गर्दा ५ देखि १० लिटर ईएम प्रति हेक्टरको दरले धान खेतमा छर्ने  । धान रोपेको १० दिन पछि प्रत्येक २ हप्तामा ईएम स्प्रे गर्ने  ।
२. तरकारीवालीः माथीको तरीकाले विऊको उपचार गर्ने  । प्रत्येक १५ दिनमा ई।एम स्प्रे गर्ने  ।बेर्ना रोप्ने १० देखी १५ दिन अगाडी ईएम बोकासी (कम्पोष्ट)को प्रयोग गर्ने  ।
३. फलफूल खेतीः विरुवा रोप्ने खाडलमा ईएम बोकासी तथा ईएम राख्ने  । ईएम ५वा एफपिई प्रयोग गर्दा रोग किराको नियन्त्रण हुन्छ  ।
वंगुर तथा कुखुराको खोरमा प्रयोग ः वंगुर तथा कुखुरोको खोर र सुली तथा दिशावाट आउने दुर्गन्ध हटाउनका लागी इ एम २ लाई प्रयोग गरेमा दुर्गन्ध पनि कम हुन्छ र मल पनि चाडो गली गुणस्तर वन्दछ  ।
( लेखक काफले वरिष्ठ कृषि विज्ञ (सेवा निवृत्त) हुन  ।) 
Previous Post

मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Comments 1

  1. केशव राज काफ्ले says:
    1 day ago

    नेपाल को खेती गरिएको जमिनमा गुणस्तर प्राङ्गरिक मल उपलब्ध गराउन em जस्ता जैविक उत्पादन ल़े ठुलो योगदान दिन्छ, यसलाई प्रबर्दन गरौ

    Reply

Leave a Reply to केशव राज काफ्ले Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In