• Aarsee Times
Wednesday, November 26, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ

आरसी टाइम्स by आरसी टाइम्स
१० मंसिर २०८२, मंगलवार १३:१८
in ऋषिकृषि, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो, विचार
1
पशुमा पूर्णखोप दिगो राख्न एकिकृत पशु स्वास्थ्य नीति खाँचो
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
—केशवराज काफ्ले (सेवा निवृत्त कृषि विज्ञ)
 नेपालमा भएका पशु पन्छीहरुको पिसाव र गोवर तथा विष्टा आदीमा भएको तत्वलाई नास हुन नदीइ पुन जमिनमा हाल्न सकेमा नेपालीले स्वस्थ्य वर्दक खान पाउने छन्  । नेपालको परिप्रेक्षमा बालीमा प्राङ्गारिक मलको प्रयोग घट्दो छ, र भएका प्राङ्गारिक मलका श्रोतहरुको समुचित प्रयोग हुन नसक्दा माटोको उर्वराशक्तिमा सुधार हुन सकेको छैन  । यसरी माटोमा प्रांगारिक पदार्थको कमीले माटो कडा हुने, माटोमा फाइदाजनक सुक्ष्म जिवहरुको कमी हुने अवस्थालाई माटो मरेको भनिन्छ  । यदी पशु मुत्र र गोवरमा पाइने खाद्यतत्व नास हुन नदीइ पुन माटोमा फर्काउन सके विरुवाले सवै खाले खाद्यतत्व पनि पाउने माटोमा पाइने फाइदाजनक जिवाणुहरुको संरक्षण हुने हुन्छ  ।
प्रांगारिका मलको मुख्य श्रोतहरु:
प्रांगारिका मलको मुख्य श्रोत गाइ, भैसी, भेडा, वाख्राको पिसाव र मल तथा कम्पोष्ट मल हो तर यसलाइ संरक्षणका उपाय नपनाउदा यसमा भएको विरुवालाइ सहजै उपलव्ध हुन सक्ने तत्वहरु घामले उडाएर र पानीले वगाएर नष्ट गरेको छ  । कम्पोष्ट मलको मुख्य श्रोत वनको पात पतिंगर डढेलो लागेर नस्ट भएको छ  ।  उच्च हिमाली क्षेत्रमा वस्तुलाइ ओछ्याउन ल्याएको सल्लो तथा जंगलका अन्य कडाखाले पात नगलेर त्यही नगलेको पातका कारण वारीमा धमीरा र खुम्रेकीराको प्रकोप वढ्दो छ  । प्रांगारिक मल गलाउने र माटोमा भएको खाद्य तत्व विरुवालाइ उपलव्ध गराउने जिवहरुको समिश्रणवाट वनाइएको जैविकमल जस्तै ’इएम’ को प्रयोग भएको पाइदैन  ।
कुनैबाली लाई कुनै खाद्दय तत्व वढी त कुनैलाइ कम चाहिन्छ, सरदर प्रती हेक्टर नाइट्रोजन १०० केजी, फसफोरस ६० के जी र पोटास ४० केजीका दरले हाल्दा करिव ६,१८,२०० टन तत्व रसायनिक मल वाट पुरा गर्ने र कम्तीमा ५० प्रतीशत तत्व प्रांगारिक श्रोतवाट पुरा गर्दा ६,१८,२०० टन तत्व गोवर, पिसाव र पात पतिंगर र जैविक मल वाट पुरा गर्न सकिन्छ  । यदी हामीले नेपालमा भएका पशुको पिसाव र गोवरलाइ सहि सदुपयोग गरेमा विना रसायनिक मल पनि बालीको उत्पादन वढाउन सकिन्छ ।
गोवर तथा प्रांगारिक मलको फाइदा:
गोवर तथा कम्पोष्ट मल हाल्दा कुल खाद्य तत्वको मात्रा कम भए पनि विरुवालाइ चाहिने अरु सुक्ष्म तत्वहरु पाइन्छ र माटोमा वाकी रहेको प्रांगारिका पदार्थले माटोमा भएका विभिन्न गड्यौला तथा सुक्ष्मजिवहरुको आहाराको रुपमा परिणत हुन्छ  । माटोमा प्रांगारिक पदार्थ ३ देखि ६ प्रतिशत सम्म हुनु पर्नेमा विभिन्न समयमा गरिएको माटो परिक्षणको नतिजा अनुसार सरदर १ प्रतिशत मात्र छ  । माटोमा जती हुनु पर्ने फाइदाजनक जिवाणु त्यती छैनन्  ।
विरुवाका लागी गाइको पिसावको महत्व:
विरुवा राम्रो संग हुर्कन वढ्न मुख्य, सहायक र सुक्ष्मतत्व गरि १८ किसिमको खाद्यतत्व आवश्यक पर्दछ ती मध्य प्राय सवै जसो तत्व र थप अन्य फाइदाजनक खाद्य तत्वहरु पिसावमा पाइन्छ  । मुख्य र सहायक तत्व अरु श्रोतहरु गोवर, कम्पोष्ट, रसायनीक मल आदी वाट पनि पाइन्छ तर सुक्ष्मतत्वको मुख्य श्रोत नै वस्तुको पिसाव हो ।
यदी पिसावलाइ उचित तरिकावाट संकलन गर्ने, पानी मिसिन नदिने, घाममा नराख्ने हो भने र विरुवामा मात्रा मिलाएर हाल्न जानेमा बोटबिरुवाका लागि पशु मूत्र विरुवाको लागी अति महत्वपूर्ण छ  ।
कुनै पनि बालीकालागी मलखादको सिफारिस गर्दा वस्तुको गोवरमल र रसायनिक मलको मात्राको वारेमा कुरा गरेको पाइन्छ तर विरुवालाइ चाहीने खाद्य तत्वको हिसावले गोवर तथा कम्पोष्ट भन्दा झण्डै दुइ गुणा महत्वको पिसावको कुनै हिसाव तथा सिफारिस गरिएको पाइदैन  । त्यसैले पिसावलाइ पनि खेर जान नदिइ मात्रा मिलाएर विरुवामा दिन अति आवश्यक भएको छ  ।
बाली विरुवामा वस्तुको मुत्रको प्रयोग गर्ने तरिका यस प्रकार छ :
 बाली विरुवाका मुख्य शत्रु कीराहरुलाइ मार्न, धपाउन वा नआउने वनाउन १ भाग पशु–मुत्रमा ५ देखी ६ भाग पानीको मिश्रण पातको तल माथी सवै ठाउमा पर्ने गरि छर्ने ३ दिनको फरकमा ३ देखि ४ पटक छर्ने ।
 तरकारी तथा फलफूल बालीमा पाउडरी मिल्ड्यू जस्ता घातक रोगहरु व्यवस्थापनका लागी १ भाग पुरानो पशुमुत्रमा ७ भाग पानीको मिश्रणवाट हरेक ३ देखी ४ दिनमा
 नको फरकमा ३ पटक सम्म प्रयोग गर्ने ।
 १ भाग पशु–मुत्रमा १) भाग पानीको मिश्रण वनाइ आवश्यकता अनुसार सिंचाइ गर्ने ।
 धानबाली तथा गहु मकै जस्ता बालीमा कुलोवाट सिंचाइ गर्ने भएमा मिश्रण ड्रमलाइ भण्डारण ड्रमको रुपमा रुपान्तरण गरि  भण्डारण ड्रमबाट सिंचाइ गर्ने  । पानीको मात्राको आधारमा कुलाको पानीमा ड्रमवाट पिसाव पठाउने व्यवस्था गर्ने र सो पानीवाट आवश्यकता अनुसार सींचाइ गर्न सकिन्छ ।
 जम्मा भएको पिसाव प्लाष्टिक पोखरी वा सिंचाइका लागी पानी जम्मा गरेको पोखरीमा पनि हाल्न सकिन्छ  । सकेमा सो पोखरीमा केही मात्रामा इएम हाल्न राम्रो ।
Previous Post

एन्टिबायोटिकले काम नगर्ने अवस्था बढदो

Next Post

एक स्वास्थ्य(वन हेल्थ) अवधारणामा  गण्डकी प्रादेशिक रोग नियन्त्रण केन्द्रको भूमिका

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘एक स्वास्थ्य’ का लागि एकीकृत पहल गर्न सरोकारवालाहरू राजी

एक स्वास्थ्य(वन हेल्थ) अवधारणामा  गण्डकी प्रादेशिक रोग नियन्त्रण केन्द्रको भूमिका

Comments 1

  1. केशवराज काफ्ले ९८५१२२२५८३ says:
    6 hours ago

    विरुवाका लागी आवश्यक पर्ने १८ कीसिमका खाद्य तत्व भनेको पहिले भनिदै आएको १६ तत्व मा हाल थपिएको Nikel र cobalt छन । जसले माटोमा भएको नाइट्रोजन availability वढाउछ ।
    गोवर मल चाडो गलाउन र गुणस्तर वढाउनका लागी सवै कृषकहरुले इ एम Effective Micro organism अनिवार्य प्रयोग गर्ने गरौ ।
    मलखादलाइ खाडलमा हैन कोठा वनाएर वा छेकवार गरेर राखौ ।

    Reply

Leave a Reply to केशवराज काफ्ले ९८५१२२२५८३ Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In