लमजुङ्ग,
बाँझो जग्गामा खेति आवादी विस्तार गरेर कृषि योग्य नमुना सक्रियता विस्तार गर्ने अभियान चलेको बेला लमजुङ्गको बेशी शहरका किसानले नमुना बैकल्पिक तेलहनका लागि सूर्यमुखी फुलको खेति गर्न थालेका छन् ।
बेशिशहर न.पा. १० खाँचेका कृषक धर्मराज तामाङले तेलहनका लागि सूर्यमुखी फुलको खेति गर्न थालेका हुन् । कृषक तामाङ व्यवसायिक मौरी पालन गर्ने कृषक पनि हुन ।
लमजुङ्गको बेशिशहर नगरपालिका भित्र पर्ने उक्त ठाँउ शहरी क्षेत्रबाट करिब १२ किलोमिटर भित्री बस्तीमा रहेको छ । खाँचेको बस्ती शहरी पहुँच मार्गका हिसावले कच्चि बाटो भएकोले दुर्गम जस्तै र जंगलको बिचमा एक्लो घर भएकाले पनि मौरी पालनका लागि आहाराको श्रोत, वैकल्पिक तेलहन र बाँझो जग्गा न्युनिकरणका लागि नमुना बन्न पुगेको छ । तामाङ्गको परिबारमा २ जना सदस्य मात्र कृषि कर्ममा लागेका छन् । उनले ३२ गोला मौरी र भेडा पालन गर्दै आईरहेका थिए । उनको कृषि फार्मको प्रसस्त बाँझो जग्गा भएकोले कृषि ज्ञान केन्द्रको सल्लाहमा मौरीलाई चरन, तेलको उत्पादन तथा बाझो जग्गाको सदुपयोग हुने हुँदा बाझो जग्गामा सूर्यमुखि खेति गर्नको लागि सल्लाह दिए पछि उनले ५ रोपनीमा सूर्यमुखीको खेति शुरु गरेको कृषि ज्ञान केन्द्रका प्राविधिक विजय पौडेलले जनाएका छन् ।
यतिखेर बनमा मौरिको लागि चरनको अभाव भएकोले दिउसो मौरीहरु भुनभुनाउदै सूर्यमुखिको फूलमा खेलेको देखेर मख्ख परेका छन् । उनको प्रश्शत बाझो जग्गा भए पनि हाल उनले बाझो ८ रोपनीमा मकै, १ रोपनीमा तरकारी र ५ रोपनीमा सूर्यमुखि रोपेका उनले अर्को बर्ष १० रोपनीमा सूर्यमुखि रोप्ने योजना बनाएका छन् ।