• Aarsee Times
Tuesday, May 20, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

लसुन खेति गर्ने किफायति तरिका

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:३२
in Uncategorized
0
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter


सन्तोष सुवेदी


बदलिदो जलवायु साथै दक्ष जनशक्तिको वैदेशिक पलायनले कृषि क्षेत्रमा नराम्रो असर परेको बेला माटो रहित खेति प्रणाली, खनजोत रहित खेति प्रणाली प्रयोगमा आउन थालेका छन । कम लागत, कम मेहनतमा पर्यावरणमा असर नपारी, माटोको संरचना नबिगार्ने गरी बढी उत्पादन लिन सकिने प्रबिधीमा खनजोत नगरि रोपीने लसुन खेती लोकप्रिय हुन थालेको छ ।


संसार भरिमै गानो बालीमा प्याज पछि दोस्रो मुख्य मसला बालीका रुपमा लसुनलाइ मानिन्छ । स्वादिष्ट खानाका साथै आयुर्वेदबाट नै उक्त रक्तचाप, पाचनप्रणाली, मटु रोग र हाड जोर्नि दुखाईको औषधिको रुपमा प्रयोग गरिदै आएको छ । तरकारी, अचार, चटनी, मासुको स्वाद बढाउन लसुनको प्रयोग हुन्छ । पौष्टिकताको हिसाबले पनि यसको गानोमा प्रोटिन, कार्बोहाइड्रेट , भिटामिन ए , सी र एलायसिन तत्व पाइनुका साथै जैविक खेति प्रणालीमा बिरुवाका विभिन्न रोग किरा कम गर्न प्रयोग हुने जैविक विषादी बनाउनको लागि पनि यसको प्रयोग गरिन्छ ।


खनजोत बिना माटोको संरचना नबिगारी गरिने खेती प्रविधिलाई शुन्य खनजोत खेती प्रबिधि भनिन्छ । धान कटिसकेपछि तुरुन्तै सिंचाईको अभावले कतिपय खेतहरु बाझै रहेने बेला जमिन खेर जान नदिनको लागी धान काटिसकेपछि बाकी रहेको गांजको ठुटामा लसुनको केस्रा रोपी छापो लगाइ लसुन उत्पादन गरिने प्रविधिलाई शुन्य खनजोत लसुन खेति प्रबिधि भनिन्छ्र ।
शुन्य खनजोत लसुन खेति गर्दा निम्न तरिका अवलम्बन गर्न सकिन्छ ।


ड्डयदि धानबाली पछि लसुन लगाउने खेत हो भने सो खेतमा धान रोप्दा बोट देखि बोट को दुरी कायम राखी ९ २०—२५ से।मि।मा धान रोप्नु पर्दछ जसले गर्दा पछि धानको गांज राम्रोसँग फैलिन सक्छ र लसुन लगाए पछि लसुनको गानो पनि ठुलो लाग्न पाउन्छ ।
—धान पाकिसकेपछि काट्नेबेलामा जमिनबाट २—३ इन्च ठुटा माथि रहने गरि काट्नु पर्छ । ड्ठाउँ अनुसार स्थानीय जातहरु जस्तै मार्फा लोकल, पाटने लोकल , गोदाम चौर लोकल छ भने हाइब्रिड आयातित जातहरुमा एग्री फाउन्ड, पन्जाब लसुन प्रयोग गर्न सकिन्छ ।


ड्ड लसुन लगाउन पूर्व प्रशस्त पाकेको प्रांगारिक मल र १२०ः८०ः८० के.जी। प्रति हेक्टरका दरले नाइट्रोजन फस्फोरस पोटास खेतमा छर्नु पछ्र्र ।
ड्डखेतमा रहेको अवशेष चिस्यानको उपयोग हुने गरि धानको ठुटामा हसिया वा कुटोको सहायताले खोपेर प्रत्येक गांजमा एउटा एउटा केस्रा पर्ने गरि बीच भागमा राखी हातले हल्का थिच्नु पर्छ ।
ड्डलसुन लगाईसके पछि माथिबाट हल्ल्का परालको धुलो वा अन्य छापो हालिदिने जसले गर्दा छापोले माटोको चिस्यान कायम राख्छ र झारपात आउन बाट पनि कम गर्नुका साथै छापो बिस्तारै कुहिएर मलको रुपमा पनि काम गर्छ  ।
मार्फा लोकल, पठाने लोकल, गोरामे चउर जातका लसुनहरु नेपालमा लोकप्रिय जात हुन। त्यस्तै एग्री फाउण्ड सेतो, यमुना सेफद, एग्री फाउण्ड पार्वती, पन्जाब लसुन केही आयातित लसुनका जात हुन । ठूलो आकारका चाईनिज लसुनले नेपाली बजारमा ग्राहकको मन जित्न सफल भएको देखिन्छ । ठूलो आकारका लसुनको बजार माग बढी रहेको र यसले मूल्य समेत अधिक पाउने गरेको छ ।
उपयुक्त हावापानी ः लसुन एक फराकिलो हावापानी अर्थात तराईदेखि उच्च हिमालसम्म खेती गर्न सकिने बाली हो ।
यसको लागि अत्यधिक गर्मी र अति चिसो दुवै हावापानी त्यति ठिक हुँदैन । धेरै लामो दिन र धेरै गर्मीमा लसुन रोपेमा लसुनका गानो बच्न सक्दैन । तर गानो बन्नका लागि लामो दिन र उच्च तापक्रम (विरुवा बढने भन्दा) चाहिन्छ
 तापक्रमः गानो बन्नका लागि २५–३० सें तापक्रम उपयुक्त हुन्छ । १०–१५ सें मा वनस्पितक वृद्धि हुन्छ भने तापक्रम २० सें भन्दा माथि लागेपछि गानोको विकास सुरु हुन्छ ।
 गोडमेल र सिंचाई ः
लसुन पानी जमेको र सुख्खा दुवै सहन सक्दैन । साधारण चिस्यान गानो तयार नहुन्जेल चाहिन्छ । गानो लाग्ने र बढने बेलामा चिस्यान कम भए उत्पादन घटछ । गानो लागि सकेपछि बढी चिस्यान भएमा केस्राहरु पलाई गानाको गुणस्तर घटछ ।माटोको चिस्यानको मात्रा हेरी लसुनको गानो तयार नहुन्जेलसम्म साधारण चिस्यान कायम राखी राख्न ५—७ दिनको अन्तरालमा सिंचाई गरिदिने तर गानो लागिसकेपछि भने सिंचाई कम गर्दै लानु पर्छ  ।


बिना खनजोत गरिएको खेती हुदा झारपात आउने सम्भावना अलि बढी हुन्छ त्यसैले छापोमाथि आएका झारपातलाई हातैले समय समयमा उखेली हटाउनु पर्छ ।

बाली उखेल्ने तथा उत्पादन
बिना खनजोत लगाईएको लसुन खनजोत गरि लगाएको लसुन भन्दा केहि दिन छिटो तयार हुने पाईएको छ्र बाली लगाएको १३०—१५० दिनमा जात अनुसार २००० के.जी प्रति रोपनी उत्पादन लिन सकिन्छ्र हरियो सागको लागी हो भने पात हरियो हुदै उखेल्नु पर्छ तर गानोको लागि पात पहेलो भइ सुक्न लागेपछि उखेल्नु पर्छ ्र गानो राम्ररी तयार नहुँदै गानो खनेमा भण्डारणमा छिटटै कुहिन र गानोको गुणस्तर कम हुन जान्छ । यदी तयार भएको गानो समयमै नखने गानाहरु फुटने र केस्रा पुन पलाउन थाल्दछन् । लसुन खनेपछि खेतमै गानालाई बोटले छोपी सुकाई सम्पूर्ण बोट सुकेपछि छाया र हावामा राम्ररी सुकाईमाटो झारेर मात्र भण्डारण गर्नुपर्छ।
यसरी शुन्य खनजोत बाट लसुन खेती गर्दा खनजोत गर्न नपर्ने ,समय तथा लागत खर्च ३३५ ले कम लाग्ने साथै माटोको संरचना नबिग्री धान खेती पछि खेर गैरहेको चिस्यानको भरपुर सदुपयोय गरि १५(२०५ सम्म धेरै उत्पादन लिन सकिने हुदा लागत, उत्पादन र पर्यावरणीय हिसाबले किसानहरु यस प्रबिधि तर्फ आकर्षित हुदै गएका छन् ।

लेखक सुवेदी फलेवास नगरपालिकाका कृषि अधिकृत हुन ।

Previous Post

कन्दमुल सखरखन्ड खेतीका जुक्तीहरु

Next Post

कोरोना—चीसोमा रैथाने कुखुराको बजार बढ्यो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

कोरोना—चीसोमा रैथाने कुखुराको बजार बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In