पोखरा,
पोखरामहानगरले कृषि उत्पादन र आपुर्ति र उपभोगको सन्तुलनका लागि महानगरयि सक्रियतामा शहरमा कौशी करेसा र गाउँमा कृषि यन्त्र वितरणका अभ्यासहरु सक्रिय पारेको छ ।
महानगरका उपभोक्ता वडामा कौशी करेसा खेति र उत्पादन मुखी वडामा उक वडा एक पकेट क्षेत्र मोडल संचालन गरिउको जनाइएको छ ।
महानगरका उपभोक्ता वडा मध्ये कौसी खेतीको नमूना बन्दै गएका वडामा घरेलु फोहोर व्यवस्थापनको लागि कम्पोष्टिङ , करेसबारी एवं कौसी खेती साथै प्लास्टिकजन्य फोहोरको व्यवस्थापन सम्बन्धि तालिम पनि दिने गरेको छ ।
कौशी करेसा अभ्यास गर्ने समूहमा कृषि महाशाखाबाट उपलब्ध गरेको बीउ, मल, प्लास्टिक तथा असिना छेक्ने जालि सहयोग गरेको छ भने उत्पादन पहिचानका वडामा एक वार्ड एक पकेट अन्तर्गत तरकारी खेती बिस्तारको लागि हाते ट्र्याक्टर असिना छेक्ने जाली , मल्चिङ प्लास्टिक , थोपा सेट, हजारी सहितको सामाग्री ५० प्रतिशत लागत साझेदारीमा बितरण गरिएको जनाइएको छ ।