—केशवराज काफ्ले (सेवा निवृत्त कृषि विज्ञ) नेपालमा भएका पशु पन्छीहरुको पिसाव र गोवर तथा विष्टा आदीमा भएको तत्वलाई नास हुन नदीइ पुन जमिनमा हाल्न सकेमा नेपालीले स्वस्थ्य वर्दक खान पाउने छन् । नेपालको परिप्रेक्षमा बालीमा प्राङ्गारिक मलको प्रयोग घट्दो छ, र भएका प्राङ्गारिक मलका श्रोतहरुको समुचित प्रयोग हुन नसक्दा माटोको उर्वराशक्तिमा सुधार हुन सकेको छैन । यसरी माटोमा प्रांगारिक पदार्थको कमीले माटो कडा हुने, माटोमा फाइदाजनक सुक्ष्म जिवहरुको कमी हुने अवस्थालाई माटो मरेको भनिन्छ । यदी पशु मुत्र र गोवरमा पाइने खाद्यतत्व नास हुन नदीइ पुन माटोमा फर्काउन सके विरुवाले सवै खाले खाद्यतत्व पनि पाउने माटोमा पाइने फाइदाजनक जिवाणुहरुको संरक्षण हुने हुन्छ ।
प्रांगारिका मलको मुख्य श्रोतहरु:
प्रांगारिका मलको मुख्य श्रोत गाइ, भैसी, भेडा, वाख्राको पिसाव र मल तथा कम्पोष्ट मल हो तर यसलाइ संरक्षणका उपाय नपनाउदा यसमा भएको विरुवालाइ सहजै उपलव्ध हुन सक्ने तत्वहरु घामले उडाएर र पानीले वगाएर नष्ट गरेको छ । कम्पोष्ट मलको मुख्य श्रोत वनको पात पतिंगर डढेलो लागेर नस्ट भएको छ । उच्च हिमाली क्षेत्रमा वस्तुलाइ ओछ्याउन ल्याएको सल्लो तथा जंगलका अन्य कडाखाले पात नगलेर त्यही नगलेको पातका कारण वारीमा धमीरा र खुम्रेकीराको प्रकोप वढ्दो छ । प्रांगारिक मल गलाउने र माटोमा भएको खाद्य तत्व विरुवालाइ उपलव्ध गराउने जिवहरुको समिश्रणवाट वनाइएको जैविकमल जस्तै ’इएम’ को प्रयोग भएको पाइदैन ।
कुनैबाली लाई कुनै खाद्दय तत्व वढी त कुनैलाइ कम चाहिन्छ, सरदर प्रती हेक्टर नाइट्रोजन १०० केजी, फसफोरस ६० के जी र पोटास ४० केजीका दरले हाल्दा करिव ६,१८,२०० टन तत्व रसायनिक मल वाट पुरा गर्ने र कम्तीमा ५० प्रतीशत तत्व प्रांगारिक श्रोतवाट पुरा गर्दा ६,१८,२०० टन तत्व गोवर, पिसाव र पात पतिंगर र जैविक मल वाट पुरा गर्न सकिन्छ । यदी हामीले नेपालमा भएका पशुको पिसाव र गोवरलाइ सहि सदुपयोग गरेमा विना रसायनिक मल पनि बालीको उत्पादन वढाउन सकिन्छ ।
गोवर तथा प्रांगारिक मलको फाइदा:
गोवर तथा कम्पोष्ट मल हाल्दा कुल खाद्य तत्वको मात्रा कम भए पनि विरुवालाइ चाहिने अरु सुक्ष्म तत्वहरु पाइन्छ र माटोमा वाकी रहेको प्रांगारिका पदार्थले माटोमा भएका विभिन्न गड्यौला तथा सुक्ष्मजिवहरुको आहाराको रुपमा परिणत हुन्छ । माटोमा प्रांगारिक पदार्थ ३ देखि ६ प्रतिशत सम्म हुनु पर्नेमा विभिन्न समयमा गरिएको माटो परिक्षणको नतिजा अनुसार सरदर १ प्रतिशत मात्र छ । माटोमा जती हुनु पर्ने फाइदाजनक जिवाणु त्यती छैनन् ।
विरुवाका लागी गाइको पिसावको महत्व:
विरुवा राम्रो संग हुर्कन वढ्न मुख्य, सहायक र सुक्ष्मतत्व गरि १८ किसिमको खाद्यतत्व आवश्यक पर्दछ ती मध्य प्राय सवै जसो तत्व र थप अन्य फाइदाजनक खाद्य तत्वहरु पिसावमा पाइन्छ । मुख्य र सहायक तत्व अरु श्रोतहरु गोवर, कम्पोष्ट, रसायनीक मल आदी वाट पनि पाइन्छ तर सुक्ष्मतत्वको मुख्य श्रोत नै वस्तुको पिसाव हो ।
यदी पिसावलाइ उचित तरिकावाट संकलन गर्ने, पानी मिसिन नदिने, घाममा नराख्ने हो भने र विरुवामा मात्रा मिलाएर हाल्न जानेमा बोटबिरुवाका लागि पशु मूत्र विरुवाको लागी अति महत्वपूर्ण छ ।

कुनै पनि बालीकालागी मलखादको सिफारिस गर्दा वस्तुको गोवरमल र रसायनिक मलको मात्राको वारेमा कुरा गरेको पाइन्छ तर विरुवालाइ चाहीने खाद्य तत्वको हिसावले गोवर तथा कम्पोष्ट भन्दा झण्डै दुइ गुणा महत्वको पिसावको कुनै हिसाव तथा सिफारिस गरिएको पाइदैन । त्यसैले पिसावलाइ पनि खेर जान नदिइ मात्रा मिलाएर विरुवामा दिन अति आवश्यक भएको छ ।
बाली विरुवामा वस्तुको मुत्रको प्रयोग गर्ने तरिका यस प्रकार छ :
बाली विरुवाका मुख्य शत्रु कीराहरुलाइ मार्न, धपाउन वा नआउने वनाउन १ भाग पशु–मुत्रमा ५ देखी ६ भाग पानीको मिश्रण पातको तल माथी सवै ठाउमा पर्ने गरि छर्ने ३ दिनको फरकमा ३ देखि ४ पटक छर्ने ।
तरकारी तथा फलफूल बालीमा पाउडरी मिल्ड्यू जस्ता घातक रोगहरु व्यवस्थापनका लागी १ भाग पुरानो पशुमुत्रमा ७ भाग पानीको मिश्रणवाट हरेक ३ देखी ४ दिनमा
नको फरकमा ३ पटक सम्म प्रयोग गर्ने ।
१ भाग पशु–मुत्रमा १) भाग पानीको मिश्रण वनाइ आवश्यकता अनुसार सिंचाइ गर्ने ।
धानबाली तथा गहु मकै जस्ता बालीमा कुलोवाट सिंचाइ गर्ने भएमा मिश्रण ड्रमलाइ भण्डारण ड्रमको रुपमा रुपान्तरण गरि भण्डारण ड्रमबाट सिंचाइ गर्ने । पानीको मात्राको आधारमा कुलाको पानीमा ड्रमवाट पिसाव पठाउने व्यवस्था गर्ने र सो पानीवाट आवश्यकता अनुसार सींचाइ गर्न सकिन्छ ।
जम्मा भएको पिसाव प्लाष्टिक पोखरी वा सिंचाइका लागी पानी जम्मा गरेको पोखरीमा पनि हाल्न सकिन्छ । सकेमा सो पोखरीमा केही मात्रामा इएम हाल्न राम्रो ।


विरुवाका लागी आवश्यक पर्ने १८ कीसिमका खाद्य तत्व भनेको पहिले भनिदै आएको १६ तत्व मा हाल थपिएको Nikel र cobalt छन । जसले माटोमा भएको नाइट्रोजन availability वढाउछ ।
गोवर मल चाडो गलाउन र गुणस्तर वढाउनका लागी सवै कृषकहरुले इ एम Effective Micro organism अनिवार्य प्रयोग गर्ने गरौ ।
मलखादलाइ खाडलमा हैन कोठा वनाएर वा छेकवार गरेर राखौ ।