वर्षेनीजसो विज्ञहरुले पशुरोगहरु मान्छेमा पनि सर्ने जुनोटिक रोगका बारेमा पशुरोग र मानव रोगका अनुसन्धानकर्ताहरुले पैरवी गर्दै छन् र पशुरोग सर्ने सम्भावना भनेको पशुका उपजहरु प्रसोधन गरेर मात्र उपयोग गर्न हुने बताइरहेका वेला ‘ हिमाली भियाग्रा ’ खाएको चौरीको तागतीलो रगत खाएमा सबै खालका रोग प्रतिरोधक क्षमता बढने भन्दै मिथ्या प्रोपागण्डा गरेर बर्षेनी चौरीगाइहरुमा यातना हुदै आएको छ ।
मूस्ताङ्गमा केही बर्षदेखि हुँदै आएको चौरी गाइको आलो रगत तानेर पर्यटकलाई विक्रि गर्ने बाहानामा चौरीलाई यातना दिइने क्रम निरन्तर छ । हालैको श्रावण पहिलो साता पनि थासाङ्ग गाउापालिकाको लेते निकटको मार्चै लेकमा यस्तै चौरीकोआलो रगत खाने मेला सामाजिक सञ्जालका प्रचार गर्दै ग्राहक बोलाइएको र स्थानीय चौरी पालकहरुले त्यो कर्म निरन्तर दिएका सूचना संचारमाध्यममा आइरहेका छन् । कतिपय उपभोक्ताहरुले रोग निको हुने भन्दै त्यो चौरी मेलामा जाने गरेको प्रतिकृया दिएका छन् भने चौपालक र गोठालाहरुले कृषि पर्यटनको नयाँ मोडल अभ्यास गरिरहेको दावी गरेका छन् ।
वर्षेनीजसो विज्ञहरुले पशुरोगहरु मान्छेमा पनि सर्ने जुनोटिक रोगका बारेमा पशुरोग र मानव रोगका अनुसन्धानकर्ताहरुले पैरवी गर्दै छन् र पशुरोग सर्ने सम्भावना भनेको पशुका उपजहरु प्रसोधन गरेर मात्र उपयोग गर्न हुने बताइरहेका वेला ‘ हिमाली भियाग्रा ’ खाएको चौरीको तागतीलो रगत खाएमा सबै खालका रोग प्रतिरोधक क्षमता बढने भन्दै मिथ्या प्रोपागण्डा गरेर बर्षेनी चौरीगाइहरुमा यातना हुदै आएको छ ।
प्रदेशको पशुरोग प्रयोगशालाले हालै दिएको जानकारि अनुसार पशुबाट मानिसमा सर्ने रोग र मानिसबाट पशुमा सर्ने रोगहरुको संक्रमणका संकेतहरु गण्डकीमा पनि भेटिएको र पशुमा क्षयरोग जस्ता संक्रमणका नमुनाहरु भेटिएको हुनाले पशुंसंपर्कमा हुने किसानहरु होसीयार हुन सचेत गराइएको छ । यसैपनि उच्च हिमाली लेकमा रहने चौरीबाट रगत निकालेर व्यापार गर्ने बाहानामा चौरीलाई यातना हुने र आलो रगत खाने बाहानामा उसका अनुवांशिक रोगहरु मानवमा सर्ने जोखिम उच्च हुने भएकाले यो चलन रोकिनु पर्ने विज्ञहरुले औल्याएका छन् ।
निरोगीताका लागि यो जोखिम मोलेका उपभोक्ताहरु र चौरी गोठालाहरुले रोग संक्रमणका बारेमा अज्ञनता वा वेवास्ता गरेको अवस्थामा सुधार ल्याउन स्थानीय प्रशासन र तथा पशु विज्ञकेन्द्रको सहभागतिामा किसान चेतना विकासका सृंखला चलाउनु आवस्यक देखिएको छ । चौरीगाइका उपजहरुबाट आर्जन गर्नु राम्रो हो, तर चौरी गाइलाई यातना दिएर रक्तपानलाई प्रवद्र्धन गर्नु विज्ञान, धर्म र संस्कृति कतैबाट पनि राम्रो अभ्यास होइन् । यसकारण चौरीगाईहरुमा बर्सेनी हुने गरेका यातना रोक्न सरोकारवालाहरु बेलैमा सचेत हुनु जरुरी देखिन्छ ।